अति संवेदनशील यी चार हिमतालको सतह घटाउने सरकारको तयारी

काठमाडौं । सरकारले जलवायु परिवर्तनका कारण अति जोखिममा रहेका चारवटा प्रमुख हिमतालहरूको जल सतह घटाउने तयारी तीव्र पारेको छ। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत हालै स्थापित जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको स्वेत पत्र अनुसार मुलुकमा सम्भावित हिमताल विस्फोटनको जोखिमलाई मध्यनजर गर्दै यो दूरगामी योजना अगाडि बढाइएको हो। केन्द्रको योजना अनुसार ‘ग्लोफ संजीवनी आयोजना’ मार्फत देशका अति संवेदनशील मानिएका मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु– २ हिमतालको हिमतालको जल सतह घटाइनेछ। आगामी सन् २०२६ देखि सन् २०३३ सम्म सञ्चालन हुने यस सातवर्षे आयोजनाका लागि कुल ४९.९ मिलियन अमेरिकी डलर बजेट विनियोजन गरिएको छ, जसमध्ये २० मिलियन डलर जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत खर्च हुनेछ। यस आयोजनाले हिमताल विस्फोटनबाट तटीय क्षेत्रमा हुन सक्ने अपूरणीय धनजनको क्षतिलाई रोक्न ठूलो टेवा पुर्याउने विश्वास लिइएको छ। पछिल्लो समय नेपालका हिमाली नदी प्रणाली तथा हिमतालहरूमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्दै गएको छ । यसै वास्तविकतालाई दृष्टिगत गर्दै सरकारले जलस्रोतको वैज्ञानिक अध्ययन, अनुसन्धान र अनुगमनका लागि देशैभरि स्वचालित तथा म्यानुअल केन्द्रहरूको सञ्जाल विस्तार गरेको छ। विभागको श्वेतपत्र मस्यौदाअनुसार मौसम पूर्वानुमानको शुद्धता र विश्वसनीयता बढाउन एआई, मेसिन लर्निङ (एमएल) र उच्च क्षमताको कम्प्युटिङ प्रणाली (एचपीसी) को प्रयोगलाई प्राथमिकता दिइनेछ । यसका साथै देशभर रहेका ५०३ म्यानुअल मौसम केन्द्रहरूलाई क्रमशः स्वचालित मापन केन्द्र (एडब्लुएस) मा स्तरोन्नति गरिनेछ । सुर्खेत, पाल्पा र उदयपुरमा रहेका मौसमी राडारको मर्मतसम्भारका साथै काठमाडौं उपत्यकाका लागि एक्स–बण्ड राडार जडानको प्रस्ताव गरिएको छ । माथिल्लो वायुमण्डलको अवस्था अध्ययन गर्न थप ६ प्रदेशमा रेडियोसोन्डे केन्द्रहरू स्थापना गरिनेछ । ११५५ टोल फ्री सेवा, मोबाइल एप, सामाजिक सञ्जाल र अडियोभिजुअल ब्रिफिङमार्फत पूर्वसूचना तल्लो र तटीय क्षेत्रका समुदायसम्म पुर्याइनेछ । यसैक्रममा नदी बहावको नियमित मापन, ३६५ दिन नै सञ्चालन हुने नदी प्रवाह पूर्वानुमान, तथा जेठदेखि असोज मसान्तसम्म २४ घण्टा प्रभावित क्षेत्रमा बाढी पूर्वसूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी बनाइएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ... ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् । नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका ३ वटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो । […] ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी... ...

पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्यले छोयो आकाश
पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढेको छ। ...


