बेनीबाट म्याग्दीको सदरमुकाम सार्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नदी कटान, बाढीपहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राखेका हुन् । “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नुपर्यो”, उनले भने, “प्रोटेक्सन गर्ने की सार्ने त्यो छलफल गरौं ।” जोखिमयुक्त ठाउँको जतिसुुकै संरक्षण गरे पनि प्राकृतिक विपद्लाई छेक्न नसक्ने भएकाले विकल्प सोच्नुपर्ने मन्त्री पुनको भनाइ थियो । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटाल क्षेत्रमा निर्माण भएको पक्की तटबन्ध भत्काएको र बेनीको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विपद्को क्षतिको विषयमा जानकारी गराउँदै नदी र पहिरो नियन्त्रण गरि सदरमुकामलाई सुरक्षित बनाउन प्रदेश र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा राखेका थिए । “नदीले कटान गरेको छ, भित्ताको पहिरो पटकदेखि डरलाग्दो गरी गएको छ र भूवर्गविद्हरूले अलिकति सङ्केत गर्नुभएको छ”, केसीले भने, “सदरमुकामको बस्ती, यहाँको बैंक अर्को वर्खामा यहाँ नरहने अवस्था आउन नदिनका लागि मानसिक र भौतिक रूपमा रोकथाम गर्न सकिने बजेटको लागि माथिल्लो सरकारसँग अपेक्षा राखेका छौं ।” मन्त्री पुनले सरकारले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकी बेसिनमा बाढीपहिरोले क्षति पुर्याएको निजी आवास र भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत काम अघि बढाएकाले तथ्याङ्क सङ्कलन र समन्वय गर्न आग्रह गरे । “तीनै तहका सरकारको साझेदारी र सहकार्यमा पुनःनिर्माण र पुनःस्थापनाको काम अघि बढाएका छौँ, सङ्घीय सरकारले उपलब्ध स्रोतसाधन परिचालनमा विभेद र कन्जुस्याई गर्दैन”, मन्त्री पुनले भने, “पहिलो चरणमा पछिल्लो विपद्बाट प्रभावित स्थानीय तहलाई तीन वर्गमा विभाजन गरेर रु २० लाख, रु ३० लाख र ४० लाखका दरले बजेट पठाउने निर्णय गरिसकेका छौँ ।” बैठकमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले प्रदेश तहबाट हुने सहयोगका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै स्पष्ट कार्ययोजना बनाएर बर्खाअघि नै काम सम्पन्न हुने गरी स्रोत परिचालनमा सङ्घीय सरकारले अग्रसरता लिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्को समयमा भएका पुर्वतयारी, राहत, उद्दारका कामको बारेमा जानकारी गराउदै अब पुनःनिर्माण र पुनःस्थापनामा जुट्नका लागि बजेटनै प्रमुख चुनौति बनेको बताए । छलफलमा म्याग्दीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधि र कार्यालय प्रमुखले भएका गतिविधि र भावी योजनाका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

‘पाल्पा च्याम्पियन्स ट्रफी’ क्रिकेट ७ कात्तिकदेखि
प्रतियोगितामा जिल्लाका ६ क्लबको सहभागिता रहने छ । ...
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...


