Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढीले पुरेको म्याग्दीको तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा

बाढीले पुरेको म्याग्दीको तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले पुरेको म्याग्दीको तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा

म्याग्दी । बाढीपहिरोले क्षति पुर्‍याएपछि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालयका रूपमा परिचित सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । म्याग्दी नदीको बाढी र पाखोबाट खसेको पहिरोले कुण्ड परिसरमा थुपारेको ढुङ्गा, माटो, बालुवा र गेगर हटाएर सरसफाइ गरेपछि बिहीबारदेखि सर्वसाधारणका लागि स्नान सेवा सुरु गरिएको हो । बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्ड सञ्चालनमा आएसँगै स्नान गर्न आउने सर्वसाधारण, स्वास्थ्यलाभको अपेक्षासहित पुग्ने व्यक्तिहरू र पर्यटकको चहलपहल बढ्न थालेको छ । लामो समयदेखि बन्द रहेको कुण्डमा स्नान सेवा सुरु भएपछि स्थानीय पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दीखोलाको कटानले कुण्डमा ठूलो क्षति पुर्‍याएको थियो । पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडकबाट खसेको पहिरो र म्याग्दीखोलाको बाढीले कुण्ड परिसरमा ढुङ्गा, माटो, बालुवा र गेगर थुपारेको थियो । मुख्य कुण्डमा बालुवा र लेदो भरिनुका साथै परिसरमा रहेका अन्य कुण्ड तथा संरचनामा समेत क्षति पुगेपछि स्नान सेवा बन्द गरिएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिका अनुसार बाढीपहिरोले मुख्य कुण्डसहित परिसरमा रहेका अन्य दुईवटा कुण्ड, भवन, पानी भर्ने १६ वटा ड्रम, मोटर, जेनेरेटर, नुहाउने धारा, बाल्टी, शौचालय र फर्निचरमा क्षति पुर्‍याएको थियो । कुण्ड परिसरमा थुप्रिएको गेगर, बालुवा र लेदो हटाएर आवश्यक सरसफाइ गरेपछि स्नान गर्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कुण्डको सरसफाइ र पुनः सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीसहित एक हजार ५०० भन्दा बढी जनशक्ति परिचालन भएको थियो । उनीहरूले १८ दिनसम्म श्रमदान गरेर बाढीपहिरोले थुपारेको ढुङ्गामाटो हटाउनुका साथै कुण्ड परिसर सफा गरेका थिए । हाल कुण्डमा बिहान ६ बजेदेखि बेलुका ४ः३० बजेसम्म स्नान गर्न सकिने व्यवस्था मिलाइएको छ । प्रतिव्यक्ति ५०० रुपैयाँको टिकट लिएर नौ दिनसम्म स्नान गर्न पाइने समितिले जनाएको छ । स्वास्थ्यलाभ र पर्यटनको प्रमुख गन्तव्य जमिनमुनिबाट प्राकृतिक रूपमा निस्कने ४५ देखि ५३ डिग्री सेल्सियस तापक्रमको पानीमा स्नान गर्न पाइने भएकाले सिङ्गा तातोपानी कुण्ड स्वास्थ्यलाभ र पर्यटनका लागि परिचित गन्तव्य हो । यहाँ नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत हरेक वर्ष हजारौँ मानिस स्नानका लागि आउने गर्छन् । समितिका सचिव केसीका अनुसार विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको नभएका समस्या समाधान हुने अपेक्षासहित मानिसहरू यहाँ आउने गरेका छन् । एकपटक स्नान गर्न आएका कतिपय व्यक्ति पटकपटक आउने गरेको उहाँले बताउनुभयो । स्थानीयवासी तथा आगन्तुकमा तातोपानीमा स्नान गर्दा ग्यास्ट्रिक, बाथरोग, छालासम्बन्धी समस्या, घाउखटिरा, हड्डी तथा जोर्नीको दुखाइ, चोटपटक र चिसोका कारण हुने विभिन्न समस्यामा राहत मिल्ने जनविश्वास छ । यद्यपि, यस्ता स्वास्थ्य समस्यामा तातोपानी स्नानको प्रभावकारिता रोगअनुसार फरक पर्न सक्ने भएकाले यसलाई चिकित्सकीय उपचारको विकल्प मान्नु हुँदैन । कुण्डमा पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा पनि चहलपहल बढ्ने अपेक्षा गरिएको छ । म्याग्दी होटल तथा रेस्टुरेन्ट संघका कोषाध्यक्ष एवं तुलाचन होटल एन्ड थकाली भान्साघर, तातोपानीका सञ्चालक मन तुलाचनले बाढीपहिरोबाट क्षतिग्रस्त कुण्ड पुनः सञ्चालनमा आएसँगै स्थानीय पर्यटन गतिविधि पुरानै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक स्रोतमा आधारित तातोपानी कुण्ड म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक हो । बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको सरसफाइ गरी स्नान सेवा पुनः सुरु गरिएसँगै जिल्लाको पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play