Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने
Photo / Coverage: टेक्नोलोजी खबर

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा ‘एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो। तालिममा च्याटजीपीटी, क्लोड लगायतका कृत्रिम बौद्धिकता (एआई) उपकरणको प्रभावकारी प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, तस्बिर र छोटा भिडियो निर्माण गर्ने सीप सिकाइनेछ। त्यस्तै, एआईबाट प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकाबारे पनि प्रशिक्षण दिइने प्रतिष्ठानले जनाएको छ। आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुने तालिम अनलाइन माध्यमबाट निःशुल्क प्रदान गरिनेछ। तालिम बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म सञ्चालन हुनेछ। तालिमका लागि चारवटा सेसन निर्धारण गरिएको छ। प्रत्येक सेसनमा अधिकतम ५०० जनालाई सहभागी गराइनेछ भने कुल २ हजार जनालाई तालिम दिने लक्ष्य राखिएको छ। प्रत्येक सहभागीलाई एउटा सेसनमा मात्र समावेश गरिने सूचनामा उल्लेख छ। The post निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डीपसिकले एकैसाथ धेरै कार्यहरू सम्हाल्न र कार्यक्षमता बढाउन सार्वजनिक गर्यो ‘सुपर-एजेन्ट’ डिजाइन
TechnologyJust now

डीपसिकले एकैसाथ धेरै कार्यहरू सम्हाल्न र कार्यक्षमता बढाउन सार्वजनिक गर्यो ‘सुपर-एजेन्ट’ डिजाइन

चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी डीपसिकले “सुपर एजेन्ट” नामक नयाँ प्रणाली संरचनाको अनावरण गरेको छ, जुन एआई एजेन्टहरूलाई एकैसाथ धेरै कार्यहरू ह्यान्डल गर्न र न्यून मानव हस्तक्षेपमा निरन्तर सञ्चालन गर्न सक्षम बनाउन डिजाइन गरिएको हो । चीनको एआई उद्योगले मोडेल प्रदर्शनबाट वास्तविक-विश्वमा अनुप्रयोगहरू र प्रणाली विश्वसनीयतामा ध्यान केन्द्रित गर्दैछ। शनिबार प्रकाशित एक लेखमा, डीपसिक हार्नेस टोलीले भनेअनुसार, एआई मोडेलहरू व्यक्तिगत कार्यहरू ...

टेक्नोलोजी खबर
Foton Motors hands over 14 TM1 Electric Pickup Vehicles to Bhat-Bhateni Supermarket
TechnologyJust now

Foton Motors hands over 14 TM1 Electric Pickup Vehicles to Bhat-Bhateni Supermarket

Foton Motors Nepal has handed over 14 Foton TM1 electric commercial vehicles to Bhat-Bhateni Supermarket, marking another step towards the expansion of electric mobility in Nepal. Operating under MAW Vridhi Commercial Vehicles Pvt. Ltd., Foton Motors Nepal conducted the handover as part of its commitment to promoting the wider adoption of electric vehicles in the country. The handover ceremony, organized under the ...

टेक्नोलोजी खबर
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TechnologyJust now

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ। कम्पनीका अनुसार फोटोन टिएम१ ...

टेक्नोलोजी खबर
नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन
TechnologyJust now

नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न भएको छ। प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेक क्षेत्रमा भइरहेका नवीनतम आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै उनले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play