अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालय (सीडीयू)ले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताले उत्तरी क्षेत्रको पश्चिम अर्नहेमस्थित वार्डेकेन आदिवासी संरक्षित क्षेत्रमा समुदायको नेतृत्वमा सञ्चालन भइरहेको वन्यजन्तु अनुगमन कार्यक्रममा एआईको प्रयोगबारे अध्ययन गरेका थिए । उक्त कार्यक्रममा सांस्कृतिक र संरक्षणका दृष्टिले महत्वपूर्ण वन्यजन्तुको निगरानी गर्न क्यामेरा ‘ट्र्याप’ प्रयोग गरिन्छ । यसले भूमि व्यवस्थापनमा परम्परागत भूमिधनी समुदाय र आदिवासी रेन्जरको सहभागिता सुनिश्चित गर्छ । वार्डेकेन भूमि व्यवस्थापन, चाल्र्स डार्विन विश्वविद्यालय र अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय राष्ट्रमण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ)का अनुसन्धानकर्ताले रेन्जरले सङ्कलन गरेको एक हजार ५७२ घण्टाको तथ्याङ्कमा ‘मेगाडिटेक्टर’ नामक एआईमा आधारित वन्यजन्तु पहिचान प्रणाली प्रयोग गरेका थिए । अध्ययनअनुसार, उक्त प्रविधिले विस्तृत विश्लेषण गर्नुपर्ने तस्बिरको सङ्ख्या नौ लाख २५ हजार ८८ बाट घटाएर एक लाख ७२ हजार २९० मा सीमित गरेको थियो । यससँगै तस्बिर प्रशोधन गर्न लाग्ने समय पनि छ महिनाबाट घटेर दुई महिनामा झरेको थियो । कार्यभार घटेपछि रेन्जरले भूमि व्यवस्थापन र वन्यजन्तुका प्रजाति पहिचानमा बढी समय दिन पाएका छन् । साथै, स्थानीय भाषाको अभिलेखीकरण तथा शैक्षिक सामग्री विकासजस्ता गतिविधिमा पनि उनीहरूलाई थप समय उपलब्ध भएको अनुसन्धानकर्ताले बताएका छन् । अध्ययनले एआईको प्रयोगबाट वन्यजन्तु अनुगमनलाई थप प्रभावकारी बनाउनुका साथै आदिवासी समुदायको संरक्षणसम्बन्धी काम र सांस्कृतिक ज्ञानको अभिलेखीकरणमा सहयोग पुग्न सक्ने देखाएको छ । The post अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ मा हरित प्रविधिबारे छलफल
काठमाडौं । नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक सामाग्रीको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोर (ई-वेस्ट) व्यवस्थापनका चुनौती, सम्भावना र दिगो समाधानबारे छलफल गर्न काठमाडौंमा ‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ अहिले जारी छ ।आहा नेपालको आयोजनामा तथा Doko Recyclers को सहआयोजनामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान १० बजेदेखि सुरु भएको संवाद ‘Responsible Technology for a Sustainable Future’ अर्थात् ‘दिगो भविष्यका लागि जिम्मेवार ...

विद्युतीय फोहोरलाई आर्थिक अवसरका रूपमा उपयोग गरौँ : प्रा.डा. सुदन झा
काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा.डा. सुदन झाले विद्युतीय फोहोर (इ-वेस्ट) व्यवस्थापनलाई राष्ट्रिय नीतिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोरको उचित व्यवस्थापन, पुन:प्रयोग र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरको खोजी आवश्यक रहेको उनको भनाइ छ ।ग्रीन डिजिटल नेपाल इ-वेस्ट संवाद २०२६ मा बोल्दै प्रा.डा. झाले विश्वभर इन्टरनेटमा जोडिएका ...

मेमोरीको अभावका बीच विश्वव्यापी स्मार्टफोन ढुवानीमा तेस्रो त्रैमासिकले बनायो १४ वर्षयताकै खराब रेकर्ड
मेमोरी चिपको बढ्दो लागत र आपूर्ति अभावले उत्पादकहरूलाई दबाबमा पार्दा तथा मूल्य वृद्धि गराउँदा, सन् २०१२ यताकै तेस्रो त्रैमासिकको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी स्मार्टफोनको ढुवानी (सिपमेन्ट) २० प्रतिशतले घटेको छ। एआई पूर्वाधार परियोजनाहरूले आपूर्तिको ठूलो हिस्सा ओगट्दा मेमोरी कम्पोनेन्टको मूल्य बढेको छ; यसले उत्पादन लागत बढाएको छ र उत्पादकहरूलाई खुद्रा मूल्य बढाउन, ढुवानी घटाउन तथा बिक्री परिमाणभन्दा नाफालाई प्राथमिकता दिन बाध्य ...

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
२८ असोज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ। मन्त्रालयले भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय […] The post सरकारी कर्मचारीलाई स्वास्थ्य ...


