Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकार फेरिए जनताको जीवनस्तर फेरिएन

सरकार फेरिए जनताको जीवनस्तर फेरिएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार फेरिए जनताको जीवनस्तर फेरिएन

हाम्रो देश नेपालमा सरकार परिवर्तन हुन्छ, परिवर्तन भएको सरकारले जनतालाई मीठो आश्वसन दिन्छन् तर ती आश्वसन कहिलै पूरा हुँदैनन् किन ? हिजोका पुराना दल कांग्रेस, एमाले माओवादीले जनताको आवाज सुनेनन् भनेर जनताले नया“ दल रास्वपालाई बहुमतको सरकार बनाउने अवसर दिएका छन् तर उसले पनि जनआवाज सुन्न सकेन भन्ने जनगुनासा आउन थालेका छन् । रास्वपाको लगभग दुईतिहाइको सरकार छ, जनता सडकबाट सरकार खोइ भनेर खोज्दैछन् । यो हिजोकै पारा होइन ? जनताले सरकार खोज्ने होइन सरकराले चाहिँ जनता खोज्नुपर्छ अनि मात्र सक्कली प्रजातन्त्र आएको मान्न सकिन्छ । जुन दलको समर्थनमा सरकार बने पनि हरेक नेपालीले मेरो सरकार भन्ने वातावरण बन्नुपर्छ । रास्वपाले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ भन्ने हर नेपालीको चाहना छ तर त्यसो हुँदाहुँदै कतै दुईतिहाइको भारी उसैको कारण लड्ने हो कि भन्ने अर्को चिन्ता लाग्न थालेको छ । रास्वपाकै सांसद मन्त्रीहरु प्रधानमन्त्रीको विरोधमा बोलेको सुनिन्छ यो शुभसंकेत होइन । घरभित्रको कुरा घरभित्र मिलाउन सकिएन भने त्यसले ठूलो विपत्ति ल्याउनसक्छ भन्ने कुरा पुराना दलहरुबाट रास्वपाले सिक्न अवश्यक छ । सरकारले जे गर्दा पनि मौनसमर्थन गर्नुपर्छ भन्ने होइन तर गर्दागदै गरेन भनेर कराउनु चाहिँ गलत हो । राज्यको हरेक संयन्त्रमा खिया लागेको छ । त्यसलाई सफा गर्न समय लाक्छ, धैर्य गर्नुपर्‍यो ।यो सरकार पा“च वर्ष टिकेन भने देश र जनताका लागि नै घाटा हो । अन्तर्राष्ट्यि जगतमा हाम्रो छवि बिग्रँदै गएको छ । यसलाई सुधार्न यस सरकारले पा“च वर्ष शासन चलाउनुपर्छ । राजनीति नितान्त सेवामुखी बन्न नसक्दा समस्या आएको हो । राजनीतिलाई व्यवसाय बनाउने काम नेताहरुले गरे जसका कारण यसको महत्व घट्यो । एमाले, कांग्रेस, माआोवादी सबै दलहरुलाई जनताले विश्वास गरेर बहुमतको सरकार बनाउने अवसर दिएका हुन् तर तिनीहरुले जनमतको भारी बोक्न सकेनन् । त्यसमा जनताको के दोष । सरकारले केही गरेन भन्ने होइन तर जनताले जति आस गरेका थिए त्यो चाहिँ भएन भन्ने हो । एकै पटक कायपलट हुन सक्दैन, सक्ने जति चाहिँ गर्नुपर्‍यो । कम्तीमा सरकार भएको आभास जनतामा हुनुपर्‍यो । सरकार परिवर्तनले मात्र जनताको मुहारमा परिवर्तन आउँदैन । त्यसका लागि केही जनमुखी काम गर्नुपर्‍यो । निम्न वर्गीय र मध्यमवर्गीय परिवारको सरकारसँग धेरै ठूलो अपेक्षा छैनमात्र उनीहरुको गा“स, बास, कपास, शिक्षा र औषधोपचारमा सर्वसुलभ हुनुपर्‍यो । यो जनताको नैसर्गिक अधिकार हो । यो सरकारले यति गर्न सक्दैन भने सरकार परिवर्तन गरेर के पाए जनताले ? अहिले बजारमा देखिएको ग्यासको अभावले प्रतक्ष्य असर सर्वसाधारणमा परेको छ । हुनेखानेका लागि फोनको भरमा ग्यास झर्छ । दिनभरि लाइन बसेर ग्यास नपाउने भनेको सर्वसाधारणले हो । मन्त्री परिवर्तन गर्नु समस्याको समाधान होइन । काम नगर्ने मन्त्रीले मन्त्रालय ओगटेर बस्नुको अर्थ छैन । आयल निगम भन्छ आउनुपर्ने भन्दा दोब्बर बढी ग्यास आयत गरिएको छ तर जनता ६ महिनादेखि एक सिलिण्डर ग्यासका लागि पसलपसल भौँतारिइरहेका छन् किन ? चाहिनेभन्दा बढी ग्या“स आपूर्ति भएपछि जनतले सहज पाउनुपर्ने होइन ? समस्या किन आयो कतै आयल निगमले गलत तथ्यांक दिएको त होइन ।कहा“नेर के समस्या भयो भनेर त्यो हेर्ने काम सरकारको होइन ? यस्तो अभावको मौका छोपेर ग्या“सको भाउ बढाइयो । के यो जायज हो ? ग्यासमात्र होइन हरेक वस्तुको भाउ दोब्बर बढेको छ । किन बढ्यो भनेर प्रश्न गर्ने ठाउँ छैन । जनता निरीह छन् । बजार व्यवस्थित गर्नुपर्ने सरकारको दाहित्व होइन ? किन सरकार मौन छ ? जनतालाई जसको नेतृत्वमा सरकार बने पनि खासै फरक पर्दैनमात्र उनीहरुको न्यूनतम आवश्यकता पूरा हुनुपर्‍यो जुन सुविधानमा लेखिएको छ । हरेक निर्वाचनको बेला मेरा जनता भन्ने नेता निर्वाचन जितेको भोलिपल्टदेखि भोट हालेर जिताउने तिनै जनतालाई चिन्दैनन् । हाम्रो दुर्भाग्य यस्तै छ । अस्पताल गयो डाक्टर चिन्नुपर्छ, कुनै काम लिएर सरकारी अड्डाअदालत गयो कर्मचारी चिन्नुपर्छ नत्र काम हुँदैन । यो देशमा कहिले जनमुखी काम होला भनेर जनता प्रश्न गरिरहेका छन्् । नेताको र जनताको दुरी बढ्ने होइन समान्तार हुनुपर्छ अनि मात्र जनताका समस्या नेताले बुझ्न सक्छन् । नेताले आफ्नो उपचार सरकारी अस्पतालमा गर्नुपर्छ, नेताका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्छ, नेतालाई दिँदै आएको सेवासुविधामा कटौती गर्नुपर्छ अनिमात्र जनता र नेताको हैसियत बराबरी हुन्छ । एकपटक विगतलाई फर्के{र हेरौं, राजाले बाधक भए भनियो र उनका विरुद्ध आन्दोलन भयो, पञ्चायत व्यवस्था ढल्यो र प्रजातन्त्र आयो । राजासहितको प्रजातन्त्र आयो, संविधान बन्यो । त्यस संविधानलाई एसियाकै उत्कृट संविधान भनियो । पछि त्यो संविधान काम लागेन र फेरि देशमा आन्दोलन भयो । आन्दोलनबाट लोकतन्त्रिक गणतन्त्र आयो । संविधानसभाले संविधान बनायो तर जनताले के पाए ? शासकहरु फेरिए जनताको जीवनस्तर फेरिएन । युवामा नैरास्य पैदा भयो, विदेश पलायन हुनेको लर्को लाग्यो । राजनीतिक संमक्षणमा महँगी र भ्रष्टाचार बढ्यो । त्यसपछि जेन–जी आन्दोलन भयो । जेन–जी आन्दोलनको उदेश्य के थियो र अहिले के भइरहेको छ ? त्यो जगजाहेर नै छ । उनीहरुको आन्दोलन सरकार फेर्नका लागि मात्र थिएन र व्यवस्थाको विरुद्धमा पनि होइन । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकार बन्यो । त्यस सरकारले ६ महिनामा निर्वाचन गर्‍यो । निर्वाचनबाट पुराना दल पाखा लागे, नया“ दल रास्वपाले बहुमतको सरकार बनायो तर दुःखका साथ भन्नुपर्छ यो सरकारले पनि जनमुखी काम गर्न सक्ला जस्तो देखिएन । प्रजातन्त्र आयो, त्यसपछि लोकतान्त्रिक गणतन्त्र आएको छ, अब के बाँकी छ ? अब कुन व्यवस्था ल्याउने ? जुन जोगी आए पनि कानै चिरेको भनेझैँ जनता सधैं भोकाका भोकै नांगाका नांगै । यो देशमा परिवर्तन सजिलोसँग आएको भएर नै यसको महत्व नभएको हो कि नत्र भने परिवर्तन संस्थागत गर्न किन सकिएन ? न नेताहरुले परिवर्तनलाई बुझ्न सके न जनताले यसलाई बुझ्न सके । हिजो पञ्चायती व्यवस्था र आज लोकतान्त्रिक गणतन्त्रमा फरक चाहिँ के छ ? हिजो राजामहाराजाको विरुद्धमा लेख्न बोल्न पाइँदैनथ्यो, आज नेताको विषयमा लेख्न बोल्न पाइँदैन । हिजो राजामहाराजा जसरी हिँड्थे अहिले नेता त्यसैगरी हिँड्छन् फरक चाहिँ के भयो त ? हिजो राजामहाराजासम्म जनताको पहुँच हुँदैनथ्यो आज पनि नेतासम्म जनताको पहुँच छैन फरक कहाँनेर भयो त ?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रातोपाटी
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
ताजा खबरJust now

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

रातोपाटी
हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
ताजा खबरJust now

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’

आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

नेपालखबर
फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play