Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

10/14/2026, 4:14:44 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १८५ रुपैयाँको १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निर्णय गरेको छ । त्यसैगरी, १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ । नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ । सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई पनि लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैंकको ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको ८.२५ प्रतिशतका दरले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांश अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल आषाढ मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा वितरण गर्ने प्रस्ताव पारित भएको हो । यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ । सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावसमेत स्वीकृत गरेको बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अर्थ मन्त्रालय प्रक्षेपण : बाढीपछि खर्च बढ्यो, आम्दानीमा चाप पर्छ
OthersJust now

अर्थ मन्त्रालय प्रक्षेपण : बाढीपछि खर्च बढ्यो, आम्दानीमा चाप पर्छ

रसुवा-तातोपानी नाका बन्द तथा कर छुट लगायत प्रावधानले राजस्वमा क्षति पुग्ने र यसले स्रोतमा चाप पर्ने अनुमान अर्थले गरेको हो । ...

अनलाइन खबर
कबड्डीका ‘बिके’लाई सम्झिएर भक्कानिए विजय बराल ?
OthersJust now

कबड्डीका ‘बिके’लाई सम्झिएर भक्कानिए विजय बराल ?

काजीले केटी भेट्छन् पनि । बिहे गर्न खोज्छन् पनि । तर, यो जुनीमा उनलाई त्यस्तो मौका कहिल्यै जुर्दैन । अनि यसको साइड इफेक्ट भोग्नुपर्छ, बिकेले । यो पात्र सधैँ आशावादी छ । अक्कल पनि लगाउँछ । तर, त्यो अक्कल अरूकै लागि खर्चन्छ । जस्तो, काजीको लागि खिपेर प्रेमपत्र लेखिदिने उनै हुन् । ‘यो खोलाको कसम,… ...

अनलाइन खबर
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधि
OthersJust now

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधि

बुधबार भएको फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार संघ नेपाललाई ४–२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको उपाधि उचालेको हो । ...

अनलाइन खबर
सुदूरपश्चिम बजेट विवाद : एमालेले ह्वीप उल्लंघन गरेका दुई सांसदसँग स्पष्टीकरण सोध्यो
OthersJust now

सुदूरपश्चिम बजेट विवाद : एमालेले ह्वीप उल्लंघन गरेका दुई सांसदसँग स्पष्टीकरण सोध्यो

थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा सभामुख भीमबहादुर भण्डारीले होल्ड गरेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play