कठिन परिस्थितिमा उपदेश दिने धेरै, सहयोग गर्ने कम : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले कठिन परिस्थिति र राजनीतिक जटिलताको सामना गरिरहेका बेला आलोचना र उपदेश दिनेहरूको संख्या बढ्ने तर साथ तथा सहयोग गर्नेहरू न्यून हुने वास्तविकता व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित केन्द्रीय कमिटीका नवमनोनीत सदस्यहरूको शपथग्रहण तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो । उहाँले पार्टीले हालैका दिनहरूमा केही राजनीतिक धक्काहरूको सामना गर्नुपरेको भए पनि यस्तो संवेदनशील घडीमा संयमता अपनाउँदै सही र दूरदर्शी निर्णय लिनुपर्नेमा विशेष जोड दिनुभयो । अध्यक्ष ओलीले राजनीतिक यात्रामा सफलता र सम्पन्नता प्राप्त हुँदा वरिपरि भिडभाड गर्नेहरूको ओइरो लाग्ने तर पार्टीले असफलता व्यहोर्दा वा राजनीतिक रूपमा ओरालो लाग्दा सुझाव, सल्लाह र उपदेश छाँट्नेहरूको कमी नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यतिबेलाको परिस्थिति अलि जटिल छ । हामीले धक्का खाएका छौँ । यस्तो धक्का खाएका बेला सम्पन्नता र सफलता हुन थाल्यो भने साथीभाइको ओइरो हुन्छ । विपन्नता हुन थाल्यो भने, असफलता हुन थाल्यो भने, ओरालो लाग्यो भने बुद्धि छैन, ढंग छैन भनेर उपदेश दिने धेरै आउँछन् । सहयोग गर्ने आउँदैनन्, साथ दिने कम आउँछन् ।’ ‘चुनावी घेराबन्दी अझै टरिसकेको छैन’सुखको समयमा सबै सहयात्री साथै रहने तर दुःख, संकट र अप्ठ्यारो परिस्थितिमा साँचो अर्थमा साथ दिनेहरू निकै कम हुने अनुभव उहाँले सुनाउनुभयो । कठिन परिस्थितिमा पनि पार्टीलाई सही मार्गमा अगाडि बढाउन नेतृत्व र कार्यकर्ताहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो । नीति निर्माण तथा रणनीतिक योजना बनाउँदा कुनै पनि प्रकारका त्रुटि वा गल्ती हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने औँल्याउँदै अध्यक्ष ओलीले निर्णय प्रक्रियामा गल्ती भएमा त्यसलाई सच्याउने समयसम्ममा धेरै ढिला भइसकेको हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘उल्टो बाटो नहिँडियोस्, गलत निर्णय नगरियोस्, सही बाटो हिँडियोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’ पार्टीभित्र आन्तरिक समस्याहरू उत्पन्न हुनु स्वाभाविक भए पनि तिनलाई थप बल्झाउने वा जटिल बनाउनेभन्दा पनि रचनात्मक ढंगले समाधानको मार्गचित्र खोज्नुपर्नेमा उहाँले गम्भीरतापूर्वक प्रकाश पार्नुभयो । कार्यक्रमलाई निरन्तरता दिँदै अध्यक्ष ओलीले नेकपा एमालेमाथिको राजनीतिक घेराबन्दी अझै पनि समाप्त नभएको दाबी गर्नुभयो । लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रतालाई कमजोर बनाउने प्रवृत्तिहरू अझै सक्रिय रहेको उल्लेख गर्दै उहाँले त्यस्ता अलोकतान्त्रिक कदमविरुद्ध कडा प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विगतका विभिन्न कालखण्डमा जस्तै आगामी दिनमा पनि पार्टीविरुद्ध विभिन्न ढंगले घेराबन्दी हुने चेतावनी दिनुहुँदै उहाँले २०७७ सालमा पार्टी नै कब्जा गर्नेगरी गरिएको घेराबन्दीदेखि २०७९ सालका राजनीतिक प्रतिकूलताहरूलाई स्मरण गराउनुभयो । आगामी निर्वाचनमा समेत यस्ता घेराबन्दीहरू कायमै रहने भए पनि तिनको दृढताका साथ सामना गर्न पार्टी पंक्ति तयार रहनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्जीवन र स्वाधीनताको रक्षार्थ राज्य वा अन्य शक्तिहरूबाट गरिने बलजफ्तीपूर्ण दमनलाई कहिल्यै स्वीकार नगरिने स्पष्ट पार्नुभयो । निहत्था जनतामाथि हतियार र संगठित शक्तिको आडमा गरिएको दमनको प्रतिकार गर्नु जनताको अधिकार भएको बताउँदै उहाँले आन्दोलनको वास्तविक अर्थमाथि प्रकाश पार्नुभयो । उहाँले स्पष्ट पार्नुभयो, ‘आगो लाउनु, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नु मात्रै आन्दोलन हो ।’ शान्तिका लागि आन्दोलन गर्ने कुरामा कुनै दुईमत नभए पनि अन्याय र बलजफ्तीविरुद्ध आवाज उठाउनु तथा प्रतिवाद गर्नु आन्दोलनको अनिवार्यता भएको उहाँको तर्क थियो । कार्यक्रमको अर्को प्रसंगमा, नेकपा एमालेको केन्द्रीय कमिटीमा हालै मनोनीत गरिएका नयाँ सदस्यहरूलाई अध्यक्ष ओलीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । पार्टीको गत असोज २४ गते बसेको स्थायी कमिटीको बैठकले विभिन्न क्षेत्रबाट पार्टी र समाजमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको थियो । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष समारोहमा शपथग्रहण गर्ने नवमनोनीत केन्द्रीय सदस्यहरूमा सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कंगदवा, टंक आङ्बुहाङ, नवीन रोका, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहनुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


