नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी

काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो । काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो । नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक विरासत, मौलिक इटालियन डिजाइन र थप शक्तिशाली राइडिङ अनुभवलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले जनाएको छ । ‘एन इटालियन मास्टरपिस’ अर्थात् इटालियन कलाको उत्कृष्ट नमुना का रूपमा परिचित भेस्पाले आफ्नो विशिष्ट डिजाइन, आकर्षक बनावट र छुट्टै पहिचानमार्फत विश्वभरका राइडरमाझ विशेष स्थान बनाएको छ । दशकौँदेखि कायम रहेको यसको ऐतिहासिक विरासत र कालजयी डिजाइनले भेस्पालाई यातायातको साधनमा मात्र सीमित नराखी जीवनशैली र व्यक्तिगत पहिचानको प्रतीकका रूपमा स्थापित गरेको छ । नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले यही ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै नेपाली ग्राहकलाई १५० सिसी क्षमतामा थप शक्तिशाली विकल्प उपलब्ध गराएको छ । भेस्पाको मौलिक इटालियन शैली, आकर्षक डिजाइन र विशिष्ट पहिचानलाई कायम राख्दै ल्याइएको नयाँ मोडलले स्टाइलसँगै दैनिक यात्रामा थप पावर खोज्ने राइडरको अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । डेल्टा अटोकर्प प्रा. लि.का निर्देशक केतन भिमसारियाले भने, “नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी इटालियन डिजाइन र प्रतिष्ठित शैलीलाई कायम राख्दै अझ शक्तिशाली राइडिङ अनुभव प्रदान गर्न चाहन्छौँ ।” भेस्पा लामो समयदेखि स्कुटरभन्दा बढी व्यक्तिगत शैली, मौलिकता र जीवनशैलीको प्रतीकका रूपमा परिचित छ । पुस्तौँदेखि राइडरलाई आकर्षित गर्दै आएको यसको पहिचानलाई कायम राख्दै नयाँ १५० सिसी मोडलले नेपाली बजारमा भेस्पाका विकल्पलाई थप विस्तार गरेको छ । स्कुटर सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि, शुभचिन्तक तथा भेस्पाका पारखीहरूको उपस्थिति थियो । कार्यक्रममा बोल्दै डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीको सार्वजनिकरण कम्पनी र नेपालका भेस्पा ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले नयाँ भेस्पा १५० मा इटालियन डिजाइनका साथै आधुनिक प्रविधि र उत्कृष्टि पर्फर्मेन्स पनि हुने बताए । साथै, नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यो स्कुटरले नेपाली ग्राहकलाई स्टाइलका साथै आराम र पावरको पनि उत्कृष्ट अनुभव प्रदान गर्ने उनको विश्वास छ। उनले भने, “भेस्पाको समृद्ध ऐतिहासिक विरासत र विशिष्ट पहिचानले पुस्तौँदेखि राइडरहरूलाई आकर्षित गर्दै आएको छ । नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी स्टाइल र मौलिक पहिचानमा कुनै सम्झौता नगरी थप शक्तिशाली विकल्प उपलब्ध गराउन पाउँदा खुसी छौँ । देशभर विस्तार हुँदै गएको हाम्रो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।” सार्वजनिक भएका नयाँ स्कुटरको नेपाली बजारको मूल्य १५० सीसीको ४ लाख ३५ हजार र एस १५० सीसीको मूल्य ४ लाख ५१ हजार तोकिएको छ । नेपालमा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत भेस्पाको उपस्थिति विस्तार गर्दै आएको डेल्टा अटोकर्पले नयाँ मोडलसँगै ग्राहकका लागि उपलब्ध विकल्पलाई थप फराकिलो बनाएको छ । इटालियन डिजाइन, विशिष्ट पहिचान र दैनिक यात्राका लागि उपयुक्त स्कुटर खोज्ने ग्राहकलाई नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले आकर्षित गर्ने कम्पनीको अपेक्षा छ । नयाँ मोडलका विशेषता तथा उपलब्धताबारे थप जानकारी लिन ग्राहकहरूले नेपालभर रहेका भेस्पाका आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ...
रामपुरमा स्थायी लेखा नम्बर दर्ता सेवा सुरू
इमान सिं रानारामपुर (पाल्पा), असोज २७ गते । पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (पान नं.) वितरण सेवा सुरु गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल... ...

गुल्जार नयाँ बसपार्क : दसैँमा घर जान टिकट छ, बाटो राम्रो छैन (भिडियो रिपोर्ट)
काठमाडौँ । दसैँ सुरू भएसँगै राजधानी काठमाडौं उपत्यकामा विभिन्न पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा रहेकाहरू आफ्नो स्थायी थातथलो फर्किन थालेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा उपत्यकाबाट बाहिरिनेहरूको थामिनसक्नु भिड... ...

उद्योगमन्त्री र दक्षिण कोरियाका उच्चायुक्तबीच भेटघाट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उच्चायुक्तले मन्त्रीलाई नयाँ नियुक्ति भएकोमा बधाई ज्ञापन गर्नुका साथै हालै आएको बाढीपहिरोका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । छलफलमा नेपाल र दक्षिण अफ्रिकाबीचको […] ...


