Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अझै पनि ८ घण्टा पैदल हिँडेर पार्टीको काम गर्ने कार्यकर्ता छन् !

Share:WhatsAppFacebookX (Twitter)Telegram
अझै पनि ८ घण्टा पैदल हिँडेर पार्टीको काम गर्ने कार्यकर्ता छन् !
Photo / Coverage: जनताटाइम्स

किनकि पार्टी बलियो हुने बाटो नेताको पदबाट होइन, कार्यकर्ताको मनसम्म पुग्ने यात्राबाट सुरु हुन्छ । कार्यकर्ताको मन जनताको मनमा पुग्छ डा. टीका ढकाल कहिलेकाहीँ एउटा यात्राले सयौँ भाषणभन्दा गहिरो सन्देश दिन्छ । कहिलेकाहीँ बाटोमा भेटिएको एउटा सामान्य कार्यकर्ताको अभिव्यक्तिले पार्टी, नेतृत्व र आन्दोलनबारे गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाउँछ । मेरो पछिल्लो गिम्दी यात्राले यस्तै अविस्मरणीय अनुभूति र गहिरो सन्देश दिएको छ । नेकपा एमाले बागमती गाउँपालिका कमिटीको इञ्चार्जको जिम्मेवारीमा रहेर ललितपुरको बागमती गाउँपालिका वडा नं. ७, गिम्दीमा वडा अधिवेशन सम्पन्न गराउन पुग्दाको अनुभव मेरो स्मृतिमा लामो समयसम्म रहिरहनेछ । ललितपुर सदरमुकामबाट सबैभन्दा टाढा पर्ने गिम्दीसम्म पुग्न आज पनि सहज छैन । कच्ची सडक, उकालो–ओरालो र कठिन भौगोलिक अवस्थालाई पार गर्दै त्यहाँ पुग्नुपर्छ । यात्राका अनेक असहजता र थकानलाई सामान्य मानेरै गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता छ । अधिवेशन सम्पन्न गरेर फर्किंदा झन्डै १२ घण्टा बितिसकेको थियो । स्थानीय साथीहरूका अनुसार पार्टीको इतिहासमा यति छोटो समयमा अधिवेशन सम्पन्न भएको यो पहिलो अनुभव रहेछ । तर यो यात्राको सबैभन्दा महत्वपूर्ण उपलब्धि अधिवेशन समयमै सम्पन्न हुनु मात्र थिएन । त्यहाँका कार्यकर्ताको पार्टीप्रतिको निष्ठा, उत्साह, समर्पण र अटुट विश्वासलाई नजिकबाट अनुभूत गर्न पाउनु थियो । गिम्दी पुग्दा अभाव र कठिनाइका बीच पनि कार्यकर्ताको अनुहारमा देखिएको उत्साहले मन गर्वले भरियो । उनीहरूसँग सुविधा थिएन, सहजता थिएन, तर पार्टीप्रतिको आत्मीयता र विचारप्रतिको प्रतिबद्धतामा कुनै कमी थिएन । कठिन भूगोल र सीमित साधनस्रोतका बीच पनि उनीहरू संगठन निर्माणमा निरन्तर खटिरहेका थिए । तर फर्किने क्रममा एउटा घटनाले मेरो मनलाई झनै गहिरोसँग छोयो । एक जना कार्यकर्ता चार घण्टा पैदल हिँडेर वडा अधिवेशनमा सहभागी हुन आउनुभएको रहेछ । अधिवेशन सम्पन्न भएपछि उहाँ फेरि चार घण्टा पैदल हिँडेरै घर फर्किंदै हुनुहुन्थ्यो । अर्थात्, पार्टीको एउटा संगठनात्मक कार्यक्रममा सहभागी हुन उहाँले आफ्नो जीवनका आठ घण्टा पैदल यात्रामा समर्पित गर्नुभएको थियो । हामीसँग बिदा हुने क्रममा उहाँले भन्नुभयो, ‘हामी यहाँ यति दुःख गरेर पार्टीका लागि काम गर्छौं, माथि–माथि तपाईंहरू राम्रो गर्नुहोस् ।’ उहाँका यी सामान्य शब्दभित्र असाधारण भावना लुकेको थियो । त्यसमा गुनासोभन्दा अपेक्षा बढी थियो, निराशाभन्दा सुधारको चाहना बढी थियो र आलोचनाभन्दा नेतृत्वप्रतिको भरोसा बढी थियो । उहाँको भनाइको अन्तर्य स्पष्ट थियो–हामी आफ्नो ठाउँबाट पार्टीका लागि दुःख गरिरहेका छौं, पसिना बगाइरहेका छौं, संगठन जोगाइरहेका छौं, अब नेतृत्वले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरोस् । उहाँहरूमा नेकपा एमालेले नै देश बनाउन सक्छ भन्ने विश्वास अझै जीवित थियो । तर त्यो विश्वासलाई व्यवहारमा प्रमाणित गर्ने जिम्मेवारी नेतृत्वको हो भन्ने अपेक्षा पनि उत्तिकै प्रबल थियो । कार्यकर्ताको निष्ठा बाँकी छ, नेतृत्वले विश्वास जोगाउन सक्नुपर्छ गिम्दीका साथीहरूसँगको कुराकानीमा अर्को गम्भीर विषय पनि उठ्यो । उनीहरूले राजनीतिमा लामो समयदेखि देखिँदै आएको एउटा प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । चुनावका बेला जनताको घरदैलोमा पुग्ने, अनेक आश्वासन बाँड्ने र चुनाव जितेपछि जनताबाट टाढिने रोग नयाँ राजनीतिक शक्तिका प्रतिनिधिहरूमा पनि देखिन थालेको उनीहरूको गुनासो थियो ।जनतालाई चुनावका बेला गरिने भाषण र आश्वासन मात्र चाहिएको छैन । उनीहरूलाई दुःख–सुखमा साथ दिने, समस्या सुन्ने, बिरामी पर्दा खबर लिने र अप्ठ्यारोमा सहयोगका लागि उभिने नेतृत्व चाहिएको छ । गिम्दीका साथीहरूको अनुभवमा गाउँमा कसैलाई समस्या पर्दा स्थानीय एमालेका कार्यकर्ता नै सबैभन्दा पहिले साथमा उभिने गरेका छन् । यही आत्मीयता, यही सामाजिक सम्बन्ध र यही सेवाभावले पार्टीलाई जनताको बीचमा जीवित राखेको छ । यसले मलाई एउटा महत्वपूर्ण निष्कर्षमा पुर्यायो–नेकपा एमालेको वास्तविक शक्ति उसका नेता, पद र प्रतिष्ठामा मात्र होइन, गाउँका कुनाकाप्चामा कठिनाइ सहेर पनि विचारको झन्डा उठाइरहेका निष्ठावान् कार्यकर्तामा छ । पार्टीका लागि बाटो नहेरी हिँड्ने, व्यक्तिगत स्वार्थभन्दा सामूहिक उद्देश्यलाई माथि राख्ने र जिम्मेवारी पाए पनि नपाए पनि संगठनका लागि खटिरहने कार्यकर्ताहरू नै एमालेका वास्तविक सम्पत्ति हुन् । तर विगतको योगदानले वर्तमानका कमजोरी ढाक्न मिल्दैन । कार्यकर्ताको त्यागको इतिहास सुनाएर मात्र वर्तमानको जिम्मेवारी पूरा हुँदैन । उनीहरूको निष्ठाको सम्मान भाषणबाट होइन, व्यवहारबाट हुनुपर्छ । त्यसैले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ । जनतासँगको सम्बन्ध, नेतृत्वको कार्यशैली, जिम्मेवारी वितरण, निर्णय प्रक्रिया, सामूहिकता र जवाफदेहितामा सुधार अपरिहार्य छ । कार्यकर्ताको आवाज सुनिनुपर्छ । योग्यताको सम्मान हुनुपर्छ । योगदानको उचित मूल्याङ्कन हुनुपर्छ । जिम्मेवारी वितरणमा न्याय र पारदर्शिता हुनुपर्छ । निर्णय प्रक्रियामा सामूहिकता स्थापित हुनुपर्छ । जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्नुपर्छ ।सुधारको अभियान अरूलाई दोष दिएर होइन, आफू जहाँ छौँ त्यहीँबाट सुरु हुनुपर्छ । पद होइन, योगदानको सम्मान चाहिएको छ गिम्दीका कार्यकर्तामा मैले अर्को महत्वपूर्ण विशेषता पनि देखेँ । उनीहरूमा पद र प्रतिष्ठाप्रतिको अस्वाभाविक लालसा थिएन । बरु पार्टी निर्माणमा आफूले गरेको योगदानको पहिचान होस्, आफ्नो श्रम र समर्पणको उचित मूल्याङ्कन होस् र संगठन निर्माणमा आफ्नो सहभागिता अर्थपूर्ण बनोस् भन्ने चाहना थियो । उनीहरू जिम्मेवारी पाएपछि मात्र काम गर्ने होइनन् । जिम्मेवारी नपाए पनि पार्टी र जनताका लागि निरन्तर खटिन तयार छन् । उनीहरूको चाहना पद होइन, योगदानको सम्मान हो; व्यक्तिगत प्रतिष्ठा होइन, संगठन निर्माणमा अर्थपूर्ण सहभागिता हो । वास्तवमा पार्टीको जग यस्तै कार्यकर्ताले बलियो बनाउँछन् । उनीहरूका लागि राजनीति जागिर होइन, जीवनको एउटा उद्देश्य हो । पार्टी केवल संगठन होइन, विचार र विश्वासको साझा चौतारी हो । पार्टीको झन्डा केवल कपडाको टुक्रा होइन, वर्षौंको संघर्ष, त्याग र सपनाको प्रतीक हो । यस्ता कार्यकर्तालाई बेवास्ता गरेर कुनै पनि पार्टी बलियो बन्न सक्दैन । उनीहरूको निष्ठालाई स्वाभाविक ठानेर नेतृत्वले आफ्नो जिम्मेवारीबाट पन्छिन पनि मिल्दैन । पार्टीका लागि कार्यकर्ताले समय दिएका छन्, श्रम दिएका छन्, पसिना बगाएका छन् र आवश्यक पर्दा व्यक्तिगत जीवनका अनेक सुविधा त्यागेका छन् । अब पार्टीले उनीहरूलाई सुन्ने, बुझ्ने र सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । सम्भावना ठूलो छ, आत्मसमीक्षा अनिवार्य छ नेकपा एमालेसँग देशको समृद्धि, सुशासन र सामाजिक रूपान्तरणका लागि स्पष्ट विचार, लामो राजनीतिक अनुभव, स्थापित नीति, प्रशिक्षित जनशक्ति र देशव्यापी संगठनात्मक क्षमता छ । नेपाली समाजको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले देश निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने क्षमता र सम्भावना नेकपा एमालेसँग छ भन्ने विश्वास पार्टीका कार्यकर्तामा देखिन्छ । उनीहरूका लागि एमाले केवल एउटा राजनीतिक दल होइन, देशको भविष्यसँग जोडिएको भरोसा पनि हो । तर इतिहासको योगदान भविष्यको सफलताको स्वतः ग्यारेन्टी होइन । विगतमा गरेको कामको गौरवसँगै वर्तमानका कमजोरी स्वीकार गर्ने साहस पनि नेतृत्वमा हुनुपर्छ । अरू राजनीतिक शक्तिका कमजोरी देखाएर मात्र एमालेको श्रेष्ठता स्थापित हुँदैन । आफ्ना नीति र कार्यक्रम जनताले बुझ्ने भाषामा बुझाउन सक्नुपर्छ । जनताका वास्तविक समस्या समाधान गर्न सक्नुपर्छ । नेतृत्वको आचरण र व्यवहार पार्टीले बोकेको विचारअनुकूल हुनुपर्छ । हामीले पार्टी निर्माणको आन्दोलन किन सुरु गरेका थियौं ? हाम्रो राजनीतिक संघर्षको उद्देश्य के थियो ? समाजका कमजोर, उत्पीडित र अवसरबाट वञ्चित नागरिकको जीवनमा परिवर्तन ल्याउन हामीले के गर्नुपर्ने थियो ? यी प्रश्नको उत्तर स्पष्ट नभएसम्म नेतृत्वको अर्थ र राजनीतिको उद्देश्य पनि स्पष्ट हुन सक्दैन । आफ्नो पदको सुरक्षा मात्र खोज्ने व्यक्ति नेता हुन सक्दैन । नेतृत्व भनेको जिम्मेवारी हो, त्याग हो र अरूको विश्वासको सम्मान गर्ने क्षमता हो । आज एमालेले आवश्यक ठानेको सुधार केवल संगठनात्मक पुनर्संरचना होइन, राजनीतिक संस्कारको रूपान्तरण पनि हो । योग्यताको सम्मान, सामूहिक नेतृत्व, जवाफदेहिता, पारदर्शिता र जनतासँगको निरन्तर सम्बन्धलाई संगठनको जीवनशैली बनाउनुपर्छ । आठ घण्टा हिँड्ने कार्यकर्ता छन्, के नेतृत्वले ८ मिनेट दिन सक्छ ? गिम्दीबाट फर्किंदै गर्दा एउटा प्रश्नले मेरो मनमा निरन्तर ठाउँ ओगटिरह्यो । पार्टीका लागि आठ घण्टा पैदल हिँड्न सक्ने कार्यकर्ता छन्, के उनीहरूको मनसम्म पुग्न नेतृत्वले आठ मिनेट समय निकाल्न सकेको छ ? यो प्रश्न केवल केन्द्रीय नेतृत्वका लागि होइन । यो हामी सबैका लागि हो । केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म जिम्मेवारीमा रहेका प्रत्येक नेता तथा कार्यकर्ताले आफैँलाई सोध्नुपर्ने प्रश्न हो । हामीले कार्यकर्ताको घरदैलोमा पुगेर उनीहरूको दुःख सुनेका छौं ? उनीहरूको योगदानको सम्मान गरेका छौं ? उनीहरूका समस्या समाधान गर्न कति समय दिएका छौं ? संगठनमा योगदान गर्ने मानिसलाई कति अवसर दिएका छौं ? जिम्मेवारी नपाएका तर निरन्तर खटिरहेका कार्यकर्ताको मनोभावना बुझ्न सकेका छौं ? समीक्षा यहीँबाट सुरु गर्नुपर्छ । दोष जति नेतृत्वलाई दिएर आफू उम्किनु पनि उचित होइन । संगठनको हरेक तहमा जिम्मेवारीमा रहेका हामी सबैले आफ्नो भूमिका र कमजोरीको समीक्षा गर्नुपर्छ । सुधारको सुरुवात अरूबाट होइन, आफैँबाट हुनुपर्छ । हाम्रो आन्दोलन केका लागि थियो भन्ने कुरा स्पष्ट भएको व्यक्ति मात्र वास्तविक अर्थमा नेता हुन सक्छ । पद प्राप्त गर्नु नेतृत्व होइन, जिम्मेवारीप्रति इमानदार हुनु नेतृत्व हो । कार्यकर्ताको विश्वास जित्नु नेतृत्व हो र जनताको दुःखमा साथ दिनु राजनीतिको वास्तविक सार हो । पार्टीको वास्तविक शक्ति नेताको पदमा होइन, कार्यकर्ताको विश्वासमा हुन्छ । कार्यकर्ताको मन जित्न सके जनताको मन जित्न सकिन्छ । जनताको मन जित्न सके मात्र राजनीतिक उद्देश्य पूरा गर्न सकिन्छ । त्यसैले आजको आवश्यकता आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा हो, मुल नेतृत्वबिरुद्ध घेरावन्दी र गुटबन्दी होइन, सामूहिकता हो, भाषण होइन, व्यवहारमा देखिने सुधार हो । निष्ठा मरेको छैन, आशा अझै जीवित छ गिम्दीका कार्यकर्ताको आँखामा मैले निराशाको अन्तिम बिन्दु देखिनँ । बरु सुधारको अपेक्षासहित बाँचेको आशा देखेँ । उनीहरू पार्टी छोड्न चाहँदैनन्, पार्टी सुध्रिएको हेर्न चाहन्छन् । उनीहरू नेतृत्वसँग विमुख हुन चाहँदैनन्, नेतृत्व जनताको नजिक पुगेको देख्न चाहन्छन् । उनीहरूको विश्वास छ-नेकपा एमालेले आफ्ना कमजोरी सच्याउन सक्यो, कार्यकर्ताको योगदानको सम्मान गर्न सक्यो र जनताको अपेक्षाअनुसार काम गर्न सक्यो भने फेरि जनताको भरोसायोग्य शक्ति बन्न सक्छ । जनताको मनमनमा पुनः स्थापित हुन सक्छ । हामी कार्यकर्ता थाकेका छैनौं । हाम्रो निष्ठा मरेको छैन । हाम्रो संकल्प कमजोर भएको छैन । हामी आफ्नै ठाउँबाट संगठन निर्माण गर्न, जनताको बीचमा उभिन र पार्टीको विचार तथा कार्यक्रमलाई समाजमा स्थापित गर्न तयार छौं । अब नेतृत्वले पनि कार्यकर्ताको त्याग र समर्पणलाई सम्मान गर्दै नयाँ ऊर्जा, नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्छ । अरूले सपना बाँड्न सक्छन्, तर सपना साकार पार्न स्पष्ट विचार, अनुभव, संगठनात्मक क्षमता र इमानदार कार्यान्वयन चाहिन्छ । यी सम्भावना एमालेसँग छन् । अब आफ्ना कमजोरी सच्याएर जनताको विश्वास पुनः आर्जन गर्ने अठोट आवश्यक छ ।गिम्दीको त्यो यात्राले मलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही हो–पार्टीप्रतिको निष्ठा भाषणले होइन, व्यवहारले मापन हुन्छ । नेतृत्वको उचाइ पदले होइन, उसले कति कार्यकर्ताको मनमा स्थान बनाउन सकेको छ भन्ने कुराले निर्धारण गर्छ । पार्टीका लागि आठ घण्टा हिँड्ने कार्यकर्ता छन् । अब नेतृत्वले उनीहरूको मनसम्म पुग्न आठ मिनेट निकाल्न सक्नुपर्छ । त्यस दिन मात्र कार्यकर्ताको त्यागको वास्तविक सम्मान हुनेछ । त्यस दिन मात्र संगठनको जग अझ बलियो हुनेछ । र त्यस दिन मात्र एमालेले कार्यकर्ताको निष्ठालाई जनताको विश्वासमा रूपान्तरण गर्न सक्नेछ । गिम्दीबाट फर्किंदा मेरो मनमा एउटा विश्वास अझ गहिरो भएको छ–नेकपा एमालेको शक्ति अझै जीवित छ । त्यो शक्ति गाउँका ती निष्ठावान् कार्यकर्ताको पसिनामा छ, उनीहरूको समर्पणमा छ र उनीहरूको आँखामा बाँकी रहेको आशामा छ । अब त्यो आशालाई निराशामा बदलिन नदिने जिम्मेवारी हाम्रो हो । आउनुहोस्, कार्यकर्ताको त्यागलाई सम्मान गरौं, कमजोरी स्वीकार गरौं, आफूबाटै सुधार सुरु गरौं र जनताको विश्वास पुनः आर्जन गर्ने अभियानमा एकताबद्ध भएर अघि बढौं । किनकि पार्टी बलियो हुने बाटो नेताको पदबाट होइन, कार्यकर्ताको मनसम्म पुग्ने यात्राबाट सुरु हुन्छ । कार्यकर्ताको मन जनताको मनमा पुग्छ । जस्ले नयाँका नाममा अव गल्ती गर्न सक्दैनन । यही नै सत्य हो । यसतर्फ सवैले आजै, अहिलेबाट नै सोच्ने कि ?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ककाकिकीको ट्रेलर रिलिजमा नौटंकी : प्रचार भन्दै कलाकारलाई प्रहरी लगाएर पक्राउ !
PoliticsJust now

ककाकिकीको ट्रेलर रिलिजमा नौटंकी : प्रचार भन्दै कलाकारलाई प्रहरी लगाएर पक्राउ !

चलचित्रको प्रचार कसरी गर्ने ? दर्शकको ध्यान कसरी तान्ने ? र आफ्नो चलचित्रलाई चर्चामा कसरी ल्याउने ? नेपाली चलचित्रकर्मीका लागि यी प्रश्न सधैँ चुनौतीपूर्ण छन् । तर प्रचारका नाममा जे पनि गर्न पाइन्छ ? चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा देखाइएको एउटा दृश्यले नेपाली चलचित्रको प्रचार शैलीमाथि नै प्रश्न उठाएको छ । शनिबार आयोजित चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा एकाएक प्रहरी प्रवेश गरे ...

फरकधार
महत्त्वपूर्ण खेलमा विराटनगरले लुम्बिनीलाई दियो १ सय ६७ रनको लक्ष्य
PoliticsJust now

महत्त्वपूर्ण खेलमा विराटनगरले लुम्बिनीलाई दियो १ सय ६७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनायो । विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे ...

फरकधार
हामीलाई एक्लै पारेर हमला गरे, भित्री-बाहिरी शक्तिको आक्रमणबाट एमालेले धक्का बेहोर्यो : ओली
PoliticsJust now

हामीलाई एक्लै पारेर हमला गरे, भित्री-बाहिरी शक्तिको आक्रमणबाट एमालेले धक्का बेहोर्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले एमालेले विगतमा गरेका कामको समीक्षा गर्दा आफूहरूमाथि भएको आक्रमणलाई पनि बुझ्नुपर्ने बताए । उनले भने, ‘हामीले विगतका कामहरूको समीक्षा पनि गरेका छौँ । हामीमाथिको हमलाको एउटा कुरा ओझेलमा पर्ने गरेको छ । हामी ...

फरकधार
नेपालका थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए हुनेछ काइदा
PoliticsJust now

नेपालका थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए हुनेछ काइदा

विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अहिलेसम्म १४ मानिँदै आएको छ । तीमध्ये आठवटा नेपालमा छन् । तर, अब यो स्थापित संख्यामा परिवर्तन ल्याउने प्रयास नेपालले अघि बढाएको छ । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाली चुचुरालाई स्वतन्त्र शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल थालेको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत अघि बढाइएको प्रस्ताव सफल भए ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play