Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु

हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु

10/14/2026, 4:57:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु

काठमाडाैँ । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् । बुधबारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा शुरु गरिएको छ । बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुभारम्भ गरेका हुन् । मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड समेत लिए । सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पु¥याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा समेत जोड दिए । उनले हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने गरी हुलाकको क्षमता विस्तार गरिने समेत बताए । उनले भने, “हुलाकको आफ्नै स्ट्रेन्थ पनि छ, लिमिटेसन पनि छ । आफ्नो स्ट्रेन्थको अधिकतम उपयोग गरेर तपाईहरुले प्लान गर्नुभएको समयभन्दा अगाडि पुर्याउन कोशिस गर्नुहोला । हामीले विस्तारै हुलाक सेवालाई थप प्रभावकारी पनि बनाउँदैछौँ । हुलाको क्षमाता विस्तार पनि गर्दैछौँ । भोलिको दिनमा एक दुई दिनमा नभई केही घण्टाभित्रै डेलिभरी गर्नसक्ने गरी यसको क्यापासिटी बिल्ड गर्नुपर्छ । शहरी क्षेत्रमा अझै छिटो गर्न सकिन्छ । सिम डेलिभरीको अभ्यासलाई पनि हेरेर सिम डेलिभरीमा कति समय लागिरहेको छ, यसबाट सेवाग्राही खुसि हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेरेर केही कुरा सुधार पनि गर्नुपर्छ होला । तर अहिलेको लागि यो एकदमै ठिक छ । दुवै संस्थालाई यसको सुरुवात गरेकोमा धन्यावाद समेत ज्ञापन गर्न चाहान्छु । यसबाट नेपाल टेलिकमले समेत सेवाग्राही खुसिको लाभ लिन सकोस् । र हुलाकलाई पनि केही प्रभावकारी बनाओस् । हामीले राज्यका सबै निकायलाई प्रभावकारी बनाउँदै लैजाने हो । नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने कुरामा हामी सबै लाग्नुपर्छ ।” सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यबाट टेलिकमको सेवा नागरिकको पहुँचमा पु¥याउन सहज हुने उनको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दसैँमा किनमेल गर्नेहरूको भिड
ताजा खबरJust now

दसैँमा किनमेल गर्नेहरूको भिड

काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भिड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक,... ...

रातोपाटी
सकियो दीपेन्द्र निर्देशित फिल्म ‘श्रीमान् श्रीमती’ को छायांकन
ताजा खबरJust now

सकियो दीपेन्द्र निर्देशित फिल्म ‘श्रीमान् श्रीमती’ को छायांकन

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ। तीन हप्तामा चलचित्रको छायांकन सकिएको हो। काठमाडौंका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको थियो। सिनेमाको गीतको समेत छायांकन सकिसकेको छ। पारिवारिक कथामा बनेको फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन्। पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको य... ...

नेपालखबर
विपत्तिको शृङ्खलाबिच जनतामा निराशाको बादल
ताजा खबरJust now

विपत्तिको शृङ्खलाबिच जनतामा निराशाको बादल

आज ट्याक्सी यात्राका क्रममा चालकसँग सामान्य कुराकानीबाट सुरु भएको संवाद बिस्तारै नेपालको इतिहास, वर्तमान राजनीति र जनताले भोगिरहेको दुःखतर्फ मोडियो । चालकले कुरा सुरु गर्दै भने, ‘सर, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री... ...

रातोपाटी
औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
ताजा खबरJust now

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं।औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशकस्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play