दशैंमा उपत्यकाबाट बाहिरिने सर्वसाधारणहरुको संख्या बढ्दै

काठमाडौं । दशैंको फूलपाती नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने सर्वसाधारणहरुको संख्या बढ्दै गएको छ । काठमाडौंको कलंकी, कोटेश्वर बल्खु लगाएतका स्थानमा घर फर्कने यात्रुहरुको चाप बढेको हो । उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा बिभिन्न राजमार्गमा सवारी चाप समेत बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म साढे दुई लाख भन्दा बढि सर्वसाधारण उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । दशैंमा यात्रा सहज बनाउन र ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरी परिचालन भएका छन् । चालकलाई सजग गराउन उनीहरूको कागजात चेक गर्ने, सवारीसाधनको अवस्था जाँच्ने काम निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सुर्यबहादुर खडकाले जनकारी दिए । यस वर्ष १० लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?
काठमाडौँ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ‘मुद्दा मिलाइदिने’ र सूचना चुहाएर ‘अनैतिक रिसवत’ (घुस) लिने गरेको तथ्य पटक–पटक दोहोरिएको छ । यसले संवैधानिक निकायको निष्पक्षतामाथि... ...

महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन्। ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिन... ...

चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा
जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जनकपुरधामसहित जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, लागुऔषध कारोबार... ...

पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच... ...


