Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह

बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह

चलचित्र ‘बाटुलो जून’ को छायाङ्कनका क्रममा खिचिएका दृश्य निर्माण पक्षको अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै सनराइज पिक्चर्स प्रालिले त्यस्ता सामग्री हटाउन आग्रह गरेको छ। निर्माण कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै छायाङ्कनका दृश्य रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा डिजिटल माध्यमबाट प्रसारण गर्ने कार्यले चलचित्रको प्रचार योजनामा असर पार्ने र प्रतिलिपि अधिकारसमेत उल्लङ्घन हुन सक्ने जनाएको हो। निर्माण पक्षका अनुसार छायाङ्कनका क्रममा खिचिएका दृश्य चलचित्रको कथावस्तुको गोपनीयता, प्रचारप्रसार र व्यावसायिक रणनीतिसँग सम्बन्धित हुन्छन्। त्यस्ता दृश्य निर्माण पक्षको पूर्व स्वीकृति बिना सार्वजनिक नगर्न र यसअघि सार्वजनिक गरिएका सामग्री तत्काल हटाउन कम्पनीले सम्बन्धित सबैलाई आग्रह गरेको छ। अनधिकृत रूपमा सामग्री सार्वजनिक गर्ने कार्य जारीरहेमा उपलब्ध प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने निर्माण पक्षले चेतावनी दिएको छ। कम्पनीले प्रतिलिपि अधिकार ऐन, २०५९ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार सामग्रीको प्रकृति र प्रयोगको अवस्थाका आधारमा कानुनी कारबाही हुन सक्ने जनाएको छ। चलचित्रसँग सम्बन्धित आधिकारिक सामग्री निर्माण पक्षले सार्वजनिक गर्ने माध्यमबाट मात्रै प्राप्त गर्न पनि कम्पनीले दर्शक, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ। सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि सिनेमा घरमा प्रदर्शन हुने जनाइएको छ। The post बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा ९ अर्बभन्दा बढी रकम
प्रविधिJust now

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा ९ अर्बभन्दा बढी रकम

सरकारले आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल ९ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ। नेपल दू्सञ्चार प्राधिकरणमार्फत उपकरण आयातका लागि तीन अर्ब ५४ करोड तथा व्याण्डविथ भुक्तानीबापत ५ अर्ब ५५ करोड बराबरको विदेशी मुद्राको सिफारिस गरी कूल ९ अर्बभन्दा बढीको अनुमति प्रदान गरेको हो। विसं २०५४ फागुनमा गठित प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक संस्था हो। प्राधिकरणका सूचना ...

टेक्नोलोजी खबर
नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पाइने, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने
प्रविधिJust now

नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पाइने, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन । यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ...

टेक्नोलोजी खबर
गल्तीले मोबाइल नम्बर भयो डिलिट ? नआत्तिनुहोस्, यसरी सजिलै गर्नुहोस् रिकभर
प्रविधिJust now

गल्तीले मोबाइल नम्बर भयो डिलिट ? नआत्तिनुहोस्, यसरी सजिलै गर्नुहोस् रिकभर

काठमाडौं । स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै नजान सक्छ । तर चिन्ता गर्नुपर्ने कुनै कारण छैन किनभने हामी तपाईंलाई सिकाउँछौं कि आफ्नो स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई कसरी रिकभर गर्ने ।यो स्मार्टफोनको युग हो, र कुनै पनि सम्पर्क नम्बर सम्झन आवश्यक पर्दैन् । तर, यदि कुनै प्राविधिक समस्याका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play