नेपाल टेलिकमको जुम्ला शाखाले वितरण गर्यो ५ हजार ७८९ सिमकार्ड

नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ। त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिमकार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए। उनका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले नेपाल टेलिकमको तीव्रगतिको फाइबर इन्टरनेट सेवा लिएका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा सञ्चालनमा छ। जिल्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि टेलिकमको केन्द्रीय कार्यालयसँग पहल भइरहेको प्रमुख पुजाराले बताए। टेलिफोन टावर निर्माण नहुँदा गुठीचौर गाउँपालिका–१ स्थित निपानी र तातोपानी गाउँपालिका–८ का ग्रामीण भेगका गाउँबस्तीका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएको उनको भनाइ छ। जिल्लामा २० स्थानबाट फोरजी सेवा र सातवटा ठाउँमा टुजी सेवासहितका टावरबाट सञ्चार सेवा प्रवाह भइरहेको छ। पछिल्लो समय टेलिकमले जिल्लामा २४ वटा टावर विस्तार गरेको छ। त्यसमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाभित्र पाँच, गुठीचौरमा चार, हिमामा तीन, कनकासुन्दरीमा तीन, पातारासीमा दुई, सिञ्जामा दुई, तातोपानीमा दुई र तिलामा तीनवटा टावर विस्तार गरिएको प्रमुख पुजाराले जानकारी दिए। पछिल्ला महिनामा ग्रामीण भेगसम्म टेलिकमले टावर विस्तारको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ। ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कलाई थप सुदृढीकरण गरी गाउँ बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ टावर विस्तारलाई विशेष जोड दिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले जनाएको छ। उक्त कार्यालय आफ्नो कार्यक्षेत्र जुम्लासहित कालीकोट र मुगुमा समेत टावर विस्तार गरेको छ। नेपाल टेलिकमका अनुसार कालीकोटमा २२ र मुगुमा १९ वटा टावर विस्तार गरिएको छ।–रासस The post नेपाल टेलिकमको जुम्ला शाखाले वितरण गर्यो ५ हजार ७८९ सिमकार्ड appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

हुलाक सेवालाई प्रविधिमैत्री बनाइने, कर्मचारीलाई जिम्मेवार बन्न मन्त्री डा. तिमिल्सिनाको निर्देशन
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा आज आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो ।मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय ...

नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक
काठमाडौं । आइएमई खल्तीले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा तथा प्रविधिमा आधारित ६ नयाँ उत्पादन सार्वजनिक गरेको छ ।फिनटेक एलायन्स नेपालद्वारा आयोजित तीनदिने एक्स्पोमा खल्तीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै आफ्ना विद्यमान सेवा तथा सुविधाबारे जानकारी दिएको हो ।एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई-सिम तथा पर्सनल ...

इन्साइट टेक्नोलोजी एसोसीयो डिजीटल एआई अवार्ड २०२६ मा ‘एआई इन साइबरसेक्यूरिटि’ अवार्डद्वारा सम्मानित
नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तराष्ट्रीय पुरस्कार एआई इन साइबरसेक्यूरिटि अवार्डबाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित एसोसीयो डिजीटल एआई अवार्ड २०२६ मा इन्साइट टेक्नोलोजीले सूचना प्रविधि तथा साइबर सुरक्षा प्रविधिमा पुर्याएको योगदानको कदर स्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो। एसोसीयो एसिया र ओशिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको एक क्षेत्रीय आईसीटी उद्योग संस्था हो। सन् १९८४ ...


