Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, बैठक भोलिसम्म स्थगित

सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, बैठक भोलिसम्म स्थगित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, बैठक भोलिसम्म स्थगित

धनगढी, असोज २६ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आज बिहान ८ बजेका लागि बोलाएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारेको जनाएको छ। सरकारले प्रस्तुत गरेको बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि बढेको स्रोतले दाबी गरेको छ। केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ। आजै बजेट पारित गर्ने तयारीसहित प्रदेशसभा बैठक बोलाइएको थियो। तर, सत्तारुढ दलकै सांसदहरूले बजेटको विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि सरकारलाई बजेट पारित गराउन कठिन हुने देखिएको छ। यही राजनीतिक अन्योलका कारण बैठक स्थगित गर्नुपरेको स्रोतको भनाइ छ। बजेट निर्माण प्रक्रियालाई लिएर अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालमाथि एकलौटी निर्णय गरेको आरोपसमेत लागेको छ। पर्याप्त छलफल र परामर्शबिना सीमित व्यक्तिले बजेट निर्माणमा निर्णय गरेको भन्दै सत्तारुढ पक्षकै सांसदहरू असन्तुष्ट बनेका हुन्। बजेट विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाउनुभएको छ। मन्त्रीहरूसँगको छलफलमा बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्ने र प्रदेशसभाबाट बजेट पारित गराउने विषयमा कुराकानी हुने बताइएको छ। सत्तारुढ दलभित्रको विवाद तत्काल समाधान नभए बजेट पारित गर्ने प्रक्रिया थप लम्बिने देखिएको छ। आफ्नै दलका सांसदहरूको असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकार बजेट पारित गराउने चुनौतीमा परेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी
OthersJust now

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी

२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन… ...

अनलाइन खबर
तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार
OthersJust now

तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार

धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play