Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/World/भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए

भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए

काठमाडौं, असोज २७ । भारतको नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने भएको छ। भारतीय प्रहरीले प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थल तोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब नयाँदिल्लीमा रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने व्यवस्था गरिएको छ। मतदाता नामावली तथा निर्वाचन व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागसहित प्रदर्शन भइरहेका बेला प्रहरीले यस्तो निर्णय गरेको हो। भारतीय संसद् भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको जन्तर–मन्तर लामो समयदेखि राजनीतिक र सामाजिक मुद्दामा विरोध जनाउने प्रमुख स्थलका रूपमा परिचित थियो। रणनीतिक स्थानमा रहेको जन्तर–मन्तरमा विभिन्न राजनीतिक दल, सामाजिक संस्था तथा नागरिक समूहले आफ्ना माग राख्दै प्रदर्शन गर्दै आएका थिए। जन्तर–मन्तरमा प्रदर्शन गर्न रोक लगाउने निर्णयसँगै भारतको राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध स्थलको व्यवस्थापनमा परिवर्तन हुने भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play