Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छः सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छः सभामुख अर्याल
Photo / Coverage: टक्सार

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन्। मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनु महत्वपूर्ण उपलब्धि भए पनि यसको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए । नेपाल संवत् वर्ष गणनाको आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक भएको उहाँको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्पष्ट नीति, बजेट र कार्ययोजना ल्याउनुपर्ने उनले जोड दिए । सभामुख अर्यालले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले आफ्नो सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको योगदान सामाजिक न्याय र परोपकारको अनुपम उदाहरण भएको उल्लेख गरे ।उनले शङ्खधर साख्वाःको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाल भाषा तथा लिपिको संरक्षण गर्न राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताए । नेपाल संवत् आन्दोलनले भाषा, लिपि र संस्कृतिको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा समेत योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँले आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राखे । नेपाल संवत् ११४७ ले नेपालीबीच एकता, सद्भाव, समृद्धि र सहकार्यको भावना थप बलियो बनाउने विश्वाससमेत उनले व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते
Latest NewsJust now

बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते

बर्दिया । बर्दियाको बढैयातालमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ... ...

रातोपाटी
लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा
Latest NewsJust now

लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा

कास्की । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप १८ जनालाई पक्राउ गरेको छ। पर्यटकलाई अनावश्यक दुःख दिने, झैझगडा गर्ने तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित... ...

रातोपाटी
‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’
Latest NewsJust now

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’

हिन्दु धर्मगुरुहरूले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन्। उनीहरूले सोमबार हलमा पुगेर फिल्म ‘पाँच पाण्डव’ हेरेका हुन्। चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बताएका छन्। हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दु धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन्। ‘पाँच पाण्डव&... ...

नेपालखबर
गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग
Latest NewsJust now

गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गरी राज्यका तर्फबाट भ्रम फैलाउने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने तथा राज्यका संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि अस्वीकार्य भएको बताएका छन्। कँडेलले पछिल्लो समय गगन थापालाई लक्षित गरी भइरहेका गतिविधि, मिडिया ट्रायल र सामाजिक सञ्जालमा फैलाइएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play