करदाता प्रोत्साहन उपहार कार्यक्रम: असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान

काठमाडौँ । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गतेसम्म तोकिएको छ। विभागका अनुसार पाक्षिक रूपमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत २०८३ असोज १६ देखि ३१ गतेसम्मको अवधिमा जारी भएका खरिद बिलका आधारमा उपहार कुपन वितरण गरिनेछ। सो अवधिको उपहार कुपन कात्तिक १ गते खोली विजेता घोषणा गरिने विभागले जनाएको छ। कार्यक्रममा सहभागी हुन तोकिएको अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको आधिकारिक पोर्टल https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्टि गर्नुपर्नेछ। विवरण प्रविष्टिपछि उपभोक्ताले उपहार कुपन प्राप्त गर्न सक्नेछन्। विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने स्पष्ट पार्दै वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ। त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले अनुरोध गरेको छ। The post करदाता प्रोत्साहन उपहार कार्यक्रम: असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ निर्देशिका जारी गरिएको हो। नयाँ निर्देशिकाले ...

बुद्धि कारखाना
बाल्यकालमा सानोतिनो बिगार गर्दा ठूलाबडाले भन्थे, ‘पाँच पैसा दिन्छु, जा बुद्धि किनेर आइज!’ आज त्यो ठट्टा यथार्थ बनेको छ; बुद्धि साँच्चै किनेर पाइने भयो। त्यो किनेर पाइने बुद्धि हो कृत्रिम बुद्धिमत्ता (एआई), अर्थात् कारखानामा उत्पादन हुने बुद्धि। ‘बुद्धि कारखाना’ (एआई फ्याक्ट्री) एउटा यस्तो विशेष कम्प्युटिङ पूर्वाधार हो, जसले विशाल परिमाणका तथ्यांक प्रशोधन गरी कृत्रिम बुद्धिमत्ताका मोडेलहरूको विकास, प्रशिक्षण र सञ्चालन गर्छ, ...

दसैँसँगै बाँचेका गुणबहादुरहरु
ख्वप (भक्तपुर) । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ ।दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो बिक्रीमा निरन्तर लागि पर्दै आएका छन् ।भक्तपुरमा दसैँको रौनक अलि फरक छ । भोजमा खसीबोकाभन्दा राँगाको मासुको विशेष महत्व छ । टोलटोलमा राँगो काट्ने र त्यसको ...

दसैँसँगै बाँचेका गुणबहादुरहरु
भक्तपुर । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ। दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो... ...


