Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल
Photo / Coverage: नेपालन्युज

इस्लामाबाद।पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ। विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग संगठन (इको) को बैठकमा शान्ति र स्थिरता बिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताए। १० सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न देशका कूटनीतिज्ञ सहभागी थिए। अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा उभिन आग्रह गर्दै अमेरिकामाथि आक्रामकता र आर्थिक दबाब सिर्जना गरेको आरोप लगाए। उनले फारसको खाडी र हर्मुज जलघाँटीको तनावका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्‍याए। पाकिस्तानले गत अप्रिलमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो। हर्मुज जलघाँटीको गतिरोधले तेलको मूल्य र आफ्नो अर्थतन्त्रमा असर पारेको भन्दै पाकिस्तानले उक्त जलमार्ग पुनः सञ्चालन गर्न आग्रह गर्दै आएको छ। बैठकमा अफगानिस्तानसँगको सम्बन्ध सुधारको विषय पनि उठेको थियो। विदेशमन्त्री दारले अफगानिस्तानसँग व्यापार तथा पारवहन सहकार्य विस्तार गर्न चाहेको बताउँदै त्यसका लागि तालिबान सरकारले छिमेकी मुलुकका सुरक्षा चासो र आतंकवादको खतरा सम्बोधन गर्नुपर्नेमा जोड दिए। पाकिस्तानले टिटिपी, बीएलए र अलकायदालाई आश्रय दिएको अफगान तालिबान सरकारमाथि आरोप लगाउँदै आएको छ। काबुलले भने आतंकवादी समूहलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ। –रासस/ एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप-३१ सम्मेलनमा नेपालको सहभागिता र उपलब्धि कस्तो छ ?
Latest NewsJust now

कोप-३१ सम्मेलनमा नेपालको सहभागिता र उपलब्धि कस्तो छ ?

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको  बताएकी छन् । नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)  मा  उक्त बिषय प्रमुख मुद्दाका रुपमा उठाएको छ ।       सम्मेलनमा नेपालको नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएपछि यही नोभेम्बर १४ देखि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कृषिमन्त्री गीता चौधरीले गरेकीछन् ।  उनले पर्वतीय ...

फरकधार
अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे
Latest NewsJust now

अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे

मेलबर्न । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकासले विश्वभर नयाँ सम्भावना र अवसर सिर्जना गरिरहेको भए पनि अस्ट्रेलियाली नागरिकमा यसप्रति चिन्ता बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । अधिकांश अस्ट्रेलियाली... ...

रातोपाटी
नेपालको सडक कहिले हुन्छ सुरक्षित ?
Latest NewsJust now

नेपालको सडक कहिले हुन्छ सुरक्षित ?

नेपालमा सडक दुर्घटना अब केवल यातायात व्यवस्थापनको प्राविधिक विषय रहेन । यो सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, आर्थिक उत्पादकत्व, सुशासन र राज्यको उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौती बनेको छ । हरेक वर्ष हजारौँ नागरिक सडक दुर्घटनामा ज्यान गुमाउँछन् वा घाइते हुन्छन् । कतिपय परिवारको आर्थिक आधार भत्किन्छ, बालबालिकाको भविष्य प्रभावित हुन्छ र दुर्घटनाबाट बाँचेका मानिसले लामो […] ...

लोकपथ
बझाङ अटो दुर्घटना अपडेट: बेपत्ता बालक मृत फेला, मृतकको संख्या ४
Latest NewsJust now

बझाङ अटो दुर्घटना अपडेट: बेपत्ता बालक मृत फेला, मृतकको संख्या ४

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान टुमेडाबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको हो । दुर्घटनापछि उद्धारमा खटिएको प्रहरी टोलीले सुरुमा तीन जनाको शव फेला पारेको थियो । थप खोजी गर्ने क्रममा चार वर्षीया ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play