अनरको एक्स सिरिजअन्तर्गत अनर एक्स९ई एस सार्वजनिक

अनरको एक्स सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन अनर एक्स९ई एस आधिकारिक रूपमा सार्वजनिक भएको छ। ८ जीबी र्याम र २५६ जीबी क्षमता भएको यो फोनको सुरुवाती मूल्य १ हजार ४९९ साउदी रियाल (४०० अमेरिकी डलर) तोकिएको छ। यो स्मार्टफोन हेर्दा पहिले सार्वजनिक भएको जस्तै देखिन सक्छ। यसको कारण अनर एक्स९ई एस गत अगस्टमा सार्वजनिक भएको अनर टर्बोको नामकरण गरिएको संस्करण हो। यो स्मार्टफोन दवान ओरेन्ज, मिडनाइट ब्ल्याक र ग्लेसियर ह्वाइट गरी तीन रङमा उपलब्ध रहेको छ। स्मार्टफोनमा ६.७९ इन्चको एमोलेड डिस्प्ले रहेको छ। यसमा क्वालकमको स्न्यापड्रागन ६ जेन ४ प्राेसेसर प्रयोग गरिएको छ। फोटो खिच्नका लागि फोनको पछिल्लो भागमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स राखिएको छ। टेलिग्राफका अनुसार, सफ्टवेयरतर्फ स्मार्टफोनमा एन्ड्रोइड १६ मा आधारित म्याजिक ओएस १० रहेको छ। यसमा ८ हजार ५६० मिलियम्प आवोर क्षमताको ब्याट्री रहेको छ जसले ८० वाटको चार्जिङलाई समर्थन गर्छ। The post अनरको एक्स सिरिजअन्तर्गत अनर एक्स९ई एस सार्वजनिक appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपा एपमा नयाँ अपडेट: नेपाली ओसीआर, अस्पतालको खाली बेड र वाटर रिमाइन्डर सुविधाहरू थपिए
१५ कात्तिक, काठमाडौं। नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा नेपा एपको नयाँ अपडेटमा नेपाली ओसीआर, अस्पतालको खाली बेड, ब्लड बैंक, वाटर रिमाइन्डर, तरकारी तथा इन्धनको मूल्य र लोकसेवाका सूचनालगायत दैनिक जीवनका उपयोगी डिजिटल सेवाहरू समेटिएका छन्। नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल […] The post नेपा एपमा ...

निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा ‘एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो। तालिममा च्याटजीपीटी, क्लोड लगायतका कृत्रिम बौद्धिकता (एआई) उपकरणको प्रभावकारी प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, तस्बिर र छोटा भिडियो निर्माण गर्ने ...

नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा
काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा तथा... ...

भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने
१५ कात्तिक, काठमाडौं। भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो। नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सामुदायिक विद्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म […] The post भोलिदेखि ...


