Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बझाङ अटो दुर्घटना अपडेट: बेपत्ता बालक मृत फेला, मृतकको संख्या ४

Share:WhatsAppFacebookX (Twitter)Telegram
बझाङ अटो दुर्घटना अपडेट: बेपत्ता बालक मृत फेला, मृतकको संख्या ४
Photo / Coverage: केन्द्रबिन्दु

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान टुमेडाबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको हो । दुर्घटनापछि उद्धारमा खटिएको प्रहरी टोलीले सुरुमा तीन जनाको शव फेला पारेको थियो । थप खोजी गर्ने क्रममा चार वर्षीया रियास महराको शवसमेत भेटिएपछि मृतकको संख्या चार पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, तारा महरा, डल्ली महरा र रियास महराको मृत्यु भएको हो । अटोमा चालकसहित छ जना सवार थिए । दुर्घटनामा १३ वर्षीय विक्रम महरा भने सकुशल रहेका छन् । दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल
Latest NewsJust now

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

इस्लामाबाद।पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ। विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग संगठन (इको) को बैठकमा शान्ति र स्थिरता बिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताए। १० सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न देशका कूटनीतिज्ञ सहभागी थिए। अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा ...

नेपालन्युज
कोप-३१ सम्मेलनमा नेपालको सहभागिता र उपलब्धि कस्तो छ ?
Latest NewsJust now

कोप-३१ सम्मेलनमा नेपालको सहभागिता र उपलब्धि कस्तो छ ?

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको  बताएकी छन् । नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)  मा  उक्त बिषय प्रमुख मुद्दाका रुपमा उठाएको छ ।       सम्मेलनमा नेपालको नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएपछि यही नोभेम्बर १४ देखि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कृषिमन्त्री गीता चौधरीले गरेकीछन् ।  उनले पर्वतीय ...

फरकधार
अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे
Latest NewsJust now

अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे

मेलबर्न । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकासले विश्वभर नयाँ सम्भावना र अवसर सिर्जना गरिरहेको भए पनि अस्ट्रेलियाली नागरिकमा यसप्रति चिन्ता बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । अधिकांश अस्ट्रेलियाली... ...

रातोपाटी
नेपालको सडक कहिले हुन्छ सुरक्षित ?
Latest NewsJust now

नेपालको सडक कहिले हुन्छ सुरक्षित ?

नेपालमा सडक दुर्घटना अब केवल यातायात व्यवस्थापनको प्राविधिक विषय रहेन । यो सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, आर्थिक उत्पादकत्व, सुशासन र राज्यको उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौती बनेको छ । हरेक वर्ष हजारौँ नागरिक सडक दुर्घटनामा ज्यान गुमाउँछन् वा घाइते हुन्छन् । कतिपय परिवारको आर्थिक आधार भत्किन्छ, बालबालिकाको भविष्य प्रभावित हुन्छ र दुर्घटनाबाट बाँचेका मानिसले लामो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play