Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Business/खल्तीबाइ आईएमईका नयाँ डिजिटल सेवा सार्वजनिक, सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्ने सिईओ रेग्मीको अठोट

खल्तीबाइ आईएमईका नयाँ डिजिटल सेवा सार्वजनिक, सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्ने सिईओ रेग्मीको अठोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
खल्तीबाइ आईएमईका नयाँ डिजिटल सेवा सार्वजनिक, सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्ने सिईओ रेग्मीको अठोट

काठमाडौं, असोज २९ । खल्तीबाइ आइएमईले डिजिटल भुक्तानी, पर्सनल फाइनान्स, डिजिटल कनेक्टिभिटी तथा लगानी सम्बन्धी सहित डिजिटल इकोसिस्टम विस्तार गरेको छ। खल्तीले फिनटेक एक्स्पो २०२६ को अवसर पारेर विभिन्न नयाँ डिजिटल सेवा सार्वजनिक गरेको हो। फिनटेक एलाइन्सले आयोजना गरेको एक्स्पोमा खल्ती कार्ड्स, ई–सिम तथा पर्सनल फाइनान्स च्यालेन्ज, खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको छ। यी सेवाले प्रयोगकर्ताको बदलिँदो आवश्यकता सम्बोधन गर्दै डिजिटल जीवनशैली, वित्तीय व्यवस्थापन तथा लगानीसम्बन्धी सुविधालाई थप सहज बनाउने लक्ष्य राखेको छ। तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा खल्तीको स्टलमा सयौँ प्रयोगकर्ताले भ्रमण गरी कम्पनीका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिएका थिए। कम्पनीका प्रतिनिधिहरूले नयाँ उत्पादनका विशेषता, प्रयोग गर्ने तरिका तथा उपलब्ध सुविधाबारे जानकारी प्रदान गरेका हुन्। प्रयोगकर्तालाई विभिन्न सेवा अनुभव गर्ने अवसर प्रदान गर्न खल्तीले एक्स्पो अवधिभर स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, इन्स्योरेन्स, फ्लाइट्स, मोबाइल टपअप, डेटा प्याक, टीभी तथा आईएसपी लगायतका सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरहरू उपलब्ध गराएको थियो। एक्स्पोमा सहभागी प्रयोगकर्ताहरूले खल्ती कार्ड्स, स्ट्राइप तथा पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए। डिजिटल भुक्तानीलाई सहज बनाउने, बचत तथा व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने र प्रविधिमा आधारित नयाँ सेवा उपलब्ध गराउने कम्पनीको प्रयासलाई प्रयोगकर्ताले उत्साहजनक प्रतिक्रिया दिएका थिए। एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले एक्स्पोले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गरी उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गरेको बताउनु भयो। रेग्मीले यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवा सार्वजनिक गरेको उल्लेख गर्नुभयो। नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्न प्रेरणा दिएको उहाँको भनाई छ । आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका आवश्यकतासँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने दिशामा काम गर्दै आएको छ। नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा सार्वजनिक गरिएका नयाँ सेवाहरूले इन्फिनिट पोसिबिलिटीको अवधारणाअन्तर्गत एकीकृत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीको यात्रालाई थप अगाडि बढाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन
अर्थतन्त्रJust now

भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन

काठमाडौं- पछिल्लो केही दिनयता गाँउघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् ...

आजको अर्थ
सारथी केबलको आम्दानी २६ प्रतिशत बढ्यो, ७३ प्रतिशत उत्पादन क्षमता अझै उपयोगविहीन
अर्थतन्त्रJust now

सारथी केबलको आम्दानी २६ प्रतिशत बढ्यो, ७३ प्रतिशत उत्पादन क्षमता अझै उपयोगविहीन

काठमाडौं । १४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पर्खिरहेको  सारथी केबल इन्डस्ट्रिज लिमिटेडले ६८ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कम्पनीले गत वर्ष उक्त रकम बराबरको आम्दानी गरेको हो । कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८२/८३ (२०२६) मा २६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष (२०२५)मा कम्पनीले ५४ करोड २० लाख रुपैयाँ, २०२… ...

आर्थिक न्यूज
सिप्रदी ट्रेडिङको ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक, ५० प्रतिशतसम्म छुट
अर्थतन्त्रJust now

सिप्रदी ट्रेडिङको ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन्। कम्पनीले यस योजनामार्फत ग्राहकलाई ५० प्र… ...

आर्थिक न्यूज
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले बनायो छुट्टै छानबिन समिति
अर्थतन्त्रJust now

खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले बनायो छुट्टै छानबिन समिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको महिला हिंसासम्बन्धी अडिओ प्रकरणको अनुसन्धान गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। बिहीबार बसेको आयोगको बैठकले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play