Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अम्बानीको रिलायन्सले भन्यो- स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौं

अम्बानीको रिलायन्सले भन्यो- स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौं

Share:WhatsAppFacebookX (Twitter)Telegram
अम्बानीको रिलायन्सले भन्यो- स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौं

मुम्बई । भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप एलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ । रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ । प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध गरेको आरोप लगाएका थिए । उनले सामाजिक सञ्जाल एक्समा स्टारलिङ्कलाई भारतमा ‘अवरुद्ध’ गरिएको दाबी गर्दै त्यसलाई भारतीय जनताविरुद्धको अपराधको संज्ञा दिएका थिए । मस्कले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई व्यङ्ग्यात्मक रूपमा ‘प्रधानमन्त्री’ भन्दै टिप्पणीसमेत गरेका थिए । स्टारलिङ्कले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिकको कक्षमा घुम्ने उपग्रहको माध्यमबाट दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने योजना बनाएको छ । यसको सम्भावित प्रवेशले भारतमा सेवा शुल्क र रेडियो स्पेक्ट्रम बाँडफाँटबारे बहस चर्किएको छ । मस्कको आरोपपछि भारतको सञ्चार मन्त्रालयले सबै दूरसञ्चार सेवाप्रदायकलाई निष्पक्ष र भेदभावरहित अनुमति प्रणाली लागू गरिएको जनाएको थियो । रिलायन्सको डिजिटल शाखा जियो प्लेटफर्मले सन् २०२५ मार्चमा स्टारलिङ्कको सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको थियो । तर, जियोको स्याटेलाइट इन्टरनेट सेवाले नियामक स्वीकृति पाउन बाँकी छ भने स्टारलिङ्कले पनि भारतमा सेवा सुरु गरेको छैन । रिलायन्सले जियोसहित सबै सेवाप्रदायकले भारतीय कानून र नीतिको पालना गर्नुपर्ने जनाएको छ । यसैबीच, जियोले प्रस्तावित सेयर निष्कासनमार्फत तीन अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना बनाएको छ । यो निष्कासन भारतकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बन्ने अपेक्षा गरिएको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
ताजा खबरJust now

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडाैँ। विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन्।... ...

रातोपाटी
धनुषाधाममा आगलागी हुँदा ९ लाखको धनमाल क्षति
ताजा खबरJust now

धनुषाधाममा आगलागी हुँदा ९ लाखको धनमाल क्षति

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–९ मा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ११ः३० बजे स्थानीय देवकुमारी बरालको घरमा आगलागी... ...

रातोपाटी
नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
ताजा खबरJust now

नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

काठमाडौँ, असोज ३० गते । सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताउनुभएको छ । छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरु... ...

गोरखापत्र
फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवेमा प्रतिस्पर्धा हुने ,
ताजा खबरJust now

फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवेमा प्रतिस्पर्धा हुने ,

• नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन १ गतेदेखि चार महिनासम्म सञ्चालन हुने भएको छ। • लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीसहित नयाँ टोलीले प्रतिस्पर्धा गर्नेछन्। • लिगलाई निष्पक्ष रूपमा सञ्चालन गर्न स्वतन्त्र समिति गठन गरिनेछ र नेपाली फुटबललाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play