इरानमाथि पुनः आक्रमण भए ‘मदर अफ अल बम्स’ प्रयोग गर्ने विकल्पमा अमेरिका

अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ। सिएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु भएमा उक्त बम प्रयोग गर्ने विकल्पमाथि विचार भइरहेको छ। इरानसँगको जारी द्वन्द्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक खड्का पक्राउ
मलेसिया जाने नेपाली कामदारसँग तोकिएभन्दा बढी रकम असुलेर सिन्डिकेट सञ्चालन गरेको आरोपमा कैलाश खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो । उनी मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक हुन् । सीआईबीका एक अधिकारीका अनुसार मलेसियामा रोजगारीका लागि जाने कामदारमाथि अतिरिक्त आर्थिक भार पर्ने गरी रकम असुलिएको विषयमा खड्कामाथि अनुसन्धान भइरहेको थियो ...

अफताब आलमका छोरा फिरदोश आलम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित
नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । निर्वाचनमा ३ हजार ३४७ मत प्राप्त गर्दै आलम सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गरे भने अतहर कमाल मुसलमान ५५७ मतसहित तेस्रो भए । निर्वाचित फिरदोश पूर्वमन्त्री अफताब आलमका छोरा हुन् । यसैगरी, कांग्रेसको केन्द्रीय सदस्य (मुस्लिम) तर्फ डा. अताबुल मंसुरी, ...

दसैँको उत्साह बोकेर गाउँ फर्किँनेहरू
दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । वर्ष दिनपछि परिवारसँग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका–जमरा लगाउने र आफन्तसँग खुसी साटासाट गर्ने आशासहित धेरैजना आफ्नो गाउँ फर्किरहेका छन् । तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँगी र पारिवारिक जिम्मेवारीका कारण कतिपयका लागि दसैँ ...

‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ एकैसाथ सार्वजनिक
अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ । लेखकद्धयले शनिबार कोलोराडोस्थित एक पोडकाष्टमा दुई कृतिको विमोचन गरेका हुन् । अमेरिकाको व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै लेखक आफैँले आ–आफ्नो कृतिको विमोचन गरेका हुन् । विमोचनको यो नयाँ अभ्यास पनि मानिएको छ । लेखक राईले ‘फर्कनुछ देश’मा नयाँ पुराना ३३ वटा ...

