Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यस वर्षको ‘प्रहरी व्याटन’ लुम्बिनी प्रदेश प्रहरीलाई

यस वर्षको ‘प्रहरी व्याटन’ लुम्बिनी प्रदेश प्रहरीलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस वर्षको ‘प्रहरी व्याटन’ लुम्बिनी प्रदेश प्रहरीलाई

काठमाडौं । यसवर्षको ‘प्रहरी ब्याटन’ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले सो कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई ‘प्रहरी ब्याटन–२०८३’ प्रदान गरे । अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनअन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सो उपाधि जितेको हो । कार्यक्रममा गृहमन्त्री गुरुङले यसवर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक डा प्रेमलाल श्रेष्ठलाई प्रदान गरे । यस्तै गृहमन्त्री गुरुङले अमर प्रहरीका आश्रित परिवारजनलाई कदरपत्र र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री कार्कीले सद्भाव सहयोग प्रदान गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
ताजा खबरJust now

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आवश्यक परे प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सांसद सुनारसँग सम्बन्धित विषयमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताएका हुन् । सांसद सुनारले एक महिलामाथि अश्लील शब्द प्रयोग गर्दै धम्की […] ...

लोकपथ
ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !
ताजा खबरJust now

ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !

• एनएमबी बैंकले पोखराका घरधनीहरूको घरजग्गा लिलाम गरेकोमा पीडितहरूले आक्रोश व्यक्त गर्दै मालपोत कार्यालय घेराउ गरेका छन्। • बैंकले ऋण तिर्न खोज्दा किस्ता नबुझ्ने र पछि ऋण नतिरेको भन्दै घरजग्गा लिलाम गरेको आरोप लगाइएको छ। • पीडितहरूले सरकारसँग निष्पक्ष छानबिनको माग गर्दै ऋणी र बैंकको जिम्मेवारीको स्पष्टता आवश्यक रहेको बताएका छन्। ...

नेपालबहस
चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९  हजार ६९१ पुग्यो
ताजा खबरJust now

चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९ हजार ६९१ पुग्यो

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका विभिन्न शिक्षण संस्थाहरूमा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै समग्र क्षेत्रमा ४ सय १८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री... ...

रातोपाटी
यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?
ताजा खबरJust now

यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?

• सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ४१०७ रुपैयाँ प्रतिक्वीन्टल तोकेको छ, जुन गत वर्षको ३९४५ रुपैयाँ भन्दा बढी हो। • मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू पनि गरेको छ, जसमा बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत प्रदान गर्ने योजना समावेश छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play