अमेरिकासँगको निर्भरता घटाउन इयूसँग सहकार्य बढाउँदै क्यानडा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (इयु) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गरेका छन् । तर, क्यानाडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा मोन्ट्रियलमा आयोजित शिखर सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनमा व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव छ । कार्नीले साझेदारीको नामभन्दा त्यसबाट नागरिक, व्यवसायी र अनुसन्धानकर्ताले पाउने अवसर महत्त्वपूर्ण हुने बताएका छन् । ट्रम्पले प्रस्तावित सम्बन्धलाई ‘शत्रुतापूर्ण कार्य’ ठान्न सकिने र आवश्यक परे युरोपमाथि भन्सार शुल्क लगाउन सकिने चेतावनी दिएका छन् । क्यानाडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन् । क्यानाडाले थप ७२ अमेरिकी एफ–३५ लडाकू विमान खरिद गर्ने योजना पुनरावलोकन गर्दै स्विडेनको साब ग्रिपेनलाई विकल्पका रूपमा विचार गरिरहेको छ ।सन् २०२५ मा क्यानाडाको कुल निर्यातको ७१.७ प्रतिशत अमेरिका गएको थियो । प्रधानमन्त्री कार्नीले आगामी दशकमा अन्य देशतर्फको निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन् । क्यानाडा र इयुबीच डिजिटल व्यापार तथा महत्त्वपूर्ण खनिजमा लगानी बढाउने विषयमा पनि छलफल भइरहेको छ । प्रस्तावित साझेदारीले अमेरिकी अर्थतन्त्र र सुरक्षामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस/एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
-6a5c72d0-4495-4996-aaae-341d8ef29027.jpeg&w=1200&q=75)
दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (फोटो फिचर)
• पर्वतको कुश्मा नगरपालिका–३ स्थित जमुना परियारले गाउँमा फलेका अम्बा संकलन गरेर बजारमा बिक्री गर्छिन्। • उनले डोकोमा अम्बा बोकेर कुश्मा बजार पुग्न दुई घण्टा लाग्छ। • घरमा अरू कोही कमाउने नभएपछि उनले अम्बा बिक्री गरेर खर्च जुटाउने प्रयास गरिरहेकी छन्। ...

डा. केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा
काठमाडौं।शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ। उक्त मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले डा. केसीसँग पछिल्लो पटक गत साउन ११ गते ...

मधेसमा नयाँ सरकार गठन गर्न तीन दल छलफलमा
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ। अहिले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वमा सरकार रहेको छ। गत असोज २५ मा एमालेले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा छ। अब नयाँ सरकार गठनका लागि तीन दल तयारीमा जुटेका हुन्। जनमत पार्टीका नेता तथा प्रदेश सभ... ...

मधेसमा झन्डै ९ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह
धनुषा । मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले उक्त रकम कृषि कर्जातर्फ प्रवाह... ...


