नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पाइने, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्याइदिने

सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन । यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको ‘पोस्टल सिम पोर्टल’मा क्लिक गरेर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ । नागरिकले अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना (ल्यान्डमार्क), फोटो र नागरिकता/राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ । टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। सिमका लागि रु ९० र हुलाक डेलिभरीका लागि रु ७० शुल्क लाग्ने छ। उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ। त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ। सो सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्याइदिने छन् । आधा घण्टामै मन्त्रालयमा सिमकार्ड हुलाक–सिम सेवा शुभारम्भसँगै मन्त्री डा तिमिल्सिनाले नयाँ सिमकार्डका लागि अनलाइन आवेदन पेस गरे। टेलिकमको सुन्धारास्थित कार्यालयबाट व्यक्तिगत विवरण ‘भेरिफाइड’ भएपछि मन्त्री तिमिल्सिनाले अनलाइनबाट भुक्तानी गरे। भुक्तानी सफल भएलगत्तै टेलिकमले हुलाकमार्फत सूचना तथा सञ्चार मन्त्रालयमा ‘फिजिकल’ सिम उपलब्ध गराएको थियो। हुलाक सेवाका कर्मचारी पुस्कर बस्नेतले उक्त सिमकार्ड मन्त्री तिमिल्सिनाले दिएको ‘स्थान’ मा पुर्याएका थिए। मन्त्री डा तिमिल्सिनालाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले संयुक्त रूपमा उक्त सिमकार्ड हस्तान्तरण गरिन्। मन्त्री डा तिमिल्सिनाले आवेदन गर्नुभएको करिब आधा घण्टामा सिमकार्ड तोकिएको ‘स्थान’ मा आइपुगेको थियो। सहरी क्षेत्रमा अनलाइन आवेदन स्वीकृत र भुक्तानी भएको करिब दुई घण्टा र ग्रामीण भेकमा तीन दिनमा आवेदकलाई सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखिएको छ। सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले हुलाक–सिम सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन दिए। उनले भने, “डेलिभरीमा व्यक्त गरिएभन्दा अघि नागरिकको हातमा सिमकार्ड पुर्याउने प्रयास गर्नुहोला।” नागरिकले चाहेकै स्थानमा सिमकार्डलगायत सरकारी सेवा पुर्याउन सकेको खण्डमा समय र रकम बचत हुने भन्दै उनले सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने प्रयास जारी रहेको बताए। हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गरिने सरकारले हुलाक सेवालाई सुदृढ गर्दै आधुनिक सरकारी कुरियर सेवाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले यो सिम डेलिभरी सेवा सोही प्रतिबद्धताको एउटा महत्त्वपूर्ण पाइला भएको बताए। उनले आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवा अनलाइनमा आधारित बनाउन आग्रह गरे। सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले टेलिकमको सिम बिक्री वितरणको विद्यमान व्यवस्थामामा हुलाक–सिम सेवा नयाँ ‘डिपार्चर’ भएको बताए। “यो सुरुआत हो, यसको दिगोपनामा दुवै पक्षले ध्यान दिनुपर्छ”, उनले भने, “हल्कारालाई पनि आवश्यक तालिम र अभिमुखीकरण गर्नुपर्छ ।” टेलिकमका प्रबन्ध निर्देशक पहाडीले आजदेखि नागरिकले माग गरेकै स्थानमा भौतिक सिमकार्ड पुर्याउने व्यवस्था गरिएको बताउनुभयो । हुलाक सेवा विभागका महानिर्देशक भट्टराईले सहर तथा दूरदराजका नागरिकले सहजै सिमकार्ड पाउने चाहना सरकारले पूरा गरेको बताइन। रासस The post नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पाइने, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्याइदिने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह
चलचित्र ‘बाटुलो जून’ को छायाङ्कनका क्रममा खिचिएका दृश्य निर्माण पक्षको अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै सनराइज पिक्चर्स प्रालिले त्यस्ता सामग्री हटाउन आग्रह गरेको छ। निर्माण कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै छायाङ्कनका दृश्य रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा डिजिटल माध्यमबाट प्रसारण गर्ने कार्यले चलचित्रको प्रचार योजनामा असर पार्ने र प्रतिलिपि अधिकारसमेत उल्लङ्घन हुन सक्ने जनाएको हो। निर्माण पक्षका ...

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा ९ अर्बभन्दा बढी रकम
सरकारले आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल ९ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ। नेपल दू्सञ्चार प्राधिकरणमार्फत उपकरण आयातका लागि तीन अर्ब ५४ करोड तथा व्याण्डविथ भुक्तानीबापत ५ अर्ब ५५ करोड बराबरको विदेशी मुद्राको सिफारिस गरी कूल ९ अर्बभन्दा बढीको अनुमति प्रदान गरेको हो। विसं २०५४ फागुनमा गठित प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक संस्था हो। प्राधिकरणका सूचना ...

गल्तीले मोबाइल नम्बर भयो डिलिट ? नआत्तिनुहोस्, यसरी सजिलै गर्नुहोस् रिकभर
काठमाडौं । स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै नजान सक्छ । तर चिन्ता गर्नुपर्ने कुनै कारण छैन किनभने हामी तपाईंलाई सिकाउँछौं कि आफ्नो स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई कसरी रिकभर गर्ने ।यो स्मार्टफोनको युग हो, र कुनै पनि सम्पर्क नम्बर सम्झन आवश्यक पर्दैन् । तर, यदि कुनै प्राविधिक समस्याका ...


