श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षे अस्पतालमा भर्ना

काठमाडौं– श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे स्वास्थ्यमा एक्कासि गम्भीर समस्या आएपछि अस्पताल भर्ना भएका छन् । राजपाक्षेको राजनीतिक दल ‘श्रीलङ्का पोदुजाना पेरामुना’ ले दिएको जानकारीअनुसार सोमबार बिहान अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । हाल उनको चिकित्सकहरूले गहन निगरानीमा आईसीयूमा राखेर उपचार गरिरहेका छन् । उनकी श्रीमती शिरान्ती राजपाक्षे पनि श्रीलंकाको प्रहरीको नियन्त्रण रहेकै बेला राजपाक्षे अस्वस्थ भएका छन् । यसबीच शिरान्तीको अग्रिम जमानत याचिकालाई अदालतले खारेज गरिदिएको छ । शिरान्तीलाई घूसखोरी तथा भ्रष्टाचार अनुसन्धान आयोगका अधिकारीहरूले बयान लिएपछि उनको किरुलापोनेस्थित निवासबाटै गिरफ्तार गरेका थिए । कोलम्बोस्थित ‘लेडी रिडवे चिल्ड्रन्स हस्पिटल’लाई एउटा सीटी स्क्यानर मेसिन खरिद गरी हस्तान्तरण गर्न ‘सिरिलिया सेविया’ नामक संस्थाको माध्यमबाट १० मिलियन श्रीलङ्काली रुपैयाँ सङ्कलन गरिएको उनीमाथि आरोप छ । आरोपअनुसार उक्त मेसिन अस्पताललाई नदिई रकम हिनामिना गरिएको थियो । सोही भ्रष्टाचार मुद्दामा गिरफ्तारीबाट बच्न शिरान्तीले दायर गरेको अग्रिम जमानत याचिकालाई कोलम्बोका मजिस्ट्रेटले विचार विमर्शपछि खारेज गरिदिएका हुन् । राजपाक्षे परिवारमाथि भइरहेको कानुनी कारबाही शिरान्तीमा मात्र सीमित छैन । महिन्दा राजपाक्षेका जेठा छोरा, सांसद तथा विपक्षी नेता नमल राजपाक्षे पनि वित्तीय गडबडीका फरक फरक मुद्दाहरूमा छानबिनको दायरामा छन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको... ...

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायले देशका डार्फर र कोर्दोफान क्षेत्रमा... ...

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबी... ...

इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई
पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आफूले शासन गर्दै आएको खैबर पख्तुनख्वा प्रान्तको सत्ता संघीय सरकारले आफ्नो नियन्त्रणमा लिएको निर्णयलाई अदालतमा चुनौती दिने तयारी गरेको छ । पीटीआईका केन्द्रीय सूचना सचिव शेख वकास अक्रमले अलजजिरासँग कुरा गर्दै आइतबार लागू गरिएको संकटकालीन व्यवस्था र गभर्नर शासनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार ...


