कांग्रेसको कार्यसमिति चयनका लागि २३ स्थानमा मतगणना हुँदै, बुधबारसम्ममा नतिजा आउने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गणना भइरहेको छ। सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणना तीव्र पारेको हो। धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना अघि बढाइएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए। जसअनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनाका लागि सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ। यस्तै, आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ। उम्मेदवार तथा तिनका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षाका साथ शान्तिपूर्ण रूपमा मतगणना जारी राखिएको छ। सदस्यसचिव कटुवालका अनुसार बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। अघिल्लो महाधिवेशनमा भन्दा दोब्बरभन्दा बढी (करिब ७ हजार) मतदाता रहेकाले गणनामा केही ढिलाइजस्तो देखिए पनि यसअघिको तुलनामा छिट्टै नतिजा आउने उनको दाबी छ। १४औँ महाधिवेशनमा झन्डै ३ हजार मतदाता रहँदा परिणाम आउन १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक धेरै समय नलाग्ने स्पष्ट पारे।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...


