Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाली चङ्गा भनेको 'फाइटर काइट' हो

नेपाली चङ्गा भनेको 'फाइटर काइट' हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली चङ्गा भनेको 'फाइटर काइट' हो

BBC राजधानी काठमाण्डूमा वसन्तपुर दरबार स्क्वायरमा रहेको काष्ठमण्डप मन्दिर नजिकैको गल्लीमा नाम नराखिएको सानो चङ्गा पसल छ। ५३ वर्षदेखि निरन्तर चलिरहेको यो पसलमा अहिले अधिकांशत: आयात गरिएका आधुनिक डिजाइनका कागज र प्लास्टिकका चङ्गा, धागो र लट्टाईहरू पाइन्छ। यो पसलको विशेषता - यहाँ अझै नेपाली चङ्गा पनि पाइन्छ। पसलका मालिक प्रतापमान श्रेष्ठका बुवाले सुरु गरेको यो पसल वर्षमा एक पटक मात्र खुल्छ। उनका लागि यो पसलले उनका बुवासँगको भावनात्मक साइनो पनि राख्छ। "चङ्गा पसल चलाउन नछोड्नू" भन्ने बुवाको आज्ञा पालन गर्दै उनी यो पसल चलाउने कामलाई निरन्तरता दिन चाहन्छन् र नेपाली चङ्गा खोज्न आउनेहरूका लागि आफूले सकून्जेल बनाइरहन चाहन्छन्।उनी आफू पछिको पुस्ताले नेपाली चङ्गा बनाउन सिक्न नचाहेको ठान्छन् किनभने आधुनिक चङ्गा सुपथ मूल्यमा निर्यात गर्न सकिन्छ।"सानैमा बुवाले चङ्गा बनाएको हेरेर मैले चङ्गा बनाउन सिकेँ। मलाई निकै रुचि थियो। तर पछिको पुस्तालाई रुचि नभई सिकाउन सकिँदो रहेनछ," श्रेष्ठले भने। उनका छोरा चङ्गा त बनाउन्नन् तर चङ्गाको व्यापारमा लागेका छन्। ।पाँच दशकभन्दा पुरानो चङ्गा पसलको व्यापार अहिले उनकै छोराले सम्हाल्न खोजिरहेको उनी बताउँछन्। "आयात गरेरै बेच्दा सहज र फाइदा राम्रो हुने हुँदा हातले गर्ने यो काम झन्झटिलो हुन्छ नि," उनी भन्छन्।उनका अनुसार अहिले बजारमा धेरैजसो भारत र केही चीनबाट आयात गरिएका चङ्गा, लट्टाई र धागो पाइन्छ। बजारमा पाइने चङ्गाहरू बीस रूपैयाँदेखि माथि रहेको उनले बताए। काठमाण्डू उपत्यकामा रहेका पसलहरूमा धेरैजसो देखिने प्लास्टिकका बुट्टे र कार्टुन छापवाला चङ्गा भारतबाट पनि आउँछन्। नेपाली कागजबाट बनेको चङ्गाको मूल्य अहिले १५० रूपैयाँदेखि सुरु हुने श्रेष्ठ बताउँछन्।नयाँ पुस्तालाई चङ्गा बनाउने काममा रुचि जगाउन सके हराउन थालेको चङ्गा बनाउने परम्परा जोगिन्थ्यो भन्ने उनको धारणा छ। "चङ्गा भनेको पनि हाम्रो संस्कृति हो। चङ्गा बनाउने कला एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै गयो भने न हाम्रो संस्कृति जोगिन्छ," उनले भने। त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक निर्मालमान तुलाधर चङ्गाका सोखिन हुन्। उनका अनुसार नेपाली चङ्गाको विशेषता भनेको आकाशमा जुधाउन उपयुक्त चङ्गा हो जसलाई 'फाइटर काइट' पनि भनिन्छ।नेपाली चङ्गालाई विदेशी चङ्गाले पुनर्स्थापन गर्दै गएको कुरा ‍औँल्याउँदै उनले बीबीसी न्यूज नेपालीलाई भने, "नेपाली चङ्गा बनाउने मानिसहरू हराउँदै गएको देखिन्छ। नेपाली चङ्गालाई आयात गरिएका सस्तो र उडाउन पनि सहज चङ्गाहरूले विस्थापन गरिरहेका छन्।"तुलाधरका अनुसार नेपालमा चङ्गा उडाउनेबारे दुई किम्वदन्ती छन् – बर्खाभर परेपछि अब पानी पुग्यो भनेर इन्द्र भगवानलाई चिठ्ठीरूपी चङ्गा उडाइन्छ। दोस्रो परिवारमा बितेका आफन्तको वैकुण्ठ बास होस् भनेर पनि उडाइन्छ। बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
ताजा खबरJust now

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...

नेपालन्युज
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
ताजा खबरJust now

चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग

• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

नेपालबहस
पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
ताजा खबरJust now

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

केन्द्रबिन्दु
सीजेपीका संस्थापक अभिजित दिपके रिहा
ताजा खबरJust now

सीजेपीका संस्थापक अभिजित दिपके रिहा

शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्‍नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play