कांग्रेस सहमहामन्त्रीमा खस आर्यतर्फ मनोजमणि आचार्य विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतान्तरले पराजित गरे । केसीले २ हजार १९९ मत प्राप्त गर्दा अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत पाए । त्यस्तै, शुभराम बस्नेतले ५३५ मत प्राप्त गरेका छन् । खस आर्यतर्फ सहमहामन्त्री पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो । मतपरिणाममा आचार्य पहिलो, केसी दोस्रो, कोइराला तेस्रो र बस्नेत चौथो स्थानमा रहे । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

एसपी अंगुर जिसीले पाए शान्तिपूर्ण पुरस्कार
काठमाडौँ । प्रहरी उपरीक्षक अंगुर जिसीले शान्तिपूर्ण पुरस्कार प्राप्त गरेका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई पुरस्कार प्रदान... ...

९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्यै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी निर्वाचित हुनेमा थापा पक्षधरकै बाहुल्यता छ... ...

तातोपानी नाका खोल्न चीन अनिच्छुक, रसुवा र कोरला नाका प्राथमिकतामा
काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि नेपालले लामो समयदेखि अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न चिनियाँ पक्षसँग आग्रह गर्यो । तर, चीनले तातोपानी खोल्न तत्काल सहमति दिनुको सट्टा रसुवागढीलाई नै मुख्य व्यापारिक नाकाका रूपमा पुनः सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दियो । विकल्पका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाका पनि बाढी र पहिरोले अवरुद्ध भएपछि ...

गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा ६ जना निर्वाचित भएका छन्। खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। त्यसैगरी, महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ विजयी भएकी छन्। युवातर्फ ३५ वर्षमुनिको समूहमा सुभाष पौडेलले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सोही उमेर समूहको महिलातर्फ भने डा. कला ...


