Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अटो दुर्घटनामा ६ जना घाइते, एकको अवस्था गम्भीर

अटो दुर्घटनामा ६ जना घाइते, एकको अवस्था गम्भीर

Share:WhatsAppFacebookX (Twitter)Telegram
अटो दुर्घटनामा ६ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा । स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । प्रहरीले सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ । बल्घाबाट कटौजेतर्फ गइरहेको लु प्र ०१००१ ह २४४४ नम्बरका अटोमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ । अटो अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आणविक ऊर्जा विशेषज्ञता विकास गर्दै सिङ्गापुर
ताजा खबरJust now

आणविक ऊर्जा विशेषज्ञता विकास गर्दै सिङ्गापुर

काठमाडाैँ। सिङ्गापुरले ऊर्जा उत्पादनका लागि उन्नत आणविक प्रविधिको उपयुक्तता मूल्याङ्कन गर्दै यस क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न जनशक्ति विकाससम्बन्धी तीन योजना सुरु गरेको छ। सिङ्गापुरको ऊर्जा, व्यापार तथा उद्योग मन्त्रालय र... ...

रातोपाटी
गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
ताजा खबरJust now

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

रमेश विश्वकर्मागुल्मी, कात्तिक ९ गते। गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्ड... ...

गोरखापत्र
गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु
ताजा खबरJust now

गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु

• गुल्मीमा स्कारपियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। • दुर्घटना सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ मा भएको हो। • मृतकमा स्कारपियो चालक र अन्य चार जना स्थानीय बासिन्दा रहेका छन्। ...

नेपालबहस
खाद्यद्वारा २७ लाख ३५ हजारको चिनी बिक्री
ताजा खबरJust now

खाद्यद्वारा २७ लाख ३५ हजारको चिनी बिक्री

चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्न सुरु गरेको दुई सातामै सत्ताइस लाख रुपियाँ बढीको चिनी बिक्री गरेको छ । खा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play