Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हाम्रो कदसँग जोडिएको रहस्य : केही पुस्तामै कसरी घटबढ भयो मानिसको उचाइ

हाम्रो कदसँग जोडिएको रहस्य : केही पुस्तामै कसरी घटबढ भयो मानिसको उचाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
हाम्रो कदसँग जोडिएको रहस्य : केही पुस्तामै कसरी घटबढ भयो मानिसको उचाइ

tetyanka, NGUYEN THI NHI, Klaus Vedfelt, George Marks via Getty Images तपाईँ आफ्ना हजुरबुवा वा हजुरआमाको तुलनामा कति अग्लो हुनुहुन्छ? सम्भवतः तपाईँ सजिलै थाहा पाउन सकिने गरी अग्लो हुनुहुन्छ।अनुसन्धानमूलक प्रकाशन 'आवर वर्ल्ड इन डेटा'का अनुसार आज विश्वभरि युवाको उचाइ १०० वर्षअघिका पूर्वजको तुलनामा औसत करिब १० सेन्टिमिटर (सेमि) अग्लो छ।सन् २०१६ मा गरिएको एउटा अध्ययनमा सन् १८९६ र १९९६ मा जन्मिएकाहरूको तुलना गर्दा सबैभन्दा धेरै दक्षिण कोरियाली महिला एक शताब्दीअघिका मानिसभन्दा २० सेमि र इरानी पुरुष १७ सेमि अग्ला पाइएको छ। बुढेसकालको स्वास्थ्य सुधार्न ३० वर्ष कटेपछि यसो गर्न सकिन्छबच्चा जन्माउँदा तपाईँको आयु घट्छ? स्कटल्यान्डको एबर्डीन विश्वविद्यालयमा विश्वव्यापी स्वास्थ्यका वरिष्ठ लेक्चरर डा अरविन्द गुन्टुपल्ली भन्छिन्, "आहार, रोगको अवस्था, खोप र अन्य कारणले यो सुधार भएको हो।"तर मानिसको उचाइ सधैँ सहज रूपमा बढेको छैन।हजारौँ वर्षको अवधिमा आहार, युद्ध, रोग र अन्य ठूला सामाजिक परिवर्तनहरूले हाम्रो शारीरिक संरचनामा उतारचढाव ल्याएका छन्।इतिहासको एउटा झलक plan shooting2 / Imazins via Getty Images अनुसन्धानकर्ताहरूका अनुसार ऐतिहासिक वा तथ्याङ्कीय विवरणहरू उपलब्ध नभएका बेला मानिसको उचाइले हामीलाई जीवनस्तरबारे व्यापक कुरा बताउन सक्छ।"उचाइ मानव स्वास्थ्यको राम्रो सूचक हो," आर्थिक इतिहासकार तथा उत्तरी आयरल्यान्डको क्वीन्स युनिभर्सिटी बेलफास्टमा मानार्थ प्राध्यापक डा माटिआस ब्लुम भन्छन्। अध्ययनहरूका अनुसार मानिसको उचाइ ८० प्रतिशतसम्म, अझ ९० प्रतिशतसम्म आनुवंशिक कारणले निर्धारण गर्दछ।सानो उचाइका हकमा पोषण, रोगको जोखिम, बाल्यकालको वातावरण र स्वास्थ्य सेवामा पहुँचजस्ता कारणहरूले प्रभावित गर्छन्।"अग्लो उचाइले उच्च जीवनस्तर प्रतिबिम्बित गर्छ," ब्लुमको भनाइ छ।आनुवंशिक विविधतालाई ध्यानमा राख्दै शोधकर्ताहरू कुल गार्हस्थ्य उत्पादन (जीडीपी) जस्ता सूचकहरूबाट थाहा नहुने प्रवृत्ति र असमानताहरूको पहिचान गर्न ठूलो जनसङ्ख्यामा औसत उचाइको परीक्षण गर्छन्।के कृषिकर्मले हामीलाई होचो बनायो? Anadolu via Getty Images ब्लुमका भनाइमा दुई वटा ऐतिहासिक मोडहरू देखिन्छन्।पहिलो मोड लगभग १२ हजारदेखि १० हजार वर्षअघि नवपाषाण ('नीओलिथिक') क्रान्तिसँगै आयो, जब मानिसहरू सिकार र खानेकुरा जम्मा पार्न छाडेर कृषिमा लागे।त्यति धेरै पुरानो प्रवृत्तिहरूको अध्ययन गर्न शोधकर्ताहरू उपलब्ध न्यूनतम तथ्याङ्कमा भर पर्छन्।तर कृषिको सुरुवातले मानिसको उचाइ कम भएकोमा धेरैजसो सहमत छन्।आनुवंशिक विविधतालाई मध्यनजर गर्दै सन् २०२२ को एउटा अध्ययनले नवपाषाण युगका मानिसहरू पूर्वनवपाषाण युगका मानिसहरूको तुलनामा औसत २.८ सेन्टिमिटर होचो रहेको आकलन गरेको छ।मानिसहरू कृषिमा संलग्न हुँदा खाद्य आपूर्ति धेरै स्थिर त भयो तर त्यसको अर्थ राम्रो पोषण पनि प्राप्त भयो भन्ने हैन।सिकारी-सङ्कलकहरूको आहारमा पशुजन्य उत्पादन अधिक हुन्थ्यो, ब्लुमका भनाइमा त्यो महत्त्वपूर्ण हो।उनी भन्छन्, "हामी भोकमरीको सामना गर्ने वा नगर्ने भन्नेबारे कुरा गर्दै छौँ, त्यसैले पशुजन्य उत्पादनहरू बढी उपभोग गर्नु राम्रो हो किनकि अमिनो एसिड प्राप्त गर्नु तपाईँको लागि साँच्चै अत्यावश्यक छ।"राम्रो खानपानका साथसाथै सिकारीहरू यताउता घुम्ने र आफूले उत्पादन गरेका फोहर त्यहीँ छाडिदिने गरेको हुन सक्ने उनको भनाइ छ। किसानले त्यसो गर्दैनन्। अमेरिकामा करिब एक शताब्दीअघि रोकिएको सार्वजनिक रूपमा दिइने मृत्युदण्ड किन ब्युँताइँदै छ?किशोर र युवा उमेरका पुरुषमा मानसिक स्वास्थ्य समस्या 'व्यापक', मद्दत माग्न हिचकिचाहटले सङ्कट झन् गहिरिँदो किसानहरू सङ्क्रामक रोगबाट पीडित थिए र "उनीहरूले कडा परिश्रम गर्नुपर्थ्यो, आफ्नो घर र बस्तुभाउको हेरचाह गर्नुपर्थ्यो र उनीहरू जनावरहरूको छेउमा बस्थे।"त्यसपछि हजारौँ वर्षसम्म मान्छेको उचाइ विभिन्न ठाउँहरूमा घट्ने र बढ्ने भइरह्यो तर ब्लुमका अनुसार त्यो परिवर्तन प्रायः लामो समयसम्म टिकेन।"तपाईँले लामो समयसम्म उचाइ बढ्ने र घट्ने स्पष्ट प्रवृत्ति पाउनुहुन्न। अनिकाल र युद्धजस्ता अवस्था देखिन्छन्, तर त्यसपछि जनसङ्ख्या फेरि बढ्छ," उनी भन्छन्।एउटा प्लेग महामारी 'ब्ल्याक डेथ' ले १४ औँ शताब्दीको मध्यमा युरोपको आधा जनसङ्ख्याको ज्यान लिएको थियो, त्यसपछि मानिसको उचाइ बढेको आकलन छ।गुन्टुपल्ली र उनका सहकर्मीहरूले इङ्ग्ल्यान्डमा कङ्कालको अवशेषको अनुसन्धान गरेर १४ औँ शताब्दीको सुरुवातमा मानिसको औसत उचाइ लगभग १७० सेमि रहेको पत्ता लगाएका छन्।त्यो १५ औँ शताब्दीको सुरुवातसम्ममा बढेर १७४ सेमि पुग्यो।उनका अनुसार त्यसबारे धेरै तथ्याङ्क छैन, तर उनी अनुमान गर्छिन् कि उचाइ "ज्याला वृद्धिको कारण बढेको हुन सक्छ, किनकि कामदारको अभाव हुँदा धेरै मोलतोल गर्ने अवस्था बनेको र उनीहरूको जीवनस्तर सुधार भएको हुन सक्छ।"'नवप्रवर्तनहरू' Leeuwtje via Getty Images ब्लुमका अनुसार मानिसको उचाइमा दोस्रो ठूलो परिवर्तन औद्योगिक क्रान्तिसँगै आएको देखिन्छ, जुन १८औँ शताब्दीमा ब्रिटेनमा सुरु भयो र विश्वका अन्य भागहरूमा फैलियो।औद्योगिकीकरणले अर्थतन्त्रको केन्द्रलाई कृषिबाट उद्योगमा स्थानान्तरण गर्‍यो, सहरीकरणको दरमा वृद्धि भयो, नयाँ प्रविधिहरू सुरु भए र अन्तर्राष्ट्रिय व्यापार सञ्जाल विस्तार भयो।परिणामतः मानिसको उचाइ बढ्यो - तर तुरुन्तै होइन।गुन्टुपल्ली भन्छिन्, "प्रारम्भिक औद्योगिक वातावरण स्वास्थ्यअनुकूल थिएन।"खराब सरसफाइ, साँघुरो आवास र कष्टप्रद कारखानाको कामका कारण विभिन्न देशहरूमा पहिलो केही दशकहरूमा मानिसको उचाइ घट्दै गयो। विश्व झन्‌झन् तातो बन्दै जाँदा मानिसको मस्तिष्कमा पनि त्यसको प्रभावयोग किन शारीरिक अभ्यास मात्र होइन, यसले कसरी तपाईँको मानसिक स्वास्थ्य सुधार्न सक्छ प्रमुख औद्योगिक केन्द्रहरूमा मानिसहरू एउटै ओछ्यानमा सुत्ने गरेको डा ब्लुम बताउँछन्।पछि जब आय बढ्यो र सार्वजनिक स्वास्थ्य सेवा विस्तार भयो, मानिसको उचाइ उल्लेखनीय रूपमा बढ्न थाल्यो।डा ब्लुम यसको श्रेय सरसफाइ, आवास र खानामा आएको सुधार तथा चिकित्सा प्रविधिको आविष्कारलाई दिन्छन्।"यो नवप्रवर्तनको एकीकृत स्वरूप हो, जसले सँगै काम गर्दछन्," उनी भन्छन्।दक्षिण कोरियामा औद्योगिकीकरण ढिलो गरी सुरु भए पनि, त्यहाँको तीव्र आर्थिक वृद्धिसँगै गत शताब्दीमा औसत उचाइमा एउटा निकै नाटकीय वृद्धि देखियो-- सन् २०१६ को एउटा विश्लेषणअनुसार पुरुषहरूको उचाइ १५ सेमि र महिलाहरूको उचाइ २० सेमीले वृद्धि भएको पाइएको थियो।उचाइ चरम सीमामा पुग्दै छ? ZU_09 via Getty Images 'आवर वर्ल्ड इन डेटा'का अनुसार विश्वमा सन् १९९६ मा जन्मिएकाहरूको सरदर उचाइ पुरुषको १७१ सेमि र महिलाको १५९ सेमि थियो।डा ब्लुम भन्छन्, "आज अति विकसित देशहरूमा बढ्दो आय, उत्पादकत्व, उत्पादन र सेवाहरूले अब औसत उचाइ वृद्धि गराएको देखिँदैन।"किन भन्ने स्पष्ट छैन, केही शोधकर्ताहरू सोच्छन् कि त्यो जनसङ्ख्या आफ्नो 'जीन'मा निर्धारित अधिकतम उचाइसम्म पुगिसकेको हुन सक्छ, या त्यो 'फास्ट फूड' र निष्क्रिय जीवनशैलीसँग जोडिएको हुन सक्छ।डा ब्लुमका भनाइमा भविष्यमा हामीले केवल उचाइभन्दा पर गएर "जैविक जीवनस्तर" मापन गर्ने नयाँ आधारहरू खोज्नुपर्ने हुन सक्छ।उनका अनुसार, उदाहरणका लागि, पूर्ण शाकाहारी 'भीगन' वा शाकाहारी खानपान गर्दा औसत उचाइ नबढ्न सक्छ, तर त्यसले स्वास्थ्यमा सुधार वा अधिक दिगोपनजस्ता अन्य फाइदा दिन सक्छ। 'मेरुदण्ड चल्न चाहन्छ': गर्दनलाई कसरी सीधा राख्ने'स्माइलिङ डिप्रेशन' के हो, यसलाई कसरी चिन्ने विश्व परिवेशलाई हेर्दा, मानिसहरूको उचाइ बढ्ने क्रम जारी रहनेमा गुन्टुपल्लीलाई शङ्का छ। उनी खाद्य तथा इन्धनको वर्तमान अभाव र "चरम असमानता" औँल्याउँछिन्।न्यून र मध्यम आय भएका देशहरूमा "बच्चाको उचाइ नबढ्ने अर्थात् पुड्कोपनको समस्या उच्च छ र गरिब मानिसहरूको उचाइ सबैभन्दा कम छ," उनी भन्छिन्।यहाँ पुड्कोपनको अर्थ हो – बच्चाहरू उमेरअनुसार होचा हुन्छन् र वयस्क भइसके पनि उचाइ बढ्दैन।गुन्टुपल्लीका अनुसार खडेरी र बाढीजस्ता चरम मौसमी घटनाहरूले खाद्य उत्पादनका साथै दूध र अन्य पशुजन्य उत्पादनहरूमाथिको पहुँचलाई असर गरिरहेका छन्।"विश्व स्वास्थ्य कोषमा कटौती पनि भइरहेको छ, त्यसैले धेरै खोप कार्यक्रम, खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी कार्यक्रमहरू प्रभावित छन्," उनले बताइन्।गुन्टुपल्ली यसलाई "असाधारण अवस्था" ठान्छिन्। धनी र गरिब देशहरूबीच मात्र नभई समाजमा पनि मानिसको कदको उचाइमा रहेको असमानता बढ्ने बताउँदै उनले भनिन्, "हामी एक असमान संसारमा छौँ।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
ताजा खबरJust now

पोप लियो चौधौँको शल्यक्रिया सफल

काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

रातोपाटी
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
ताजा खबरJust now

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

गोरखापत्र
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
ताजा खबरJust now

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

हिमालय टाइम्स
२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
ताजा खबरJust now

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play