भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारले जनही ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन्। विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०को सहयोगमा उपलब्ध गराइएको उक्त रकम स्थानीय तहसँगको समन्वयमा वितरण गरिएको सरकारले जनाएको छ। राहत वितरणमा दोहोरोपना हुन नदिन एकद्वार प्रणाली अपनाइएको छ। सरकारका अनुसार रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका बाढी प्रभावित परिवारलाई राहत रकम उपलब्ध गराइएको हो। लाभग्राहीको तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४ सय घरपरिवारलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने सरकारको तयारी छ। गत असोज २३ गते केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरपरिवारको पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो। रेडक्रससहित अन्य विकास साझेदारले समेत नगद सहयोग उपलब्ध गराउन चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गर्न स्थानीय तह र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राहत वितरण गर्दा वास्तविक प्रभावित नछुट्ने र एउटै परिवारले दोहोरो सहायता नपाउने व्यवस्था मिलाउन सरकारले जोड दिएको छ। यसैबीच, बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन... ...

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
चितवन । जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा... ...

लास्कविरुद्ध बारकोलाको उत्कृष्ट ह्याट्रिक, लिभरपुल तालिकाको दोस्रो स्थानमा
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न रोमाञ्चक तथा उच्च गोलको प्रतिस्पर्धामा इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब लास्कलाई ६-३ गोल अन्तरले पराजित गरेको छ । ब्राड्ली बारकोलाको उत्कृष्ट ह्याट्रिकको सहयोगमा... ...

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
रुपन्देही । भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी... ...


