युक्रेनमा स्टारलिंकको सर्जिकल स्ट्राइक

काठमाडौं । युक्रेनी सेनाले प्रयोग गर्दै आएको स्टारलिंक र सैन्य प्रयोजनको स्टारसिल्ड उपग्रह इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको विषयलाई लिएर अमेरिकामा विवाद चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको इन्टरनेट पहुँच सीमित गर्ने आदेश आफूले नदिएको बताएका छन् । स्पेसएक्सका प्रमुख एलन मस्कले भने स्टारसिल्ड प्रणालीको स्वामित्व र नियन्त्रण अमेरिकी सरकारसँग रहेको बताएका छन् । समाचार संस्था सीएनबीसीका अनुसार पूर्वसूचनाबिना इन्टरनेट सम्पर्क सीमित गरिँदा युक्रेनी सेनाका केही सैन्य अभियान प्रभावित भएका छन्। यसबाट ड्रोन सञ्चालन, निगरानी र सैन्य सूचनाको आदानप्रदानमा समेत असर परेको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले प्रतिबन्धबारे सेनालाई पूर्वजानकारी नदिइएको र यसका कारण केही सैन्य अभियान असफल भएको बताएका छन् । यस घटनापछि पोल्याण्डका उपप्रधानमन्त्रीले पनि मस्कको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले प्रविधिको प्रयोग राजनीतिक उद्देश्यका लागि भइरहेको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । तर प्रतिबन्ध कसले लगाएको हो र यसको वास्तविक दायरा कति हो भन्ने विषय अझै स्पष्ट भएको छैन । The post युक्रेनमा स्टारलिंकको सर्जिकल स्ट्राइक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


