अर्को साता देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई उत्तर-पश्चिम सर्ने क्रममा नेपालको मौसममा प्रभाव पार्ने देखिएको छ। महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना छ। विभागले जारी गरेको विशेष बुलेटिनमा प्रणालीको प्रभाव र जोखिमको स्तर यकिन गर्न कठिन भए पनि कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। मौसमविद् विनोद पोखरेलले यो प्रणालीले सन् २०१४ को हुदहुद चक्रवातसँग मिल्दोजुल्दो मौसमी संकेत देखाएको भन्दै विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। उनले आगामी बिहीबारदेखि माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया हुँदा केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने बताएका छन्। कात्तिक महिना धान भित्र्याउने र पदयात्राको मुख्य सिजन भएकाले यसले ठूलो क्षति पुर्याउन सक्ने जोखिम छ। पोखरेलले भने, ‘खेतमा पाकेर काटेको धान भिजेर नष्ट हुन सक्ने, हावाहुरी र असिनाले थप क्षति पुर्याउन सक्ने भएकाले किसानहरूलाई बेलैमा बाली सुरक्षित गर्न आग्रह गर्दछु।’ यसैगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहने भएकाले पदयात्री तथा पर्यटकहरूलाई आधिकारिक मौसम अपडेट हेरेर मात्र यात्राको योजना बनाउन सुझाव दिइएको छ। मनसुनले कमजोर बनाएका भिरालो जमिन र सडकहरूमा थप वर्षाले पहिरोको जोखिम बढाउने भएकाले राज्यका निकायहरूलाई पूर्वतयारीमा रहन विज्ञहरूले आग्रह गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्। बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्। अस्पताल परिसरमा […] ...

देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो... ...

वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफेन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले आज सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गर्दै यसपटकको सिजनका लागि आफ्नो विदेशी खेलाडीको रूपमा रदरफोर्डलाई भित्र्याएको जानकारी दिएको हो । बायाँहाते मध्यक्रमका ब्याटर रदरफोर्ड टि–२० क्रिकेटमा आफ्नो निर्भीक र आक्रामक ब्याटिङ तथा उत्कृष्ट फिनिसिङ क्षमताका लागि परिचित छन् ...

लोमन्थाङमा फुलेको फापरले जनजीवन मनमोहक
हरिकृष्ण शर्मामुस्ताङ, कात्तिक ७ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ स्थित खेतबारीमा फुलेको फापरले जनजीवन मनमोहक बनाएको छ । मुस्ताङको रैथाने खाद्यबाली फापर समुन्द्री सतहको... ...


