Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

बर्दियामा मिनीफोर्स र भारतीय मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्दियामा मिनीफोर्स र भारतीय मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ घाइते
Photo / Coverage: केन्द्रबिन्दु

बर्दिया । बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाकका अनुसार क्रसिङका क्रममा मिनीफोर्स गाडी तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनापछि १७ जना घाइतेलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल र नेपालगञ्ज पठाइएको थियो । उपचारका क्रममा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेको राप्तीसोनारी गाउँपालिका–५ चिल्लरियाका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा सवार उनका ५५ वर्षीय बुबा दलबहादुर खत्री रहेका छन् । दुवैलाई बर्दिया जिल्ला अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मिनीफोर्स चालक गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरीसहित विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने केही सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार मधुवन नगरपालिका–६ की ४४ वर्षीया रेखा कार्की, वडा नम्बर ९ की २६ वर्षीया ललिता चौधरी र २८ वर्षीया सृजना मगर, वडा नम्बर ७ की ३३ वर्षीया ऋतु चौधरी तथा वडा नम्बर ५ का १८ वर्षीय सुरजकुमार राजी घाइते भएका छन् । त्यस्तै, मधुवन नगरपालिका–७ का १७ वर्षीय संगम वलीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । बारबर्दिया नगरपालिका–२ का ७७ वर्षीय प्रसाद थारू, गुलरिया नगरपालिका–१० की १९ वर्षीया अर्तना पाठक र १५ वर्षीया अनन्या पाठक तथा गुलरिया नगरपालिका–१ का १८ वर्षीय यमलाल थारू पनि घाइते भएका छन् । यसैगरी बाँकेको कोहलपुर नगरपालिका–३ की ३४ वर्षीया ईश्वरी न्यौपाने र वडा नम्बर ११ की २३ वर्षीया अञ्जली घिमिरे तथा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ की २७ वर्षीया लक्ष्मी विक र चार वर्षीय अनमोल विक घाइते भएका छन् । उनीहरूमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम
Latest NewsJust now

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम

जनकपुर । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो । त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान […] ...

मकालु खबर
विराटनगरले गुमायो पहिलो विकेट
Latest NewsJust now

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौँ । विराटगर किंग्सले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट गुमाएको हो । लोकेश बम १७ बलमा १५... ...

रातोपाटी
ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?
Latest NewsJust now

ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरि दुई भागमा विभाजित भएको बताए। उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए। प्रहरीसँगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमे... ...

नेपालखबर
बर्दियामा सवारी दुर्घटनामा दुईको मृत्यु, १५ जना घाइते
Latest NewsJust now

बर्दियामा सवारी दुर्घटनामा दुईको मृत्यु, १५ जना घाइते

यज्ञप्रसाद सापकोटाबर्दिया, कार्तिक २८ गते । बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को मि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play