साइबर अपराध नियन्त्रण र नागरिक गुनासो सम्बोधन गर्न एकीकृत संयन्त्र बन्दैछ : आईजीपी कार्की

काठमाडौं, असोज ३० । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै आईजीपी कार्कीले यस्तो जानकारी दिनुभएको हो । उहाँले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी पनि दिनुभयो । पछिल्लो समय तीव्र गतिमा बढिरहेको वित्तीय तथा साइबर अपराध रोकथामका लागि एउटै प्लेटफर्मबाट नागरिकका गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी पनि आईजीपी कार्कीले दिनुभयो । ‘पछिल्लो समय तीव्र गतिमा बढिरहेको वित्तीय तथा साइबर अपराध रोकथामका लागि नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्ने काम अघि बढिसकेको छ,’ उहाँले भन्नुभयो । ‘विपदमा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसका अवसरमा आइजीपी कार्कीले राष्ट्रसेवाका क्रममा हालैको भोटेकोशी, त्रिशूली विपद्लगायत विभिन्न कालखण्डमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । यस्तै उहाँले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठन निर्माणमा योगदान पुर्याउने सम्पूर्ण पूर्व तथा बहालवाला प्रहरीहरूप्रति आभार व्यक्त गर्नुभयो । आगामी दिनमा आइपर्ने विपद् सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासमा सरकारले जोड दिएको जानकारी पनि आईजीपी कार्कीले दिनुभयो । यस्तै उहाँले यसै अवसरमा विमोचित ‘पुलिस मिरर’ ले प्रहरीको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्ने विश्वास व्यक्त गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त
३० असोज, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० वटा सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका निकायमा नयाँ नियुक्ति तथा पदपूर्ति गरिएको हो । अर्यालले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… ...

मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
३० असोज, जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए । मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण… ...

गगन थापाको शपथ र पदबहाली भोलि
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम… ...



