श्रीलंकाका लागि प्रस्तावित राजदुत मञ्चलाकुमारी झाको कार्ययोजनाः पर्यटन, धर्म र कुटनीतिलाई प्राथमिकता

काठमाडाैँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबिचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । संसदीय सुनुवाई समितिको बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै झाले पर्यटन, रामायण सर्किट, बौद्ध सम्पदा र व्यापार प्रवद्र्धनलाई आफ्नो कार्यकालका चार मुख्य रणनीतिक स्तम्भका रूपमा अघि सारेकी हुन् । प्रस्तावित राजदुत झाले दुई मुलुकबिचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार मान्नुपर्नेमा जोड दिइन् । उनले जनकपुरको रामायण परम्परा र लुम्बिनीको बौद्ध विरासतलाई श्रीलंकाली जनस्तरसँग जोड्न सकेमात्र कुटनीतिक उपलब्धि हासिल हुने बताइन् । आफ्नो चारवर्षीय कार्यकालका लागि प्रश्तावित रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै उनले पहिलो स्तम्भमा पर्यटन सम्पर्क र हवाई सञ्जाललाई राखिन् । यसअन्तर्गत लुम्बिनी विमानस्थललाई लक्षित गरी श्रीलंकाबाट तीर्थयात्री भित्र्याउन सिधा वा चार्टर उडानको सम्भाव्यता खोजी गर्ने उनको योजना छ । दोस्रो स्तम्भमा ‘रामायण सर्किट’ र तेस्रोमा ‘बौद्ध सम्पदा’ प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । चौथो स्तम्भमा व्यापार तथा लगानी प्रवद्र्धन, निजी क्षेत्रबीचको सहकार्य र श्रीलंकामा रहेका नेपालीको हित संरक्षणलाई समेटिएको छ । समितिको बैठकमा झाले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात गर्दै ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने परराष्ट्र नीतिको मर्मअनुसार आफू अघि बढ्ने बताइन् । उनले दुई देशबीचको साझा चुनौतीको रूपमा रहेको उच्च हवाई भाडा र सिमित प्रत्यक्ष सम्पर्कलाई समाधान गर्न दुवै पक्षका सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने खाकासमेत प्रस्तुत गरिन् । समितिका सदस्यहरूसँगको अन्तरक्रियामा उहाँले आफूले तयार पारेको कार्ययोजना एक प्रारम्भिक खाका मात्र भएको र सांसदहरूको सुझावका आधारमा यसलाई थप परिष्कृत गर्दै लैजाने स्पष्ट पारिन्।
Read Complete Original Article
Published originally on टक्सार
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


