Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रसुवाको पर्यटन क्षेत्रमा पुनर्जीवन

रसुवाको पर्यटन क्षेत्रमा पुनर्जीवन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवाको पर्यटन क्षेत्रमा पुनर्जीवन

रसुवा।रसुवाको पर्यटन क्षेत्रले पुनर्जीवन पाएको छ। बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माण भएसँगै पर्यटन क्षेत्रमा उत्साह पलाएको हो। गत भदौ १० गतेको प्रलयकारी बाढीले फलाखु खोलाको पुल बगाएपछि झन्डै डेढ महिनादेखि सो क्षेत्र सुनसान बन्न गएको थियो। नेपाली सेनाको प्रयासमा ४७ दिनपछि अन्ततः बेलीब्रिज सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक नाका र पर्यटकीय जिल्ला रसुवा लयमा फर्किँदै छ। करिब ७४ मिटर लामो बेलीब्रिज निर्माण गरेर सेनाले असम्भवलाई सम्भव तुल्याएपछि सवारीसाधनको हर्न गुञ्जिन थालेका छन्। पुल बनेसँगै विश्वकै प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङ र पवित्र तीर्थस्थल गोसाइँकुण्डको फेदीमा पर्यटकहरूको लर्को लाग्न थालेको छ। पर्यटकीय याममा यातायात सञ्चालन हुँदा लामो समयदेखि थला परेको पर्यटन व्यवसायमा एकाएक परिवर्तन छाएको छ। आज (बुधबार) बिहान मात्रै विदेशी पर्यटक बोकेका गाडीहरूको ताँती सदरमुकाम धुन्चे हुँदै लाङटाङको प्रवेशद्वारतर्फ हुइँकिएका छन्। यातायात सेवा सञ्चालनमा आएसँगै स्थानीयमा खुसी छाएको छ। चारैतिर हिमालले घेरिएको रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद हुँदा यहाँको जनजीवन कष्टकर बनेको थियो। अर्बौको लगानी रहेको पर्यटन उद्योग नै धरासायी हुने जोखिम बढेको थियो। पुल खुलेपछि अहिले रसुवा भित्रिने पर्यटक र स्थानीय व्यवसायीमा नयाँ ऊर्जा थपिएको छ। धुन्चेका स्थानीय होटल व्यवसायी निशान गजुरेल उमङ्गित हुँदै भन्छन्, “बाढीले पुल बगाएपछि हाम्रा होटलहरू रित्तिएका थिए, बुकिङहरू धमाधम रद्ध हुँदा यो सिजन नै बर्बाद हुने हो कि भन्ने ठूलो चिन्ता थियो। बेलीब्रिज बनेपछि आजैबाट पर्यटकको चहलपहल सुरु भयो। यो हाम्रा लागि दशैं–तिहारभन्दा ठूलो खुसीको कुरा हो, अब रसुवाको पर्यटन जुर्मुराएको छ।” बेलीब्रिजमार्फत आवागमन सहज भएसँगै चाडपर्वको समयमा घर फर्किने सर्वसाधारण, आन्तरिक पदयात्री र बाह्य पर्यटकका लागि हिमाली यात्रा निकै सुरक्षित र सुलभ बनेको छ। लामो समयको सन्नाटालाई चिर्दै रसुवाका होटल, रिसोर्ट र पदमार्गहरू फेरि विदेशी र स्वदेशी पाहुनाले भरिभराउ हुन थालेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
ताजा खबरJust now

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त

फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

कान्तिपुर
झिझिया नृत्यबारे बहस
ताजा खबरJust now

झिझिया नृत्यबारे बहस

जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

गोरखापत्र
पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
ताजा खबरJust now

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला

पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play