Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण

कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण

10/13/2026, 10:39:28 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि आउन थालेका हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना बाह्य पर्यटक कञ्चनजंघा हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् । केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही घुन्सा क्षेत्रमा अनुकूलन (एक्लिमिटाइजेसन) का लागि विश्राम गरिरहेका छन् । विशेष गरी साहसिक यात्रा, पदयात्रा (ट्रेकिङ) र हिमाल आरोहणका लागि कञ्चनजंघा रोज्ने विदेशी पर्यटकहरूको संख्या बर्सेनि बढ्दै गएको छ । यस याममा मुख्यतया फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत मुलुकबाट पर्यटकहरू आएको पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरू उत्साहित बनेका छन् । वर्षमा दुई पर्यटकीय याम कञ्चनजंघा क्षेत्रमा वर्षभरिमा दुई मुख्य पर्यटकीय याम हुन्छन्। पहिलो याम वसन्त ऋतुअन्तर्गत चैत, वैशाख र जेठमा चल्छ भने दोस्रो याम शरद ऋतुअन्तर्गत भदौदेखि मंसिरसम्म सञ्चालन हुन्छ । असार र साउनमा अत्यधिक वर्षाका कारण पदमार्ग अवरुद्ध हुने तथा पुस, माघ र फागुनमा हिमपातका कारण यात्रा जोखिमपूर्ण हुने भएकाले पर्यटक आगमन न्यून रहने गर्छ । पछिल्ला वर्षहरूमा बाह्यसँगै आन्तरिक पर्यटकको रोजाइमा पनि कञ्चनजंघा पर्न थालेको छ । विशेष गरी दशैं–तिहारको बिदामा नेपाली पर्यटकहरू परिवार तथा साथीभाइसहित आधार शिविरसम्म पुग्ने गरेका छन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला कञ्चनजंघा क्षेत्रका होटल तथा लजहरू आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । यद्यपि, आन्तरिक पर्यटकको आधिकारिक लगत भने जाँच चौकीमा दर्ता हुने गरेको छैन । पर्यटक आगमन बढेसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । पदयात्रा गाइड, भरिया, होटल तथा लज व्यवसायी, यातायात व्यवसायी र स्थानीय हस्तकला व्यापारीहरूको आम्दानी बढेको छ । व्यवसायीहरूका अनुसार यस याममा होटल व्यवसायको आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि हुने अनुमान गरिएको छ। विदेशी पर्यटकहरू लामो समय बस्ने भएकाले गाइड, पोर्टर र क्याम्पिङ सामग्रीको माग उच्च रहेको व्यवसायी फुपुछोहाङ शेर्पा बताउँछन् । आधार शिविर पुग्ने मार्गहरू समुद्री सतहबाट ८,५८६ मिटर उचाइमा रहेको कञ्चनजंघाको भ्रमण तथा अवलोकनका लागि उत्तरी र दक्षिणी गरी दुईवटा आधार शिविर रहेका छ । उत्तरी आधार शिविर ( पाङपेमा – ५,१४३ मिटर) : सदरमुकाम फुङ्लिङबाट सवारीसाधनमार्फत जापानटारसम्म पुगिन्छ । त्यसपछि करिब तीन दिनको पैदल यात्रापछि प्रसिद्ध घुन्सा गाउँ पुग्न सकिन्छ । घुन्साबाट थप दुई–तीन दिनको यात्रापछि उत्तरी आधार शिविर पाङपेमा पुगिन्छ । यस मार्गमा आधारभूत सुविधायुक्त होटल, लज र होमस्टेहरूको राम्रो व्यवस्था छ । दक्षिणी आधार शिविर (ओक्ताङ/यालुङ – करिब ४,७३० मिटर)ः फुङ्लिङ बजारबाट करिब सात घण्टाको सवारी यात्रापछि याम्फुदिन पुगिन्छ। त्यहाँबाट तीन दिनको पदयात्रापछि दक्षिणी आधार शिविर ओक्ताङ पुगिन्छ । यस मार्गमा पनि स्थानीय बस्ती, होमस्टे र गाइडहरूको सुविधा उपलब्ध छ । आरोहणको चुनौती र सम्भावना कञ्चनजंघा प्राविधिक हिसाबले आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये निकै कठिन र चुनौतीपूर्ण मानिन्छ । बदलिँदो मौसम, उच्च उचाइ (पातलो अक्सिजन) र हिमपहिरोको जोखिमका कारण यसको आरोहणमा उच्च स्तरको शारीरिक तयारी, तालिम र अनुभवी शेर्पाहरूको सहयोग अपरिहार्य हुन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र स्थानीय प्रशासनले यस क्षेत्रमा पर्यटन पूर्वाधार विस्तारका लागि नयाँ पदमार्गको विकास, भरपर्दो सञ्चार (इन्टरनेट) सुविधा, प्राथमिक स्वास्थ्य केन्द्र तथा पर्यावरणमैत्री शौचालय निर्माणमा जोड दिएका छन् । पदमार्गमा थप सूचनापाटी र आपत्कालीन उद्धारको भरपर्दो व्यवस्था मिलाउन सके कञ्चनजंघा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट साहसिक गन्तव्यका रूपमा स्थापित हुने स्थानीय व्यवसायीहरूको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दलहरूको साझा नियति : महाधिवेशन हुन्छ, प्रतिस्पर्धा हुँदैन
OthersJust now

दलहरूको साझा नियति : महाधिवेशन हुन्छ, प्रतिस्पर्धा हुँदैन

रास्वपा, कांग्रेस, एमालेले यसै वर्ष महाधिवेशन गरे । शक्तिशाली नेतृत्व चुन्दैगर्दा ती दलहरूभित्र आन्तरिक लोकतन्त्र बलियो बन्यो कि कमजोर ? अनलाइनखबरको एक विश्लेषण : ...

अनलाइन खबर
संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव
OthersJust now

संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

२७ असोज, विराटनगर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले प्रदेशबीचकाे सहकार्यलाई दिगो बनाउन प्रदेश आफैँमा सक्षम हुनुपर्ने बताएका छन् । तर प्रदेशहरूलाई अधिकार र वित्तीय स्रोत… ...

अनलाइन खबर
बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ
OthersJust now

बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ

२७ असोज, विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताएका छन् । विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापामगरले राज्य सञ्चालनमा नागरिकको पहुँच बढाउनु, स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउनु नै वास्तविक संघीयता भएको बताएका हुन् । 'संविधानले परिकल्पना… ...

अनलाइन खबर
खगेन्द्र सुनारले भने– ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
OthersJust now

खगेन्द्र सुनारले भने– ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु

२७ असोज, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play