Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकामा अउडीको ४.२ अर्ब डलर लगानी

अमेरिकामा अउडीको ४.२ अर्ब डलर लगानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा अउडीको ४.२ अर्ब डलर लगानी

वासिङटन।जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्। अउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित चुनावी सभामा ट्रम्पले शनिबार जर्जिया राज्यमा अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गर्न पाउँदा उत्साहित भएको बताए। उनले जर्जियाको मेकोन सहर नजिकै अउडीले चार दशमलव दुई अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्को महिनादेखि कारखाना निर्माण सुरु हुने र त्यहाँबाट वार्षिक दुई लाख कार उत्पादन हुने बताए। यद्यपि, फोक्सवागन समूहको एक हिस्सा रहेको अउडीले जारी गरेको विज्ञप्तिअनुसार कारखानाको निर्माण आगामी वर्ष सुरु हुनेछ भने उत्पादन सन् २०३० को दशकको सुरुतिर थालिनेछ। कम्पनीले यो लगानीले अमेरिकासँगको दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ। साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। जर्मन अटो उद्योगको प्रमुख कम्पनी फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा अस्थिर मागलगायत चुनौतीको सामना गरिरहेको छ। फोक्सवागन समूहअन्तर्गतका १० ब्रान्डमा, विशेष गरी फोक्सवागन, अउडी र पोर्शमा, करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ। लागत घटाउन विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ। –रासस / एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो
ताजा खबरJust now

दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो

सिन्धुली । दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। दशैं मनाउन घर गएका सर्वसाधारण काठमाडौं फर्किन थालेपछि राजमार्गमा चहलपहल बढेको हो। सवारी चाप बढेसँगै सिन्धुलीका प्रमुख पर्यटकीय गन्तव्य सिन्धुलीगढी र सेल्फी डाँडामा पनि आन्तरिक पर्यटकको घुइँचो देखिन थालेको छ। काठमाडौं फर्किने क्रममा यात्रुहरू यी स्थानमा केही समय रोकिएर मनोरम दृश्यावलोकन गर्ने, फोटो तथा भिडियो खिच्ने र रमाउने गरेका छन्। पर्यटकीय ...

हिमालय टाइम्स
हुम्डेका बाढी प्रभावितलाई राहत वितरण
ताजा खबरJust now

हुम्डेका बाढी प्रभावितलाई राहत वितरण

यदुप्रसाद भट्ट मनाङ, कात्तिक ८ गते । मनाङको हुम्डेस्थित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी दसैँको पूर्वसन्ध्यामा पहिलो पटक राहत सामग्री वितरण गरिएको छ । बाढीपछि राहत तथ... ...

गोरखापत्र
भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते
ताजा खबरJust now

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

काठमाडौं । चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् परियोजनाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सरकारी अधिकारीका अनुसार शुक्रबार राति भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरी चौकी, सरकारी कार्यालय तथा जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनीसमेत गरेका छन् । मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् […] ...

लोकपथ
कात्तिक १२ मा कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउने तयारी
ताजा खबरJust now

कात्तिक १२ मा कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउने तयारी

• नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ र प्रमाणपत्र वितरण गर्ने तयारी। • वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा विदेशमा भएकाले कार्यक्रमको मिति उनको स्वदेश फिर्तीपछि टुंगो लगाइने। • महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ, जसमा सभापति गगन थापाले शपथ लिइसकेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play