अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख डलर बराबरको नोक्सानी पुर्याउने व्यक्ति पाकिस्तानमा पक्राउ

Bloomberg via Getty Images

संयुक्त राज्य अमेरिकाको पोस्टल सर्भिस अर्थात् हुलाक सेवालाई १२ करोड ६० लाख डलर बराबरको नोक्सानी पुर्याउने गरी नक्कली कारोबार सञ्चालन गरेको आरोपमा पाकिस्तानको साइबर अपराधसम्बन्धी निकायले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सन् २०२३ देखि अमेरिकामा ठगी गर्ने एउटा वेबसाइटमार्फत् नक्कली स्ट्याम्पहरू विक्री गरेको फहीम अकरममाथि आरोप छ। गत महिना फ्लोरिडास्थित एउटा सङ्घीय ग्र्यान्ड जुरीले उनीविरुद्ध आरोपपत्र दर्ता गरेको थियो।

विगत केही वर्षयता अमेरिकाका हजारौँ ग्राहकलाई ५० लाखभन्दा बढी नक्कली 'शिपिङ लेबल' बेचेको उनीमाथि आरोप छ। अधिकारीहरूले उक्त वेबसाइट बन्द गराइसकेका छन्।

भारतीयहरूले डिजिटल ठगीमा एक वर्षमै दुई खर्ब रुपैयाँ गुमाए

साइबर अपराध र ठगी बढेको बढ्यै : कतै तपाईँ पनि ठगको जालोमा परिरहनुभएको त छैन

अमेरिकी हुलाक निरीक्षण सेवाले यसै महिनाको शुरूतिर अकरमको गिरफ्तारीमा सघाउन जानकारी दिने व्यक्तिलाई एक लाख डलरसम्मको पुरस्कार दिने घोषणा गरेको थियो।

आरोप केके छन्?

फ्लोरिडाको दक्षिणी जिल्लाका लागि अमेरिकी महान्यायाधिवक्ताको कार्यालयका अनुसार पाकिस्तानको खानेवालका ३३ वर्षीय ती पुरुषले लेबल्सब्याङ्क डट कम नामक वेबसाइट सञ्चालन गर्दै आएका थिए।

अकरमले प्याकेजको तौल, आकार वा गन्तव्यलाई ध्यान नदिई निश्चित दरमा नक्कली अमेरिकी हुलाक लेबलहरू बेचेका अभियोजनकर्ताहरूको आरोप छ।

आरोपपत्रमा उल्लेख गरिएअनुसार ती नक्कली लेबलहरू प्रयोग गरेर सेवाग्राहीहरूले आफ्ना पार्सलहरू निकै कम शुल्कमा पठाउन सक्थे।

त्यसका कारणले गर्दा अमेरिकी हुलाक सेवालाई ढुवानी खर्चका अतिरिक्त राजस्वमा पनि ठूलो नोक्सानी पुगेको बताइएको छ।

सित्तैमा विश्वकप हेर्ने लोभमा अन्लाइन ठगीको पासो : नेपालीले कसरी गुमाए करोडौँ रुपैयाँ

'म गुप्त रूपमा काम गरेर कमाएको पैसा सरकारलाई दिन्थेँ अब आफै राख्न पाउँछु'

कार्यालयले एउटा विज्ञप्तिमार्फत् जनाएअनुसार ५,२०० जनाभन्दा बढी व्यक्तिले ५१ लाखभन्दा बढी नक्कली 'शिपिङ लेबल' खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

अकरममाथि अमेरिकालाई ठगी गर्ने षड्यन्त्र गरेको, नक्कली हुलाक टिकटहरू उत्पादन तथा विक्री गरेको, नक्कली हुलाक टिकट लेबलहरू उत्पादन तथा विक्री गरेको र 'वायर फ्रड' अर्थात् विद्युतीय माध्यमबाट गरिने ठगी गरेको लगायतका अभियोगहरू लगाइएको छ।

उक्त कार्यालयका अनुसार अकरम दोषी ठहर भएमा षड्यन्त्र र नक्कली हुलाक टिकटसम्बन्धी अभियोगहरूका लागि उनलाई बढीमा पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ।

त्यसैगरी विद्युतीय माध्यमबाट गरिने ठगीसम्बन्धी प्रत्येक अभियोगमा २० वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

ब्याङ्कको खाताबाट रकम चोरिने जोखिम कस्तो, जोगिन के गर्ने के नगर्ने

म्यान्मारका आपराधिक सञ्जालले बन्धक बनाएका 'साइबर दास'हरू

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

कुमारीको हातबाट सर्वसाधारणले लगाए विजयादशमीको टीका
एकान्त कुमारी (लुनिभा बज्राचार्य) को हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। ...

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ...

भोटेकोसी बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका-५ सुखारका केही परिवारका लागि यस वर्ष दसैँको खुसी आएन। भोटेकोसी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न ... ...

भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुइँचो
भक्तपुर । भक्तपुरका नेवार समुदायले विजयादशमीका दिन परम्परागत रूपमा मनाइने मोहनी नखः पर्व मनाएका छन् । यस अवसरमा उनीहरूले मान्यजनको हातबाट कालो टीका (मोहनी सिःनं), रातो टीका र जमरा ग्रहण गरेका छन् । नेवार समुदायमा मोहनी नखःको विशेष सांस्कृतिक र धार्मिक महत्त्व छ । नवदुर्गा भवानीको पूजा आराधनाका क्रममा महानवमीको दिन घरघरमा दियो बालेर त्यसबाट निस्किएको कालो ध्वाँसो सङ्कलन गरिन्छ । ...