Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/न्यायाधीश हत्या प्रकरणमा बाबु पक्राउ : २ थान पेस्तोल, ३ म्यागजिनसहित १५ राउन्ड गोली बरामद

न्यायाधीश हत्या प्रकरणमा बाबु पक्राउ : २ थान पेस्तोल, ३ म्यागजिनसहित १५ राउन्ड गोली बरामद

10/15/2026, 11:09:10 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायाधीश हत्या प्रकरणमा बाबु पक्राउ : २ थान पेस्तोल, ३ म्यागजिनसहित १५ राउन्ड गोली बरामद

सर्लाही– सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित घरबाट पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रमुख रविन्द्रनाथ पौडेलका अनुसार थापाको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए । उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ । यसअघि पनि लामो खोजीपछि २०७१ सालमा पक्राउ परेका थापा चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए । न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरस्थित यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई हत्याको पृष्ठभूमिसँग जोडिएको थियो । उक्त प्रकरणमा दोषी ठहर भएपछि थापा जन्मकैदको सजाय भोगिरहेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
ताजा खबरJust now

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

कान्तिपुर
सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
ताजा खबरJust now

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो

काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

रातोपाटी
काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
ताजा खबरJust now

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

रातोपाटी
अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
ताजा खबरJust now

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play