सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने एक जना पक्राऊ

सामाजिक सञ्जालमा हिंसा फैलाउन उक्साउने, व्यक्तिको मर्यादामा आँच आउने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने किसिमका फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा धनुषाबाट एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ बस्ने क्रिमिनल नामले चिनिने २० वर्षीय राज यादवलाई असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१ बाट नियन्त्रणमा लिइएको हो। उनले सामाजिक सञ्जाल टिकटकमा हिंसा फैलाउन उक्साउने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने र धम्की दिने किसिमका भिडियो पोस्ट गरेको प्रहरीको भनाइ छ। यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उक्साउने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने किसिमका फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा अन्य चार जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। The post सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने एक जना पक्राऊ appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सिद्धार्थ बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न, १०% बोनस शेयर पारित
२८ असोज, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा मिति २०८३ आश्विन २८ गते बुधबार काठमाडौँ, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ। बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी रु. १४,७९,४४,७९,१९५/- (अक्षरेपी चौध अर्ब उनानअसी करोड चौवालीस लाख उनानअसी हजार एक सय पञ्चानब्बे रुपैयाँ […] The post सिद्धार्थ बैंकको २५औँ ...

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
२८ असोज, काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा मिति २८ असोज २०८३ मा (१४ अक्टोबर २०२६) काठमाडौँमा सम्पन्न गरेको छ। बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद-प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७३% नगद लाभांश वितरण […] The post नेपाल क्लियरिङ्ग हाउसको ...

सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध हुन मन्त्रालयको पत्राचार
२८ असोज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल,स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य सङ्घीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग,प्रतिष्ठान र अस्पतालमा कार्यरत […] The post सरकारी अस्पतालका कर्मचारीलाई ...

अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै
कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालय (सीडीयू)ले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताले उत्तरी क्षेत्रको पश्चिम अर्नहेमस्थित वार्डेकेन आदिवासी संरक्षित क्षेत्रमा समुदायको नेतृत्वमा सञ्चालन भइरहेको वन्यजन्तु अनुगमन कार्यक्रममा एआईको प्रयोगबारे अध्ययन गरेका थिए । उक्त कार्यक्रममा सांस्कृतिक र संरक्षणका ...


