Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैं सुरु भएसँगै खसी-बोका खरिदबिक्रीकाे चहलपहल

दशैं सुरु भएसँगै खसी-बोका खरिदबिक्रीकाे चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैं सुरु भएसँगै खसी-बोका खरिदबिक्रीकाे चहलपहल

काठमाडौं । बडादशैं सुरु भएसँगै काठमाडौंका विभिन्न स्थानमा खसीबोकाको खरिदबिक्री बढेको छ । काठमाडौंको कलंकीस्थीत खसिबजार, भक्तपुरको सल्लाघारी लगाएतका स्थानमा खसीबोकाको खरिद बिक्रि बढेको हो । उपत्यकामा नजिकका जिल्लाका साथै बझाङ लगाएतका स्थानबाट पनि खसीबोका च्याङ्ग्रा भित्राइएको छ । उपत्यकामा यस वर्ष जिउँदो खसी बोकाको मूल्यमा बृद्धि भएको छ भने च्याङ्ग्राका मूल्यमा भने खासै फरक देखिएको छैन । जिउँदो खसी बोकाको प्रतिकिलो ९ सय देखि ९५० सम्ममा बिक्रिबितरण गरिएको व्यापारिहरुले जनाएका छन् । च्याङ्ग्रा प्रतिकिलो १२ सय देखि १३ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने यस बर्ष बजेट अभाव भएकाले दसैँमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाइसकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना
ताजा खबरJust now

झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना

काठमाडौँ। आफूले नदिएको उजुरी अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी दर्ता गराएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ। आयोगका प्रवक्ता सुरेश... ...

रातोपाटी
सर्लाहीबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ
ताजा खबरJust now

सर्लाहीबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ

सर्लाही।सर्लाहीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ का ४८ वर्षीय मेघराज भनिने बाबु थापा रहेका छन्।जिल्ला प्रहरी कार्यालय सप्तरी र सर्लाहीको संयुक्त टोलीले बिहीबार बिहान थापालाई पक्राउ गरेको हो। उनको साथबाट दुई थान पेस्तोल, म्याग्जिन तीन थान र गोली १५ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हतियार राखेको सूचनाका आधारमा प्रहरीले उनको घर ...

नेपालन्युज
‘अहिलेसम्म सुनेमध्ये सबैभन्दा खराब राजदूत’ : नेपालमा मार्किटा मेटागका ११ महिना
ताजा खबरJust now

‘अहिलेसम्म सुनेमध्ये सबैभन्दा खराब राजदूत’ : नेपालमा मार्किटा मेटागका ११ महिना

एक पूर्व अमेरिकी कूटनीतिज्ञका अनुसार उनी दरबारअगाडि धर्नामा बसिन् र राजदूत पद नछाड्न वासिङटनलाई अनौठो टेलिग्राम पठाइन् । अन्ततः अमेरिकी मरिनले ढोका फोडेर उनलाई राजदूत निवासबाट निकाले । चार दशकअघिको यो प्रसंग अमेरिकी कूटनीतिक मौखिक इतिहासमा भेटिन्छ । ...

कान्तिपुर
१४ बैंक वित्तीय संस्थाको साढे २२ अर्बको लाभांश स्वीकृत
ताजा खबरJust now

१४ बैंक वित्तीय संस्थाको साढे २२ अर्बको लाभांश स्वीकृत

काठमाडौँ । १४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफामा आधारित लाभांश वितरण प्रक्रिया टुङ्ग्याएका छन् । ती बैंक वित्तीय संस्थाहरूले आफ्ना वार्षिक साधारणसभा सम्पन्न गर्दै सेयरधनीहरूलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play