Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अपराध र शक्तिको साम्राज्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
अपराध र शक्तिको साम्राज्य
Photo / Coverage: नेपालन्युज

सन् १९७२ मा प्रदर्शनमा आएको ‘द गडफादर’ केवल एउटा अपराधप्रधान चलचित्र थिएन। यो परिवार, सत्ता, विश्वास, प्रतिशोध, मौनता र नैतिक पतनको यस्तो गहिरो कथा थियो, जसले अपराधको संसारलाई पर्दामा प्रस्तुत गर्ने शैली नै बदलिदियो। माफिया परिवारको आन्तरिक सम्बन्ध र शक्ति संघर्षलाई केन्द्रमा राखेर बनेको यस चलचित्रले अभिनय, छायाङ्कन, संवाद, कथावाचन र चलचित्र निर्माणको दृष्टिकोणमा नयाँ मानक स्थापित गर्‍यो। पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि यसको प्रभाव विश्व सिनेमामा उत्तिकै बलियो छ। न्युयोर्कको एउटा भव्य विवाह समारोह। संगीत बजिरहेको छ। पाहुनाहरू रमाइरहेका छन्। नाचगान र उत्सवको माहोल छ। तर त्यही घरको एउटा कोठामा मानिसहरू आफ्ना समस्या लिएर परिवारका मुखियासामु उपस्थित भइरहेका छन्। कसैलाई न्याय चाहिएको छ, कसैलाई सहयोग, कसैलाई बदला। सबैका कुरा सुन्ने व्यक्ति हुन् डन भिटो कोर्लियोने। उनी राज्यका अधिकारी होइनन्, अदालतका न्यायाधीश पनि होइनन्। तर उनको निर्णयले मानिसहरूको जीवन बदल्न सक्छ। उनको आदेश कानुनभन्दा शक्तिशाली देखिन्छ। अपराध कसरी संस्था बन्छ, कसरी सम्बन्ध र विश्वासको आवरणमा शक्ति विस्तार गर्छ र कसरी एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ भन्ने जटिल मनोविज्ञान प्रस्तुत गर्छ। चलचित्रको सुरुआत नै यही विरोधाभासबाट हुन्छ। बाहिर उत्सव र पारिवारिक खुसी छ, भित्र भय, स्वार्थ र शक्तिको लेनदेन। यही दुई संसारको बीचमा उभिएको छ कोर्लियोने परिवार। उनीहरूको जीवनमा परिवार प्रेमको केन्द्र पनि हो र अपराधको संगठन पनि। घर उनीहरूका लागि आश्रय हो, तर त्यही घरभित्र सत्ता हस्तान्तरण, षड्यन्त्र र हिंसाका निर्णयहरू हुन्छन्। ‘द गडफादर’को सबैभन्दा ठूलो शक्ति यही हो- यसले अपराधलाई केवल गोली, हत्या र लुटपाटको घटनाका रूपमा देखाउँदैन। अपराध कसरी संस्था बन्छ, कसरी सम्बन्ध र विश्वासको आवरणमा शक्ति विस्तार गर्छ र कसरी एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ भन्ने जटिल मनोविज्ञान प्रस्तुत गर्छ। चलचित्रका निर्देशक फ्रान्सिस फोर्ड कोपोला। तस्बिर: जेराल्ड जेरोनिमो उपन्यासबाट पर्दासम्मको यात्रा ‘द गडफादर’को कथा अमेरिकी लेखक मारियो पुजो को सन् १९६९ मा प्रकाशित उपन्यासमा आधारित छ। उपन्यास सार्वजनिक भएपछि अमेरिकी पुस्तक बजारमा निकै लोकप्रिय बन्यो। इटालियन मूलका अमेरिकी आपराधिक समूह, पारिवारिक सम्बन्ध, अवैध कारोबार र शक्तिको राजनीतिलाई जोडेर लेखिएको यस कृतिले पाठकको ठूलो ध्यान खिच्यो। त्यसको सफलताले चलचित्र निर्माणको सम्भावना पनि खोलिदियो। प्यारामाउन्ट पिक्चर्सले उपन्यासलाई चलचित्रमा रूपान्तरण गर्ने अधिकार लिएपछि यसको निर्माण प्रक्रिया अघि बढ्यो। तर स्टुडियोको प्रारम्भिक सोच र पछि बनेको चलचित्रबीच ठूलो अन्तर थियो। निर्माण पक्षले सुरुमा यसलाई सीमित बजेटमा तयार हुने व्यावसायिक अपराध चलचित्रका रूपमा हेरेको थियो। तर निर्देशकका रूपमा फ्रान्सिस फोर्ड कोपोला जोडिएपछि कथाको प्रस्तुति र दृष्टिकोणमा व्यापक परिवर्तन आयो। अपराधका घटनालाई अलग-अलग दृश्यका रूपमा प्रस्तुत गर्नुको सट्टा ती घटनाले पात्रहरूको चरित्रमा पार्ने प्रभावलाई प्राथमिकता दिए। कोपोला त्यसबेला स्थापित व्यावसायिक निर्देशकका रूपमा चिनिएका थिएनन्। उनको अघिल्लो कामले अपेक्षित सफलता नपाएकाले उनीमाथि स्टुडियोको विश्वास पनि पूर्ण थिएन। तर उनीसँग इटालियन-अमेरिकी पारिवारिक संस्कृतिको नजिकबाट बुझाइ थियो। उनले कथालाई केवल अपराधीहरूको संसारका रूपमा होइन, आप्रवासी परिवारको इतिहास, सांस्कृतिक पहिचान र अमेरिकी समाजमा शक्ति प्राप्त गर्ने संघर्षका रूपमा हेरे। कोपोलाले उपन्यासका धेरै प्रसङ्गलाई चलचित्रमा रूपान्तरण गर्दा कथाको केन्द्रमा परिवार र सत्ता राखे। अपराधका घटनालाई अलग-अलग दृश्यका रूपमा प्रस्तुत गर्नुको सट्टा ती घटनाले पात्रहरूको चरित्रमा पार्ने प्रभावलाई प्राथमिकता दिए। यही निर्णयले चलचित्रलाई सामान्य अपराध कथाबाट फरक बनायो। डन भिटो कोर्लियोनेको भूमिका निर्वाह गर्ने अभिनेता मार्लन ब्रान्डोको पुरानो तस्बिर। तस्बिर: कार्ल भान भेक्टेन/लाइब्रेरी अफ कंग्रेस उपन्यासका लेखक मारियो पुजो र कोपोलाले पटकथा लेखनमा सहकार्य गरे। पुस्तकको विस्तृत कथालाई सीमित समयभित्र चलचित्रको संरचनामा ढाल्नु सजिलो काम थिएन। उपन्यासमा रहेका अनेक पात्र, उपकथा र घटनामध्ये कुनलाई राख्ने, कुनलाई हटाउने र कुन घटनालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा उनीहरूले निर्णय गर्नुपरेको थियो। चलचित्रको मूल कथा कोर्लियोने परिवारको शक्ति, त्यसको विस्तार र उत्तराधिकारमा केन्द्रित रह्यो। विशेषगरी डन भिटोको स्थानमा उनका छोरा माइकल कसरी पुग्छन् भन्ने रूपान्तरणलाई कथाको प्रमुख धुरी बनाइयो। यही रूपान्तरणले चलचित्रलाई गहिरो मनोवैज्ञानिक आयाम दियो। डन भिटो : भय र सम्मानको दोहोरो शक्ति मार्लन ब्रान्डो ले अभिनय गरेको डन भिटो कोर्लियोने चलचित्रको सबैभन्दा स्मरणीय पात्रमध्ये एक हो। उनी अपराधको संसारका शक्तिशाली व्यक्ति हुन्, तर उनको प्रस्तुति परम्परागत खलनायकको जस्तो छैन। उनी चर्को स्वरमा बोल्दैनन्, अनावश्यक आक्रामकता देखाउँदैनन् र आफ्नो शक्ति प्रदर्शन गर्न हतार गर्दैनन्। उनको उपस्थितिमात्रै धेरै पात्रका लागि पर्याप्त हुन्छ। उनको स्वरमा आएको परिवर्तन, बोल्दा देखिने विराम, अनुहारको भाव र शरीरको चालले पात्रको आन्तरिक शक्ति व्यक्त गर्छ। डन भिटोको व्यक्तित्वमा दुई विपरीत पक्ष छन्। परिवारप्रति उनी भावुक र संरक्षणकारी छन्। छोराछोरीको भविष्य, परिवारको प्रतिष्ठा र घरको एकताप्रति उनको गहिरो चासो छ। तर आफ्नो आपराधिक कारोबार र शक्ति जोगाउन उनी कठोर निर्णय लिन पनि पछि पर्दैनन्। उनका लागि मित्रता र विश्वास महत्त्वपूर्ण छन्, तर ती सम्बन्ध पनि उनको सत्ता संरचनाभन्दा बाहिर छैनन्। ब्रान्डोले यो चरित्रलाई अभिनयको सूक्ष्मताबाट जीवन्त बनाएका छन्। उनको स्वरमा आएको परिवर्तन, बोल्दा देखिने विराम, अनुहारको भाव र शरीरको चालले पात्रको आन्तरिक शक्ति व्यक्त गर्छ। डन भिटोको संवादभन्दा धेरै अर्थ उनका मौन क्षणहरूले बोकेका छन्। माइकल कोर्लियोनेको भूमिकाबाट विश्वव्यापी चर्चा कमाएका अभिनेता अल पचिनो। तस्बिर: थोमस शुल्ज़ यस भूमिकाका लागि ब्रान्डोले अनुहारको बनावटमा विशेष परिवर्तन गरेका थिए। गालाको आकार र मुखको बनोट फरक देखाउन उनले परीक्षण अभिनयका क्रममा मुखभित्र कपास राखेका थिए। पछि चलचित्रका लागि विशेष मुखको उपकरण तयार गरियो। उनको स्वरलाई पनि सामान्य बोल्ने शैलीभन्दा फरक बनाइएको थियो। यी परिवर्तनले डन भिटोको चरित्रलाई अलग पहिचान दिए। ब्रान्डोले यस भूमिकाका लागि सन् १९७३ को एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेताको पुरस्कार जिते। तर उनले पुरस्कार स्वीकार गरेनन्। उनको स्थानमा साचिन लिटलफेदर उपस्थित भएर अमेरिकी चलचित्र उद्योगमा आदिवासी समुदायको चित्रण र उनीहरूमाथिको व्यवहारप्रति विरोध जनाइन्। ब्रान्डोको यो निर्णयले पुरस्कार समारोहलाई पनि राजनीतिक र सामाजिक बहसको विषय बनायो। चलचित्रको सबैभन्दा गहिरो चरित्र यात्रा भने अल पचिनो ले निर्वाह गरेको माइकल कोर्लियोनेको हो। डन भिटोको चरित्रले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ- कुनै व्यक्तिलाई समाजले सम्मान गर्छ कि उसले पैदा गरेको भयका कारण उसको अगाडि झुक्छ? चलचित्रले यी दुई अवस्थाबीचको सीमारेखा जानाजानी अस्पष्ट बनाएको छ। डन भिटोको वरिपरि देखिने सम्मानभित्र डर, निर्भरता र स्वार्थ मिसिएका छन्। माइकल : निर्दोषताबाट निरङ्कुशतातर्फ चलचित्रको सबैभन्दा गहिरो चरित्र यात्रा भने अल पचिनो ले निर्वाह गरेको माइकल कोर्लियोनेको हो। कथाको सुरुआतमा माइकल परिवारको अपराधपूर्ण कारोबारबाट आफूलाई अलग राख्न चाहन्छन्। उनी युद्धमा सहभागी भएका छन्, आफ्नो छुट्टै जीवन बनाउन चाहन्छन् र परिवारको आपराधिक संरचनामा उत्तराधिकारी बन्ने कुनै इच्छा देखाउँदैनन्। माइकलको यही दूरीले उनलाई परिवारका अन्य सदस्यभन्दा फरक बनाउँछ। उनी आफ्ना प्रेमिका केलाई परिवारको वास्तविक स्वरूपबारे धेरै कुरा बताउन चाहँदैनन्। आफ्नो भविष्यलाई अपराधको संसारभन्दा बाहिर देख्छन्। तर परिवारमाथि आक्रमण भएपछि उनको सोच परिवर्तन हुन थाल्छ। चलचित्र अघि बढ्दै जाँदा उनले केवल परिस्थितिको सामना मात्र गर्दैनन्, त्यसलाई आफ्नो शक्ति विस्तारको माध्यम पनि बनाउँछन्। डन भिटोमाथि भएको आक्रमणले परिवारको शक्ति संरचनामा ठूलो धक्का पुर्‍याउँछ। त्यसपछि माइकल क्रमशः पारिवारिक विवाद र प्रतिशोधको केन्द्रमा प्रवेश गर्छन्। सुरुमा परिवारको सुरक्षाका लागि उठाइएको कदम पछि उनको आफ्नै पहिचान बन्न पुग्छ। उनले अपराधलाई अस्वीकार गर्ने व्यक्तिबाट त्यसको सबैभन्दा व्यवस्थित र कठोर सञ्चालकसम्मको यात्रा तय गर्छन्। माइकलको रूपान्तरण चलचित्रको भावनात्मक र राजनीतिक केन्द्र हो। उनी जन्मजात अपराधीका रूपमा प्रस्तुत गरिएका छैनन्। परिस्थितिले उनलाई अपराधको संसारमा धकेलेको जस्तो देखिन्छ। तर चलचित्र अघि बढ्दै जाँदा उनले केवल परिस्थितिको सामना मात्र गर्दैनन्, त्यसलाई आफ्नो शक्ति विस्तारको माध्यम पनि बनाउँछन्। दर्शकले माइकलको परिवर्तन कुनै एक घटनाबाट होइन, साना-साना निर्णयहरूको शृङ्खलाबाट भएको देख्छन्। पचिनोको अभिनयले यही परिवर्तनलाई अत्यन्त संयमित ढङ्गले प्रस्तुत गर्छ। सुरुका दृश्यमा उनको अनुहार खुला, भावनात्मक र सहज देखिन्छ। पछिल्ला दृश्यमा उनी कम बोल्छन्, अनुहारमा कठोरता बढ्छ र आँखाको भाव बदलिन्छ। उनको शरीरको भाषा पनि क्रमशः नियन्त्रणमुखी बन्छ। दर्शकले माइकलको परिवर्तन कुनै एक घटनाबाट होइन, साना-साना निर्णयहरूको शृङ्खलाबाट भएको देख्छन्। माइकलको सबैभन्दा ठूलो त्रासदी यही हो कि उनी परिवारलाई बचाउने उद्देश्यबाट अघि बढ्छन्, तर अन्ततः परिवारभित्रै दूरी र एक्लोपन सिर्जना गर्छन्। उनले सत्ता प्राप्त गर्छन्, तर मानवीय सम्बन्ध गुमाउँदै जान्छन्। उनको सफलता नै उनको नैतिक पराजय बन्न पुग्छ। ‘द गडफादर’को अविस्मरणीय सङ्गीत सिर्जना गर्ने सङ्गीतकार निनो रोता। तस्बिर: विल्मा भेर्नोकी परिवारभित्रको सत्ता संघर्ष कोर्लियोने परिवारको कथा केवल डन भिटो र माइकलको सम्बन्धमा सीमित छैन। परिवारका अन्य सदस्यले पनि यसको शक्ति संरचना र भावनात्मक द्वन्द्वलाई आकार दिएका छन्। सन्नी कोर्लियोने डन भिटोका जेठा छोरा हुन्। उनी आवेगशील, आक्रामक र छिटो निर्णय गर्ने स्वभावका छन्। परिवारको कारोबारमा उनको सक्रिय भूमिका छ, तर उनी पिता जस्तो धैर्यवान् छैनन्। सन्नीको स्वभावले परिवारलाई तत्कालीन संकटमा जोखिममा पार्छ। उनको आक्रामकता शक्ति जस्तो देखिए पनि त्यसमा रणनीतिक संयमको अभाव छ। फ्रेडो कोर्लियोने परिवारका अर्को छोरा हुन्। उनी कमजोर, असुरक्षित र निर्णय क्षमतामा सीमित देखिन्छन्। परिवारको शक्ति संरचनामा आफ्नो स्थान स्थापित गर्न नसक्दा उनीभित्र असन्तुष्टि बढ्छ। उनको चरित्रले सत्ता प्राप्त गर्ने चाहना र त्यसका लागि आवश्यक क्षमता नहुँदाको मनोवैज्ञानिक पीडा देखाउँछ। परिवारको अपराधपूर्ण कारोबारलाई कानुनी र व्यावसायिक भाषामा व्यवस्थित गर्न उनको भूमिका निर्णायक छ। टम हेगन परिवारका कानुनी सल्लाहकार र विश्वस्त सहयोगी हुन्। उनी रगतको नाताले कोर्लियोने परिवारका सदस्य होइनन्, तर परिवारको रणनीतिक संरचनामा उनको महत्त्वपूर्ण स्थान छ। उनी भावनाभन्दा तर्क र व्यवस्थापनमा विश्वास गर्छन्। परिवारको अपराधपूर्ण कारोबारलाई कानुनी र व्यावसायिक भाषामा व्यवस्थित गर्न उनको भूमिका निर्णायक छ। के एडम्स माइकलकी प्रेमिका र पछि पत्नी बन्छिन्। उनी परिवारको बाहिरी संसारसँग जोडिएको पात्र हुन्। माइकलको परिवर्तनसँगै के र माइकलबीचको सम्बन्धमा दूरी बढ्छ। केका लागि विवाह व्यक्तिगत सम्बन्ध हो, तर माइकलका लागि परिवार र सत्ता प्राथमिक बन्दै जान्छ। उनीहरूको सम्बन्धले अपराधको संसारले निजी जीवनमा पार्ने प्रभाव देखाउँछ। कोनीको जीवनमा परिवारको संरक्षणकारी दाबी र पुरुषप्रधान नियन्त्रण दुवै देखिन्छन्। कोनी कोर्लियोने परिवारकी छोरी हुन्। उनको विवाह समारोहबाट चलचित्र सुरु हुन्छ। उनको वैवाहिक जीवनमा हुने हिंसा र पारिवारिक हस्तक्षेपले कोर्लियोने परिवारको बाहिरी सम्मान र भित्री क्रूरताबीचको विरोधाभास उजागर गर्छ। कोनीको जीवनमा परिवारको संरक्षणकारी दाबी र पुरुषप्रधान नियन्त्रण दुवै देखिन्छन्। यी पात्रहरू छुट्टाछुट्टै उपकथाका लागि मात्र छैनन्। उनीहरूले परिवारभित्रको शक्ति, उत्तराधिकार, निष्ठा, असुरक्षा र विश्वासघातका विभिन्न रूप प्रस्तुत गर्छन्। परिवारको नाम एउटै भए पनि सबैको उद्देश्य एउटै छैन। यही भिन्नताले कथालाई बहुआयामिक बनाउँछ। चलचित्रमा माइकल कोर्लियोनेको जीवनसँग जोडिएको सिसिलीको ग्रामीण दृश्य। तस्बिर : जुलियन लुप्यान अपराधको संगठन र राज्यको छायाँ ‘द गडफादर’ को संसारमा अपराधी समूह केवल गैरकानुनी कारोबार गर्ने व्यक्तिहरूको जमात होइन। उनीहरूको आफ्नै नियम, अनुशासन, नेतृत्व, सल्लाहकार, सूचना संयन्त्र र दण्ड प्रणाली छ। उनीहरू व्यापार गर्छन्, सम्झौता गर्छन्, प्रतिस्पर्धीसँग वार्ता गर्छन् र आवश्यक परे हिंसाको प्रयोग गर्छन्। कोर्लियोने परिवारको शक्ति केवल हतियारमा आधारित छैन। उनीहरूको प्रभाव राजनीतिक सम्पर्क, आर्थिक स्रोत, प्रहरी र प्रशासनसँगको सम्बन्ध तथा समाजका विभिन्न तहमा रहेको पहुँचबाट बनेको छ। उनीहरूले राज्यका संस्थाले दिनुपर्ने सुरक्षा र न्यायलाई आफ्नो प्रभावको माध्यम बनाउँछन्। यो दृश्यले चलचित्रको मूल राजनीतिक अर्थ खोल्छ। जब राज्यका संस्थाप्रति नागरिकको विश्वास कमजोर हुन्छ, अनौपचारिक शक्ति संरचनाले न्याय र सुरक्षाको नाममा आफ्नो प्रभाव विस्तार गर्न सक्छ। चलचित्रको सुरुआती दृश्यमा अन्त्येष्टि व्यवसायी बोनासेरा डन भिटोसँग न्याय माग्न आउँछन्। उनी कानुनी व्यवस्थाबाट सन्तुष्ट छैनन्। त्यसैले राज्यको औपचारिक संरचनाभन्दा बाहिर रहेको व्यक्तिको शरणमा पुग्छन्। डन भिटोले उनको अनुरोध स्वीकार गर्छन्, तर त्यसको बदलामा भविष्यमा आफूलाई सहयोग गर्नुपर्ने संकेत गर्छन्। यो दृश्यले चलचित्रको मूल राजनीतिक अर्थ खोल्छ। जब राज्यका संस्थाप्रति नागरिकको विश्वास कमजोर हुन्छ, अनौपचारिक शक्ति संरचनाले न्याय र सुरक्षाको नाममा आफ्नो प्रभाव विस्तार गर्न सक्छ। त्यस्तो संरचनाले तत्काल राहत दिन सक्छ, तर त्यसको मूल्य स्वतन्त्रता र निर्भरता हुन्छ। डन भिटोको संसारमा उपकार कहिल्यै पूर्ण रूपमा निःस्वार्थ हुँदैन। आज गरिएको सहयोग भोलिको दायित्व बन्न सक्छ। मित्रता ऋणमा बदलिन्छ र ऋण निष्ठाको परीक्षण बन्छ। यही प्रणालीले अपराधलाई व्यक्तिगत हिंसाबाट संस्थागत शक्तिमा रूपान्तरण गर्छ। कोर्लियोने परिवार राज्यको विकल्प बन्न खोज्छ, तर त्यसको आधार न्याय होइन, भय र व्यक्तिगत वफादारी हो। चलचित्रले अमेरिकी समाजका राजनीतिक र आर्थिक संस्थामाथि पनि प्रश्न उठाउँछ। औपचारिक रूपमा लोकतान्त्रिक र कानुनी व्यवस्था भएको समाजमा पनि शक्ति कसरी अनौपचारिक सञ्जालमार्फत सञ्चालित हुन सक्छ भन्ने संकेत यसले दिन्छ। कोर्लियोने परिवार राज्यको विकल्प बन्न खोज्छ, तर त्यसको आधार न्याय होइन, भय र व्यक्तिगत वफादारी हो। पर्दाबाहिरको विवाद चलचित्र निर्माणका क्रममा यसको विषयवस्तुलाई लिएर विवाद पनि उत्पन्न भएको थियो। इटालियन-अमेरिकी समुदायका केही समूहले उपन्यास र चलचित्रले आफ्नो समुदायलाई अपराधसँग जोडेर प्रस्तुत गर्ने चिन्ता व्यक्त गरेका थिए। त्यसबेला इटालियन मूलका अमेरिकी नागरिकलाई माफियासँग जोडेर हेर्ने प्रवृत्तिप्रति असन्तुष्टि थियो। जोसेफ कोलम्बो नेतृत्वको इटालियन-अमेरिकी नागरिक अधिकार समूहले चलचित्रको विरोध गरेको थियो। उनीहरूको तर्क चलचित्रले इटालियन-अमेरिकी समुदायको नकारात्मक छवि निर्माण गर्न सक्छ भन्ने थियो। चलचित्र निर्माण पक्ष र विरोधी समूहबीच छलफल भएपछि पटकथामा ‘माफिया’ र ‘कोसा नोस्ट्रा’ जस्ता शब्द हटाउने सहमति भएको विवरण सार्वजनिक भएका छन्। प्रदर्शनमा आएको पहिलो चलचित्रमा ती शब्द प्रयोग गरिएको छैन। परिवारभित्रको प्रेम, परम्परा, सम्मान, पारिवारिक भोज, विवाह र सांस्कृतिक सम्बन्धलाई पनि महत्त्व दिन्छ। यही कारण केही दर्शकले कोर्लियोने परिवारप्रति सहानुभूति अनुभव गर्न सक्छन्। निर्माता अल्बर्ट एस. रुड्डी ले विरोधी पक्षसँग संवाद गरेर निर्माण प्रक्रिया अघि बढाएका थिए। यस घटनाले चलचित्र निर्माण केवल कलात्मक निर्णयको विषय नभई सामाजिक पहिचान, समुदायको प्रतिनिधित्व र सार्वजनिक धारणासँग पनि जोडिएको देखाउँछ। तर चलचित्रको अर्को पक्ष पनि छ। यसले माफिया परिवारलाई केवल घृणित अपराधीका रूपमा चित्रण गर्दैन। परिवारभित्रको प्रेम, परम्परा, सम्मान, पारिवारिक भोज, विवाह र सांस्कृतिक सम्बन्धलाई पनि महत्त्व दिन्छ। यही कारण केही दर्शकले कोर्लियोने परिवारप्रति सहानुभूति अनुभव गर्न सक्छन्। यही प्रस्तुतिमाथि आलोचना पनि भएको छ। अपराधीलाई मानवीय र आकर्षक बनाउँदा उनीहरूको हिंसा र शोषणको गम्भीरता ओझेलमा पर्न सक्छ। परिवारप्रतिको निष्ठा र परम्पराको आवरणले अपराधको नैतिक प्रश्नलाई कमजोर बनाउन सक्छ। त्यसैले ‘द गडफादर’को लोकप्रियता र यसको सामाजिक प्रभावबारे बहस आज पनि जारी छ। दृश्यभाषाको विशिष्टता चलचित्रको प्रभाव अभिनय र कथामा मात्र सीमित छैन। यसको छायाङ्कनले पनि विश्व सिनेमामा छुट्टै पहिचान बनाएको छ। छायाङ्कन निर्देशक गोर्डन विलिस ले प्रकाश र अँध्यारोको प्रयोगमार्फत पात्रहरूको मनोविज्ञान र शक्ति सम्बन्धलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेका छन्। छायाङ्कन शैलीले त्यस समयको प्रचलित चम्किलो र स्पष्ट प्रकाशको प्रयोगभन्दा फरक बाटो देखायो। पात्रको अनुहार र दृश्यको सम्पूर्ण विवरण देखाउनुभन्दा आवश्यक अंश मात्र देखाएर अर्थ निर्माण गर्ने शैली उनले अपनाए। चलचित्रका धेरै दृश्यमा पात्रहरूको अनुहार पूर्ण रूपमा उज्यालो हुँदैन। आँखाको भाग छायामा लुकाइएको हुन्छ। कोठा, बैठक र पारिवारिक कार्यालयमा कम प्रकाश प्रयोग गरिएको छ। यसले वातावरणलाई रहस्यमय बनाउनुका साथै पात्रहरूका गोप्य उद्देश्य र नैतिक अस्पष्टताको संकेत गर्छ। डन भिटोको कार्यालय यसको उदाहरण हो। बाहिर विवाहको उत्सव चलिरहेको हुन्छ, तर उनको कोठा अँध्यारो र गम्भीर छ। त्यहाँ आउने मानिसहरू आफ्नो समस्या सुनाउँछन्, तर उनीहरूको जीवनको निर्णय बन्द कोठाभित्र हुन्छ। प्रकाशको यही भिन्नताले सार्वजनिक उत्सव र निजी शक्तिको संसारबीच दूरी सिर्जना गर्छ। गोर्डन विलिसलाई पछि ‘प्रिन्स अफ डार्कनेस’ उपनामले पनि चिनियो। उनको छायाङ्कन शैलीले त्यस समयको प्रचलित चम्किलो र स्पष्ट प्रकाशको प्रयोगभन्दा फरक बाटो देखायो। पात्रको अनुहार र दृश्यको सम्पूर्ण विवरण देखाउनुभन्दा आवश्यक अंश मात्र देखाएर अर्थ निर्माण गर्ने शैली उनले अपनाए। विशेषगरी बप्तिस्माको दृश्य यसको उत्कृष्ट उदाहरण हो। माइकल चर्चमा आफ्नो बच्चाको बप्तिस्मा समारोहमा सहभागी हुन्छन्। यस चलचित्रमा क्यामेराको गति पनि संयमित छ। अनावश्यक तीव्र कट, अत्यधिक सम्पादन र नाटकीय दृश्य प्रभावभन्दा स्थिरता र वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ। दर्शकलाई पात्रको संसारमा प्रवेश गर्न समय दिइन्छ। संवाद र मौनताबीचको अन्तरालले पनि कथाको तनाव बढाउँछ। चलचित्रको सम्पादनले घटनाको भावनात्मक प्रभावलाई अझ गहिरो बनाएको छ। विशेषगरी बप्तिस्माको दृश्य यसको उत्कृष्ट उदाहरण हो। माइकल चर्चमा आफ्नो बच्चाको बप्तिस्मा समारोहमा सहभागी हुन्छन्। पादरीले धार्मिक प्रश्न सोध्दा उनी ईश्वर र शैतानबीचको सम्बन्धबारे आफ्नो उत्तर दिन्छन्। तर त्यही समयमा उनका आदेशमा प्रतिद्वन्द्वी परिवारका प्रमुखहरूको हत्या भइरहेको हुन्छ। एकातिर धार्मिक संस्कार, अर्कोतिर योजनाबद्ध हत्या। एकातिर पवित्रताको स्वीकारोक्ति, अर्कोतिर हिंसाको कार्यान्वयन। सम्पादनले यी दुई संसारलाई एकै समयमा देखाएर माइकलको चरित्रभित्रको विरोधाभासलाई चरम बिन्दुमा पुर्‍याउँछ। यो दृश्य चलचित्र इतिहासकै प्रभावशाली सम्पादनमध्ये एक मानिन्छ। संगीतले बनाएको पहिचान ‘द गडफादर’को अर्को अविस्मरणीय पक्ष यसको संगीत हो। निनो रोता ले तयार पारेको मुख्य धुन चलचित्रको भावनात्मक पहिचान बनेको छ। मन्द, उदास र स्मरणीय धुनले कथामा रहेको पारिवारिक विरासत, विछोड र शक्तिको गम्भीरता व्यक्त गर्छ। कुनै चलचित्रको संगीत त्यसको दृश्य र कथाभन्दा अलग भएर पनि पहिचान बन्न सक्नु यसको सांस्कृतिक प्रभावको प्रमाण हो। मुख्य धुनले चलचित्रका दृश्यलाई मात्र जोड्दैन, दर्शकको स्मृतिमा पनि यसको संसारलाई स्थायी बनाउँछ। चलचित्र नहेरेका धेरै मानिसले पनि यसको संगीत सुनेर ‘द गडफादर’ सम्झन सक्छन्। कुनै चलचित्रको संगीत त्यसको दृश्य र कथाभन्दा अलग भएर पनि पहिचान बन्न सक्नु यसको सांस्कृतिक प्रभावको प्रमाण हो। संगीतको प्रयोग अत्यधिक नाटकीय छैन। धेरै ठाउँमा यसले दृश्यलाई निर्देशित गर्नुको सट्टा भावनात्मक पृष्ठभूमि तयार गर्छ। पात्रहरूको मौनता, निर्णय र सम्बन्धमा रहेको तनावलाई संगीतले विस्तार गर्छ। यही संयमले यसको प्रभावलाई दीर्घकालीन बनाएको छ। न्युयोर्कदेखि सिसिलीसम्म चलचित्रको दृश्य संसारले पनि यसको कथालाई विश्वसनीय बनाएको छ। न्युयोर्कका सडक, घर, कार्यालय, रेस्टुरेन्ट र पारिवारिक जमघटले कोर्लियोने परिवारको सामाजिक वातावरण निर्माण गर्छन्। सिसिलीका दृश्यले भने परिवारको सांस्कृतिक जरा र विगतलाई जोड्छन्। माइकल अमेरिका छाडेर सिसिली पुग्दा कथाको गति र दृश्यभाषा बदलिन्छ। त्यहाँको ग्रामीण परिवेश, पहाड, पुराना बस्ती र शान्त वातावरणले अमेरिकाको अपराधप्रधान शहरी संसारभन्दा फरक अनुभूति दिन्छ। तर हिंसा र असुरक्षाबाट उनी पूर्ण रूपमा मुक्त हुन सक्दैनन्। सिसिलीका दृश्यहरू त्यसैले केवल स्थान परिवर्तन होइनन्; ती पात्रको आन्तरिक यात्राका महत्त्वपूर्ण अंश हुन्। सिसिलीमा माइकलको विवाह र त्यसपछि हुने दुर्घटनाले उनको जीवनमा व्यक्तिगत क्षतिको अर्को तह थप्छ। परिवारको शक्ति विस्तार गर्न खोज्दा उनले व्यक्तिगत सुख गुमाउँछन्। अमेरिका फर्किएपछि उनी पहिलेको माइकल रहँदैनन्। सिसिलीका दृश्यहरू त्यसैले केवल स्थान परिवर्तन होइनन्; ती पात्रको आन्तरिक यात्राका महत्त्वपूर्ण अंश हुन्। चलचित्रको स्थान चयन र दृश्य संयोजनले कथा प्रस्तुत गर्ने तरिकामा महत्त्वपूर्ण भूमिका खेलेको छ। स्थानलाई केवल पृष्ठभूमिका रूपमा प्रयोग गरिएको छैन। न्युयोर्क र सिसिलीबीचको भिन्नताले पात्रको सामाजिक र सांस्कृतिक पहिचानलाई विस्तार गर्छ। निर्माणको चुनौती र सफलताको कथा ‘द गडफादर’को निर्माण सहज थिएन। निर्देशक, कलाकार र स्टुडियोबीच पटकथा, कलाकार चयन, बजेट र चलचित्रको प्रस्तुति शैलीलाई लिएर मतभेद भएका थिए। स्टुडियोले व्यावसायिक रूपमा सुरक्षित निर्णय चाहेको थियो भने कोपोला कथालाई आफ्नो दृष्टिकोणअनुसार प्रस्तुत गर्न चाहन्थे। चलचित्रको निर्माण सन् १९७१ मा भएको थियो। करिब ६० लाख अमेरिकी डलरको बजेटमा बनेको यस चलचित्रको प्रदर्शन सन् १९७२ मार्च १४ मा न्युयोर्कमा विश्व प्रिमियरबाट सुरु भयो। माइकलको भूमिकामा अल पचिनोको चयनलाई लिएर पनि प्रारम्भमा असहमति थियो। स्टुडियोले अन्य कलाकारलाई प्राथमिकता दिएको थियो। तर कोपोला पचिनोको अभिनय क्षमतामा विश्वस्त थिए। उनले माइकलको चरित्रका लागि आवश्यक शान्त, अन्तर्मुखी र क्रमशः कठोर बन्दै जाने व्यक्तित्व पचिनोले प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने ठानेका थिए। अन्ततः पचिनोको अभिनय नै चलचित्रको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक बन्यो। कलाकार छनोटमा निर्देशकको दृष्टिकोण कति निर्णायक हुन सक्छ भन्ने उदाहरण पनि यसले प्रस्तुत गर्‍यो। चलचित्रको निर्माण सन् १९७१ मा भएको थियो। करिब ६० लाख अमेरिकी डलरको बजेटमा बनेको यस चलचित्रको प्रदर्शन सन् १९७२ मार्च १४ मा न्युयोर्कमा विश्व प्रिमियरबाट सुरु भयो। मार्च २४ मा अमेरिकामा व्यापक प्रदर्शनमा आएको चलचित्रले समीक्षक र दर्शक दुवैबाट उल्लेखनीय प्रतिक्रिया पायो। यसको अवधि करिब १७५ मिनेट छ। व्यावसायिक सफलताले स्टुडियोको प्रारम्भिक अपेक्षाभन्दा धेरै ठूलो परिणाम दियो। तर यसको महत्त्व कमाइमा मात्र सीमित रहेन। चलचित्रले अपराधप्रधान कथालाई गम्भीर नाटकीय संरचना, चरित्र विकास र दृश्यात्मक भाषासहित प्रस्तुत गर्न सकिन्छ भन्ने स्थापित गर्‍यो। पुरस्कार र मान्यताको इतिहास ‘द गडफादर’ले प्रदर्शनपछि आलोचनात्मक प्रशंसा मात्र पाएन, प्रतिष्ठित पुरस्कारमा पनि ठूलो सफलता हासिल गर्‍यो। सन् १९७३ को ४५औँ एकेडेमी अवार्डमा यसले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता र उत्कृष्ट रूपान्तरित पटकथासहित तीन पुरस्कार जित्यो। चलचित्रले कुल ११ विधामा मनोनयन प्राप्त गरेको थियो। यसको प्रभाव पुरस्कार समारोहभन्दा बाहिर धेरै ठूलो थियो। चलचित्रले अभिनयको नयाँ शैली, अपराध कथाको संरचना र निर्देशकको सिर्जनात्मक स्वतन्त्रताबारे बहसलाई बलियो बनायो। उत्कृष्ट चलचित्रको पुरस्कार निर्माता अल्बर्ट एस. रुड्डी ले प्राप्त गरे। उत्कृष्ट अभिनेताको पुरस्कार मार्लन ब्रान्डो लाई प्रदान गरिएको थियो, तर उनले अस्वीकार गरे। उत्कृष्ट रूपान्तरित पटकथाको पुरस्कार मारियो पुजो र फ्रान्सिस फोर्ड कोपोलाले संयुक्त रूपमा पाए। यी पुरस्कारले चलचित्रको कलात्मक उपलब्धिलाई संस्थागत मान्यता दिए। तर यसको प्रभाव पुरस्कार समारोहभन्दा बाहिर धेरै ठूलो थियो। चलचित्रले अभिनयको नयाँ शैली, अपराध कथाको संरचना र निर्देशकको सिर्जनात्मक स्वतन्त्रताबारे बहसलाई बलियो बनायो। यसको सफलता पछि कोपोला र निर्माण टोलीले कथालाई निरन्तरता दिने अवसर पाए। सन् १९७४ मा ‘द गडफादर पार्ट टु’ प्रदर्शनमा आयो। यसले पहिलो चलचित्रको कथालाई अघि बढाउनुका साथै युवा भिटो कोर्लियोनेको विगतलाई पनि प्रस्तुत गर्‍यो। युवा भिटोको भूमिका रोबर्ट डी निरोले निर्वाह गरेका थिए। दोस्रो चलचित्रले विगत र वर्तमानलाई समानान्तर रूपमा प्रस्तुत गर्ने शैली अपनायो। एकातिर भिटोको संघर्ष र उदय देखाइयो, अर्कोतिर माइकलको सत्ता विस्तारसँगै बढ्दै गएको एक्लोपन र नैतिक पतन प्रस्तुत गरियो। यसले पहिलो चलचित्रको कथालाई अझ फराकिलो ऐतिहासिक र मनोवैज्ञानिक आयाम दियो। ‘द गडफादर’ले अपराधी पात्रलाई केवल कानुनविरोधी व्यक्तिका रूपमा सीमित नगरी उसको परिवार, संस्कृति, आकाङ्क्षा, डर र नैतिक द्वन्द्वलाई कथाको केन्द्रमा राख्यो। ‘द गडफादर पार्ट टु’ ले सन् १९७५ को एकेडेमी अवार्डमा उत्कृष्ट चलचित्रसहित छ पुरस्कार जित्यो। यसको सफलताले सिक्वेललाई केवल पहिलो चलचित्रको व्यावसायिक निरन्तरता नभई स्वतन्त्र कलात्मक उपलब्धिका रूपमा स्थापित गर्‍यो। सन् १९९० मा ‘द गडफादर पार्ट थ्री’ प्रदर्शनमा आयो। यसले माइकलको जीवनको अन्तिम चरण र अपराधको संसारबाट बाहिर निस्कने उनको प्रयासलाई केन्द्रमा राख्यो। पछि सन् २०२० मा कोपोलाले यसलाई नयाँ सम्पादनसहित ‘द गडफादर कोडा : द डेथ अफ माइकल कोर्लियोने’ शीर्षकमा पुनः प्रस्तुत गरे। विश्व सिनेमामा परेको प्रभाव ‘द गडफादर’को प्रभाव कुनै एउटा विधा वा देशको चलचित्रमा मात्र सीमित रहेन। यसले अपराध कथालाई प्रस्तुत गर्ने शैली, पात्रको मनोविज्ञान, संवाद लेखन, दृश्य संयोजन र चलचित्रको समग्र संरचनामा नयाँ सम्भावना खोल्यो। यसअघि पनि अपराध र ग्याङ्स्टर विषयमा धेरै चलचित्र बनेका थिए। तर ‘द गडफादर’ले अपराधी पात्रलाई केवल कानुनविरोधी व्यक्तिका रूपमा सीमित नगरी उसको परिवार, संस्कृति, आकाङ्क्षा, डर र नैतिक द्वन्द्वलाई कथाको केन्द्रमा राख्यो। अपराधको संसारलाई सामाजिक र संस्थागत संरचनासँग जोडेर हेर्ने दृष्टिकोण स्थापित गर्‍यो। यसले पछिका धेरै चलचित्र र टेलिभिजन शृङ्खलालाई प्रभावित गर्‍यो। माफिया, संगठित अपराध, पारिवारिक सत्ता र उत्तराधिकारका विषयमा बनेका अनेक सिर्जनामा यसको छाया देखिन्छ। पात्रको लामो विकास, पारिवारिक सम्बन्धभित्रको संघर्ष र हिंसालाई संयमित दृश्यभाषामा प्रस्तुत गर्ने शैलीले पछिल्ला पुस्ताका निर्देशकलाई प्रेरित गरेको छ। चलचित्रले एउटै परिवारको कथाभित्र राजनीति, अर्थतन्त्र, संस्कृति, अपराध, प्रेम, विवाह र उत्तराधिकारका विषयलाई जोड्यो। यसको प्रभाव अभिनयमा पनि देखिन्छ। चर्को संवाद र अत्यधिक भावनात्मक प्रदर्शनभन्दा मौनता, आँखाको भाव, स्वरको नियन्त्रण र शरीरको सानो चालबाट चरित्र निर्माण गर्ने शैलीलाई यसले लोकप्रिय बनायो। डन भिटो र माइकलका पात्रले अभिनयमा सूक्ष्मता कति प्रभावशाली हुन सक्छ भन्ने देखाए। कथावाचनको दृष्टिले पनि यसले महत्त्वपूर्ण उदाहरण स्थापित गर्‍यो। चलचित्रले एउटै परिवारको कथाभित्र राजनीति, अर्थतन्त्र, संस्कृति, अपराध, प्रेम, विवाह र उत्तराधिकारका विषयलाई जोड्यो। यसले अपराधप्रधान चलचित्रलाई सामाजिक महाकाव्यको स्वरूप दिन सकिने सम्भावना देखायो। आलोचना र नैतिक प्रश्न यति ठूलो प्रभाव हुँदाहुँदै पनि ‘द गडफादर’ आलोचनामुक्त छैन। यसको सबैभन्दा महत्त्वपूर्ण आलोचना अपराधी परिवारलाई आकर्षक र सम्मानयोग्य रूपमा प्रस्तुत गरिएको विषयमा केन्द्रित छ। डन भिटोको पारिवारिक निष्ठा, माइकलको रणनीतिक क्षमता र कोर्लियोने परिवारको अनुशासनले दर्शकलाई उनीहरूको संसारप्रति आकर्षित गर्न सक्छ। तर यही आकर्षणले अपराधको वास्तविक मूल्यलाई ओझेलमा पार्ने जोखिम पनि हुन्छ। चलचित्रमा देखाइएका हत्या, धम्की, अवैध कारोबार र हिंसाले पीडित व्यक्ति तथा समुदायको दृष्टिकोणबाट कस्तो असर पार्छ भन्ने पक्ष सधैँ समान प्राथमिकतामा छैन। कथाको केन्द्र अपराधी परिवार भएकाले उनीहरूको अनुभव बढी महत्त्वपूर्ण बनेको छ। एउटा समुदायको सांस्कृतिक पहिचानलाई माफिया र अपराधसँग जोडेर लोकप्रिय बनाउँदा त्यसले समाजमा रूढ छवि बलियो बनाउन सक्छ। इटालियन-अमेरिकी समुदायको प्रतिनिधित्वबारे पनि प्रश्न उठाइएका छन्। एउटा समुदायको सांस्कृतिक पहिचानलाई माफिया र अपराधसँग जोडेर लोकप्रिय बनाउँदा त्यसले समाजमा रूढ छवि बलियो बनाउन सक्छ। चलचित्रले परिवारको सांस्कृतिक पक्षलाई मानवीय ढङ्गले प्रस्तुत गरे पनि अपराधको संसारलाई समुदायको प्रतिनिधि ठान्न मिल्दैन। तर आलोचनाको अर्को पाटो पनि छ। चलचित्रले अपराधीलाई नायकका रूपमा महिमामण्डन गर्नुभन्दा उनीहरूको शक्ति र त्यसले सिर्जना गर्ने विनाशकारी परिणामलाई देखाएको तर्क पनि गरिन्छ। माइकलको अन्तिम अवस्था, परिवारभित्र बढेको दूरी र व्यक्तिगत जीवनको विघटनले सत्ता प्राप्तिको मूल्य उजागर गर्छ। यसरी हेर्दा ‘द गडफादर’ले दर्शकलाई सरल नैतिक निष्कर्ष दिँदैन। यसले अपराधी पात्रलाई बुझ्ने अवसर दिन्छ, तर उनीहरूको कर्मलाई निर्दोष ठहर्‍याउँदैन। दर्शकलाई आकर्षण र आलोचनाबीचको तनावमा राख्नु नै यसको कथावाचनको महत्त्वपूर्ण पक्ष हो। समयसँगै बढेको प्रभाव कुनै चलचित्रको सफलता त्यसको प्रदर्शनकालीन कमाइ वा पुरस्कारबाट मात्र मापन हुँदैन। समय बित्दै जाँदा त्यसले दर्शकको स्मृति, सांस्कृतिक विमर्श र सिर्जनात्मक अभ्यासमा कस्तो स्थान बनाउँछ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। ‘द गडफादर’ यस अर्थमा असाधारण उदाहरण हो। चलचित्रका संवाद, पात्र, संगीत र दृश्यहरू लोकप्रिय संस्कृतिको हिस्सा बनेका छन्। डन भिटोको व्यक्तित्व, माइकलको रूपान्तरण, परिवारको बैठक र बप्तिस्माको दृश्यले चलचित्रको सीमाभन्दा बाहिर गएर सांस्कृतिक प्रतीकको रूप लिएका छन्। मानवीय सम्बन्ध, सत्ता प्राप्तिको चाहना, परिवारभित्रको द्वन्द्व र नैतिक पतनजस्ता विषय समयसँगै पुराना हुँदैनन्। चलचित्रको लोकप्रियताले मूल उपन्यासप्रति पनि नयाँ पुस्ताको चासो बढायो। त्यस्तै, यसको सफलताले चलचित्र र साहित्यबीचको सम्बन्धलाई पुनः चर्चामा ल्यायो। उपन्यासको विस्तृत संसारलाई चलचित्रले कसरी छानेर, सङ्कुचित गरेर र दृश्यात्मक रूपमा पुनर्निर्माण गर्न सक्छ भन्ने उदाहरणका रूपमा यसलाई अध्ययन गरिन्छ। चलचित्र अध्ययन, अभिनय प्रशिक्षण, पटकथा लेखन र छायाङ्कनका सन्दर्भमा पनि यसको चर्चा निरन्तर हुन्छ। यसको संरचना र दृश्यहरूको विश्लेषणले नयाँ पुस्ताका सिर्जनाकर्मीलाई कथाको गति, पात्रको विकास र दृश्यको अर्थबारे सोच्न प्रेरित गर्छ। यसको लोकप्रियता नयाँ पुस्तासम्म पुग्नुको कारण पनि यही हो। प्रविधि, दृश्य प्रभाव र चलचित्र निर्माणका माध्यममा ठूलो परिवर्तन आइसकेको छ। तर मानवीय सम्बन्ध, सत्ता प्राप्तिको चाहना, परिवारभित्रको द्वन्द्व र नैतिक पतनजस्ता विषय समयसँगै पुराना हुँदैनन्। ‘द गडफादर’ले यिनै सार्वकालिक विषयलाई एउटा विशिष्ट परिवारको कथामा रूपान्तरण गरेको छ। अपराधको कथा कि सत्ताको मनोविज्ञान? ‘द गडफादर’लाई केवल माफिया चलचित्रका रूपमा हेर्दा यसको वास्तविक आयाम सीमित हुन्छ। यो सत्ता कसरी जन्मिन्छ, कसरी वैधताको आवरण खोज्छ र कसरी आफ्नै संरचनाभित्रका मानिसलाई नियन्त्रण गर्छ भन्ने कथासमेत हो। डन भिटोको सत्ता व्यक्तिगत सम्बन्ध, उपकार र भयको मिश्रणमा आधारित छ। माइकलको सत्ता भने अझ व्यवस्थित, कठोर र संस्थागत बन्दै जान्छ। बाबु र छोराबीचको भिन्नता केवल नेतृत्व शैलीमा छैन; उनीहरूले शक्ति प्राप्त गर्ने र कायम राख्ने तरिकामा पनि छ। डन भिटो आफ्ना सम्बन्धलाई व्यक्तिगत रूपमा व्यवस्थापन गर्छन्। उनी मानिसको समस्या सुन्छन्, प्रत्यक्ष संवाद गर्छन् र आवश्यक पर्दा सम्झौता गर्छन्। माइकल भने निर्णयलाई रणनीतिक बनाउँछन्। उनी भावनालाई नियन्त्रण गर्छन् र सम्भावित खतरा समाप्त गर्ने योजनामा केन्द्रित हुन्छन्। यही परिवर्तनले अपराधको संसारमा परम्परागत नेतृत्वबाट आधुनिक व्यवस्थापनमुखी सत्तातर्फको रूपान्तरण पनि देखाउँछ। सत्ता विस्तार हुन्छ, तर सम्बन्ध खुम्चिन्छ। परिवारको नाम र संरचना जोगाउने प्रयासमा परिवारकै आत्मीयता समाप्त हुँदै जान्छ। तर माइकलको व्यवस्थापन दक्षताले परिवारलाई सुरक्षित बनाउँछ भन्ने उनको विश्वास अन्ततः असफल हुन्छ। उनी शत्रु घटाउँछन्, तर आफ्ना नजिकका मानिससँगको विश्वास पनि गुमाउँछन्। सत्ता विस्तार हुन्छ, तर सम्बन्ध खुम्चिन्छ। परिवारको नाम र संरचना जोगाउने प्रयासमा परिवारकै आत्मीयता समाप्त हुँदै जान्छ। यही विरोधाभासले चलचित्रलाई गहिरो बनाएको छ। अपराधको संसारमा शक्ति प्राप्त गर्न सकिन्छ, तर त्यसले स्थायी सुरक्षा वा सुख दिन्छ भन्ने सुनिश्चित छैन। डन भिटो र माइकल दुवै शक्तिशाली छन्, तर उनीहरूको जीवनमा शान्ति छैन। उनीहरूको परिवार ठूलो छ, तर विश्वासको घेरा साँघुरो छ। एउटा चलचित्रभन्दा ठूलो विरासत ‘द गडफादर’को ऐतिहासिक महत्त्व यसले अपराधको कथा सुनाएको कारण मात्र होइन। यसले चलचित्रलाई मनोरञ्जनको सीमाभन्दा पर लैजाने क्षमता देखायो। एउटा परिवारको कथामार्फत यसले आप्रवासन, सांस्कृतिक पहिचान, पुँजी, राजनीति, संस्थागत शक्ति र नैतिकताको प्रश्न उठायो। फ्रान्सिस फोर्ड कोपोलाको निर्देशन, मारियो पुजोको कथावस्तु, मार्लन ब्रान्डो र अल पचिनोको अभिनय, गोर्डन विलिसको छायाङ्कन तथा निनो रोता को संगीतले यसलाई विश्व सिनेमाको स्थायी कृतिमध्ये एक बनाएका छन्। यसको सफलता कुनै एउटै पक्षको परिणाम होइन; सबै कलात्मक पक्षबीचको सन्तुलनले यसलाई विशिष्ट बनाएको हो। एउटा कोठाभित्र भएको संवादले राज्य, न्याय र शक्तिको प्रश्न उठाउन सक्छ। एउटा मौन अनुहारले पात्रको सम्पूर्ण रूपान्तरण व्यक्त गर्न सक्छ। यस चलचित्रले देखाएको अर्को महत्त्वपूर्ण कुरा हो- ठूलो कथा भन्न ठूलो घटनाको थुप्रो आवश्यक हुँदैन। एउटा परिवार, त्यसका केही पात्र र उनीहरूबीचको सम्बन्धबाट पनि समाजको व्यापक संरचना देखाउन सकिन्छ। एउटा कोठाभित्र भएको संवादले राज्य, न्याय र शक्तिको प्रश्न उठाउन सक्छ। एउटा मौन अनुहारले पात्रको सम्पूर्ण रूपान्तरण व्यक्त गर्न सक्छ। पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि ‘द गडफादर’ हेर्नुको अर्थ केवल पुरानो सफल चलचित्र सम्झनु होइन। यो चलचित्र निर्माणको भाषा, अभिनयको सूक्ष्मता र कथावाचनको गहिराइ बुझ्ने अवसर पनि हो। यसले दर्शकलाई अपराधको आकर्षण देखाउँछ, तर त्यसको मूल्यबारे सोच्न पनि बाध्य बनाउँछ। अन्ततः कोर्लियोने परिवारको कथा एउटा आपराधिक साम्राज्यको उदय र विस्तारमा मात्र समाप्त हुँदैन। यो शक्तिले मानिसलाई कसरी बदल्छ, परिवारको नाममा गरिएका निर्णयले परिवारलाई नै कसरी कमजोर बनाउँछन् र विजयको शिखरमा पुगेको व्यक्ति किन एक्लो हुन सक्छ भन्ने प्रश्नमा पुग्छ। यही कारण ‘द गडफादर’ एउटा समयको लोकप्रिय चलचित्र भएर रोकिएको छैन। यो विश्व सिनेमाको इतिहासमा एउटा मानक बनेको छ- जहाँ अपराधको पर्दाभित्र मानवीय सम्बन्ध, सत्ताको मनोविज्ञान र नैतिक पतनको जटिल कथा एकसाथ देखिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ : जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा मतभेद
Latest NewsJust now

कोप–३१ : जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा मतभेद

टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) दोस्रो तथा अन्तिम सातामा प्रवेश गर्न लाग्दा राष्ट्रसंघका जलवायु प्रमुखले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्... ...

रातोपाटी
जनकपुर पुगेर रवि लामिछानेले भने- पार्टी र सरकारबीच कुनै पनि समस्या छैन
Latest NewsJust now

जनकपुर पुगेर रवि लामिछानेले भने- पार्टी र सरकारबीच कुनै पनि समस्या छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताएका हुन् । उनले सरकार आफैले गरेको बाचा पूरा गर्ने काममा ...

केन्द्रबिन्दु
सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप
Latest NewsJust now

सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको आरोप लगाएका छन् । एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको आरोप लगाएका हुन् । उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए । उनले एमाले इमानको प्रतिमूर्ति ...

कर्पोरट खबर
बर्दियामा मिनीफोर्स र भारतीय मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ घाइते
Latest NewsJust now

बर्दियामा मिनीफोर्स र भारतीय मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ घाइते

बर्दिया । बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाकका अनुसार क्रसिङका क्रममा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play