Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ओलीपथमा एमाले

ओलीपथमा एमाले

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीपथमा एमाले

खड्गप्रसाद शर्मा ओली नेकपा एमालेका अध्यक्ष हुन् । आफ्नो नेतृत्व अवधिमा उनले नेकपा एमालेभित्रका आफ्नाविरोधी र प्रतिद्वन्द्वीहरूलाई दुधबाट झिँगालाई पालिए जस्तै फाल्ने गरेका छन् । ओलीका बफादार र सहयोगी एमालेका नेताहरू बहिर्गमनपछि पार्टीमा आफ्नो वर्चस्व बढ्ने र एक्लिन पुगेका ओलीलाई सजिलै नेतृत्वबाट गलहत्याएर हटाइदिने महŒवाकांक्षा बोकेका पार्टीका महŒवाकांक्षी र अवसरवादी नेताहरू स्वयं नै अब एमालेबाट बाहिरिने अवस्थामा पुगेका छन् । केपी शर्मा ओली नेकपा एमालेका आफ्नो एकलौटी वर्चस्व चाहन्छन् । उनको यस अभियानमा अवरोध भएर आउने जोकोहीलाई पनि उनले बडो निर्ममतापूर्वक कारबाही गर्दै आएका छन् । हालै सम्पन्न एमालेको केन्द्रीय समितिको बैठकको निर्णय भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको ‘अन्तरपार्टी निर्देशन–३’मा तत्कालका लागि पार्टी नेतृत्व हस्तानान्तरण र पुस्तान्तरण नहुने स्पष्ट पार्दै हस्तान्तरण र पुस्तान्तरण खोज्नेहरू अनुशासनात्मक कारबाहीको भागी हुने प्रष्ट चेतावनी दिएका छन् । हालसम्म पार्टी पुनगर्ठनको माग गर्नेहरूलाई ‘छाडिदिने’ भन्दै अध्यक्ष ओलीले गत केन्द्रीय समिति बैठकलाई ‘कटअफ बैठक’ मान्दै आगामी दिनमा त्यसरी नबोल्न फर्मान जारी गरेका छन् । पार्टी पुनर्गठन पक्षधर नेता कार्यकर्ताहरूले भन्ने लोकतान्त्रिक पार्टीमा यस्ता निर्देशनहरू स्वाभाविक नभएको भन्दै आफ्नो आवाज पार्टी फोरममा राखिरहने संकेत दिएका छन् । हिजोको दिनमा यही कुरा वरिष्ठ नेताहरूले राख्दा चण्डाल चौखरी (जीफोर)को भूमिकामा रहेका नेताहरू अनुशासनको कुरा गर्ने गर्दथे, आज आफ्नो पालो आउँदा लोकतान्त्रिक मूल्य–मान्यताको कुरा गरिरहेका छन् । २०८२ साल फागुन २१ को आमनिर्वाचनमा भएको पार्टीको लज्जास्पद पराजयमा आफ्नोमात्रै जिम्मेवारी नरहेको बरू अहंकार, मौनता, गलत सल्लाह, असन्तुलित महत्वाकांक्षा, अपमान र समयमा संवाद हुन नसक्नु जस्ता धेरै कारणको परिणाम ओलीले सुनाएका छन् । हामी कक्षा ९–१० तिर पढ्दा अंग्रेजी विषयको एउटा पाठ थियो बिफोर मिडनाइट अह्राउथे, राति अबेलासम्म काम गरी सुतेका नोकरले यसरी एकबिहानी ओछ्याउन छोड्नुपर्दा तिनको निद्रा पूरा हुँदैन्थ्यो र दिनभरि काम गर्नुपर्दथ्यो, राति अबेलासम्म काम गर्नुपर्दथ्यो । एकपटक चारैजना नोकरले आपसमा कुखुराको नै हत्या गरिदिएपछि बुढी तीन–चार बजे राति नै जाग्ने छैनन् फलस्वरूप मज्जाले धेरैबेरसम्म सुत्न सकिन्छ भन्ने विचार गरे । आखिर एकदिन ती नोकरहरूले मिलेर त्यस कुखुराको हत्या गरिदिए तर पनि तिनको दुर्भाग्य कम भएन र कुखुराको बोली सुनेर जाग्ने गरेकी ती बुढी कहिले राति १२ बजे कहिले एक बजे र दुई बजेतिर नै जाग्ने गर्नथालिन् र ती नोकरहरूले त्यतिबेलादेखि काम गर्नुपर्‍यो । हिजो माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र भीम रावलहरूमाथि कारबाही हुँदा पार्टीको नेतृत्व आफ्नो हातमा आउने सम्भावना देखेका एमालेका नेताहरू स्वयं नै कारबाही भोग्ने र पार्टीबाट बाहिरिने अवस्थामा पुगेका छन् । पार्टी अध्यक्ष ओलीद्वारा जारी अन्तरपार्टी निर्देशनमा पार्टीको नीति, निर्णय र नेताविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गर्ने, गुटबन्दी गर्ने तथा अराजक र अनुशसानहीन गतिविधि गर्ने व्यक्तिमाथि स्पष्टीकरण सोधेर कारबाही गरिनेछ भनिएको छ । यस्ता गतिविधिमा कारबाही गर्ने अधिकार केन्द्रीय समितिले संगठनलाई दिएको छ । पार्टीभित्र अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोगलाई सक्रिय बनाउने र आयोगलाई काम गर्न कुनै व्यवधान आए केन्द्रीय समितिले आवश्यकता निर्णय गरी बाधा अड्काउ फुकाउने उल्लेख छ । विगतका गतिविधिलाई लिएर तत्काल कारबाहीको बाटो अवलम्बन गरिने तर आगामी दिनमा भने सशक्त रूपमा कदम चालिने आन्तरिक पार्टी निर्देशनमा उल्लेख छ । आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने तर त्यसपछि पार्टी नीतिनिर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा विरोध वा आलोचना गर्ने तथा गुटबन्दी र अनुशासनहीन गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने नीति एमालेको रहेको छ । २०८२ साल फागुन २१ को आमनिर्वाचनमा भएको पार्टीको लज्जाष्पद पराजयमा आफ्नोमात्रै जिम्मेवारी नरहेको बरू अहंकार, मौनता, गलत सल्लाह, असन्तुलित महŒवाकांक्षा, अपमान र समयमा संवाद हुन नसक्नु जस्ता धेरै कारणको परिणाम ओलीले सुनाएका छन् । यस्तो अवस्थामा सिंगो पार्टी पंक्तिले पार्टी अध्यक्षलाई अझ जिम्मेवार र बलियो बनाउनुपर्ने चाहना व्यक्त गरेका छन् । पराजयको दोष एक्लो अध्यक्षमाथि थोपर्ने प्रयासको उनले निन्दा गरेका छन् । पार्टीमा उठेको पुनर्गठनको बहसलाई पनि उनले खारेज गरिदिएका छन् । चुनावी पराजयको निम्ति नेकपा एमालेले जुन कारण बताएको छ, कमबेसी सबै पुराना राजनीति दलहरूको पराजयको कारण त्यही नै रह्यो । माधवकुमार नेपाल र झलनाथ खनालले त विधिवत पार्टी नै विभाजित गरेका थिए । बामदेव गौतम र भीम रावल कहिले यता त कहिले उता गर्दै थिए । ओलीले पत्यार गरेनन् र उपरोक्त नेताहरू पुनः माधव नेपालकै पार्टीमा फर्किए । खासगरिकन डिजिटल चरित्रहत्या, आरोपको एकतर्फी प्रवाह, भूराजनतिक स्वार्थ पुराना दलविरोधी भाष्य निर्माण तथा मूल नेतृत्वमाथि केन्द्रित प्रहारलाई उनले बाह्य आक्रमणका रूपमा व्याख्या गरेका छन् तर नेकपा एमाले पनि संकीर्ण राष्ट्रवादको भाष्य निर्माण गरेर देशका मतदाताहरूमा जुन भ्रमको खेती गरी दशकौंसम्म सत्तासुख भोगेका छन्, त्यसै धरातलमा टेकेर नयाँ शक्तिले एमालेमाथि प्रहार गरेको छ । आफूबाहेक अरूको महŒव नै नदिने, सधैं कटाक्षपूर्ण अभिव्यक्ति र भ्रष्टाचारीहरूलाई संरक्षण दिने, आफ्नो प्रत्येक निर्णयलाई बलपूर्वक सत्य सावित गर्ने प्रयास गर्ने र जनमत आफूविरुद्ध पनि हुनसक्दछ, यस कुराको आशंका उनलाई थिएन । उच्च अहंकारले एमालेलाई डुबायो । अहिले पनि उनी पदबाट राजीनामा दिने पक्षमा छैनन् । मार्क्सवाद, लेनिनवाद र माओवाद कम्युनिष्टहरूको निम्ति वैचारिक धरातल एवं आस्थाको केन्द्रको रूपमा रहिआएको छ । नेपालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् नेकपा माले र नेकपा (माकर््सवादी)बीच पार्टी एकीकरण भएको थियो । एकीकरणपश्चात् पार्टीको नाम नेकपा एमाले हुन गयो । नेकपा एमालेको तात्कालीन महासचिव मदनकुमार भण्डारीले कम्युनिष्ट पार्टीलाई प्रजातन्त्रसँग जोडी बहुदलीय जनवादको सिद्धान्तलाई अघि सारेका थिए । उनको यस सिद्धान्तमा टिप्पणी गर्दै एकजना अमेरिकी पत्रकारले नेपालमा नयाँ बुद्धको जन्म भयो भन्ने टिप्पणी गरेका थिए । नेकपा एमालेले बहुदलीय जनवादको सिद्धान्तलाई कमबेसी आज पनि मान्दै आएको छ । जहिलेदेखि केपी शर्मा नेकपा एमालेको नेतृत्व आफ्नो हातमा लिएका छन् । पार्टीलाई आफ्नै शैलीमा चलाएका छन् । अब नेकपा एमाले ‘ओलीवाद’ को सिद्धान्तवादमा चलेको छ भन्दा अतिशयोक्ति नहोला । एउटा यस्तो ‘वाद’ जहाँ अध्यक्ष नै सर्वोपरी हुन्छ र अध्यक्षको निर्णय सर्वमान्य हुन्छ । कम्युनिष्टहरूमा पहिले निकै वैचारिक बहस र छलफल हुने गर्दथ्यो तर अब यस्तो अवस्था छैन । माधवकुमार नेपाल र झलनाथ खनालको कार्यकालमा निकै बहस हुन्थ्यो । फरक मत पनि राखिन्थ्यो । सम्भव भए फरक मतमार्फत आएका राम्रा सुझावहरूलाई पनि पार्टीको अन्तिम कार्यपत्र वा निर्णयमा समावेश गरिन्थ्यो तर अब त्यो अवस्था रहेन । केपी शर्मा ओली आफ्ना विरोधीहरूसित बडो निर्ममताका साथ व्यवहार गर्छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम अहिले एमालेमा छैनन् । माधवकुमार नेपाल र झलनाथ खनालले त विधिवत पार्टी नै विभाजित गरेका थिए । बामदेव गौतम र भीम रावल कहिलेयता त कहिले उता गर्दैथिए । ओलीले पत्यार गरेनन् र उपरोक्त नेताहरू पुनः माधव नेपालकै पार्टीमा फर्किए । यता माधव नेपालको समूहलाई परित्याग गरी पुनः संस्थापन पक्षतिर फर्केका गोकर्ण विष्ट र युवराज भट्टराईलगायत नेताहरूमाथि ओलीले विश्वास गरेनन् । बरू माओवादीबाट आएका रामबहादुर थापा बादल र लेखराज भट्टमाथि विश्वास गरेका छन् । भोलि केन्द्रीय समितिको पुनर्गठन गरी ओलीले आफ्नाविरोधीलाई जिम्मेवारीविहीन गरिदिए भने आश्चर्य मान्नुपर्ने कारण हुनेछैन । एमालेको अवस्था अहिले पनि ‘विरालोको घाँटीमा घण्टी कसले बाँध्ने’ ? भन्ने यक्षप्रश्नको जवाफ कसैसित छैन । ज–जसले घण्टी बाँध्ने प्रयास गरे ती सबै अध्यक्ष ओलीको आहारा बन्नपुगे । स्थानीय तहको निर्वाचनमा यदि एमालेको प्रदर्शन राम्रो रहनेछैन भन्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढ्नेछ र उनी पदबाट राजिनामा गर्न बाध्य हुनेछन् तर अहिले नै यदि उनले आफ्नो राजिनामा माग्नेहरूलाई कमजोर र प्रभावहीन बनाइदिन्छन् भन्ने सम्भावना भने समाप्त भइसकेको हुनुपर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

खसी खोज्न गाउँमै ग्राहक
ताजा खबरJust now

खसी खोज्न गाउँमै ग्राहक

उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

गोरखापत्र
अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
ताजा खबरJust now

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

कान्तिपुर
सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
ताजा खबरJust now

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

कर्पोरट खबर
वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
ताजा खबरJust now

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो

लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play