अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

काठमाडौँ। अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा नेपालका तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए। उनका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, प्रकृतिमा आधारित समाधानको प्रवद्र्धन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ। उक्त परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता तथा पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिनेछ। बैठकले स्वीकृत गरेको अर्को परियोजना अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ हो। उक्त परियोजनाको ३० करोड अमेरिकी डलर प्रस्तावित बजेटसहित पूर्व–अवधारणापत्र स्वीकृत भएको हो। त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट)ले कार्यान्वयन गर्ने लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजनाको करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ। यसैबीच भोटेकोशी क्षेत्रमा विपद्पछिको व्यवस्थापन, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्त परिचालन गर्ने विषय आगामी बोर्ड बैठकमा छलफल हुने जनाइएको छ। बैठकमा समय अभावका कारण उक्त विषयमा निर्णय हुन नसकेपछि आगामी वैशाखमा हुने बोर्ड बैठकमा छलफल तथा निर्णयका लागि एजेन्डा स्वीकृत गरिएको जनाइएको छ। उक्त पहलले भोटेकोशी विपद्बाट प्रभावित समुदायको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्। बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्। अस्पताल परिसरमा […] ...

देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो... ...

वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफेन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले आज सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गर्दै यसपटकको सिजनका लागि आफ्नो विदेशी खेलाडीको रूपमा रदरफोर्डलाई भित्र्याएको जानकारी दिएको हो । बायाँहाते मध्यक्रमका ब्याटर रदरफोर्ड टि–२० क्रिकेटमा आफ्नो निर्भीक र आक्रामक ब्याटिङ तथा उत्कृष्ट फिनिसिङ क्षमताका लागि परिचित छन् ...

लोमन्थाङमा फुलेको फापरले जनजीवन मनमोहक
हरिकृष्ण शर्मामुस्ताङ, कात्तिक ७ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ स्थित खेतबारीमा फुलेको फापरले जनजीवन मनमोहक बनाएको छ । मुस्ताङको रैथाने खाद्यबाली फापर समुन्द्री सतहको... ...


