Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/आइटेल नेटवर्कको अनुमतिपत्र खारेज

आइटेल नेटवर्कको अनुमतिपत्र खारेज

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइटेल नेटवर्कको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी प्राधिकरणबाट आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँलाई मिति २०७८ / ०६/१३ मा प्रदान गरिएको नेटवर्क सेवा प्रदायक (अनुमतिपत्र नं. भि.ज. ६-३१) र इन्टर्नेट (इमेल सहित) सेवा (अनुमतिपत्र नं. फि.ज.१-१७८) को अनुमतिपत्र नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो। ‘नवीकरणका लागि तोकिएको अवधिभित्र निवेदन पेश नगरेको तथा नियमानुसार नवीकरण दस्तुर समेत नबुझाएकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको नेटवर्क सेवा र इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८३/०६/१३ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ। प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ। अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने पनि उल्लेख छ। The post आइटेल नेटवर्कको अनुमतिपत्र खारेज appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड
प्रविधिJust now

विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड

विद्युतीय फोहोर (इ–वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत वातावरण संरक्षण, हरित उद्यमशीलता, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा काठमाडौंमा आयोजित ‘ग्रीन डिजिटल नेपालः इ–वेस्ट संवाद २०२६’ मा सहभागी वक्ताहरूले विद्युतीय फोहोरलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई आर्थिक तथा औद्योगिक विकासको अवसरका रूपमा समेत लिनुपर्ने बताएका हुन्। आहा नेपालको आयोजना तथा ...

टेक्नोलोजी खबर
‘म उद्यमी’ ट्रेडमार्कसहित महिला उद्यमीका उत्पादनको प्रदर्शनी: १०० भन्दा बढी स्टल रहने
प्रविधिJust now

‘म उद्यमी’ ट्रेडमार्कसहित महिला उद्यमीका उत्पादनको प्रदर्शनी: १०० भन्दा बढी स्टल रहने

२९ असोज, काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले सानेपास्थित हेरिटेज गार्डेनमा ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) को प्रयोगसहित महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी सुरु गरेको छ। देशभरका १०० भन्दा बढी महिला उद्यमीहरूको सहभागिता रहने यस प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाका, गलैँचा, अर्गानिक खाद्य पदार्थ र हस्तकलाका सामाग्री राखिएका छन्। यस अभियानले Nepalese महिला उद्यमीहरूका उत्पादनलाई […] The post ‘म उद्यमी’ ट्रेडमार्कसहित ...

आइसिटी फ्रेम
साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक: लगातार तेस्रो वर्ष जिते लिडिङ रिभरफ्रन्ट अवार्ड
प्रविधिJust now

साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक: लगातार तेस्रो वर्ष जिते लिडिङ रिभरफ्रन्ट अवार्ड

२९ असोज, काठमाडौं। पृथ्वी राजमार्गको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (SATA) २०२६ मा लगातार तेस्रो वर्ष ‘लिडिङ रिभरफ्रन्ट रिसोर्ट’को उपाधि जित्दै ह्याट्रिक गरेको छ। काठमाडौं र पोखराको मध्यभागमा रहेको यो रिसोर्ट पारिवारिक छुट्टी, स्विमिङ, आउटडोर जाकुजी र इभेन्टका लागि Nepalese तथा अन्तर्राष्ट्रिय पर्यटकको रोजाइ बन्दै गएको छ। पृथ्वी राजमार्गमा पर्ने चितवनको चुम्लिङटारस्थित […] The post साटा अवार्डमा सिद्धार्थ ...

आइसिटी फ्रेम
कजारिया रमेश टायल्सको वीरगंजमा नयाँ शोरूम, बजार विस्तार
प्रविधिJust now

कजारिया रमेश टायल्सको वीरगंजमा नयाँ शोरूम, बजार विस्तार

२९ असोज, काठमाडौं। नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्स संचालनमा ल्याएको छ। यस नयाँ शोरूममार्फत वीरगंज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध सङ्ग्रह सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। नयाँ शोरूमको औपचारिक उद्घाटन […] The post कजारिया रमेश टायल्सको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play